×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्लान नेपाल फेरि जस्ता वितरण विवादमा

  •  
  • शनिबार, माघ २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चरिकोट,  माघ २२ गते । भूकम्पपीडितलाई जस्ता वितरण गर्दा पटक पटक विवादमा आएको प्लान नेपाल भर्खरै दोलखाको शैलुङ्गेश्वरमा फेरि जस्ता विवादमा तानिएको छ ।

    एक वर्षअघि प्लान नेपालले दोलखाका भूकम्पपीडितलाई वितरण गरेको जस्ता कमसल र गुणस्तरहीन भएको भन्दै चौतर्फी विरोध भएपछि विदेशमा रहेको मुख्य कार्यालयले छानविन गरेको घटना सेलाउन नपाउँदै शैलुङ्गेश्वर गाविस लगायतका क्षेत्रमा बाँडेको जस्ता तथा अन्य राहत सामग्रीमा गम्भीर लापर्वाही भएको तथ्य सार्वजनिक भएको छ ।

    दोलखाको शैलुङ्गेश्वर गाविसमा प्लान नेपाल आफंैले ठेकेदारमार्फत बाँडेको जस्तामा १८ प्रति जस्तापाताको हस्ताक्षर गराएर १४ प्रति जस्तापाता मात्रै स्थानीय भूकम्पपीडित जनतालाई बाँडेसँगै प्लान नेपालले गरेको भ्रष्टाचारको तथ्य सार्वजनिक भएको हो ।

    स्थानीय शिव थपलियाका अनुसार प्लान नेपालले शैलुङ्गेश्वर गाविस वडा नं ८ का २५ घरपरिवारलाई १८ पाता जस्ता दिएको भनी हस्ताक्षर गर्न लगाएर १६ पाताजस्ता मात्रै दिएको भेटिएको छ । सोही गाविस वडा नं २ का ५६ परिवारलाई १८ पाता जस्ता बुझेको हस्ताक्षर गर्न लगाई १४ पातामात्रै जस्ता दिएपछि स्थानीय जनता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आउने भएका छन् । प्लान नेपालले गाउँमा नभएका व्यक्तिहरुको पनि नाम टिप्दै किर्ते हस्ताक्षर गरी राहत सामग्रीमा अनियमितता गरेको भन्दै स्थानीयवासीले सरोकारवाला निकायमा उजुरी गर्ने बताएका छन् । प्लानले दोलखाको १६ गाविसलाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको छ । प्लानले शैलुङ्गेश्वर गाविसमा बाँस, त्रिपाल, चामल, लत्ताकपडा र जस्ता वितरण गरेको थियो ।

    स्थानीय समाजसेवी अरुण उपे्रती भन्नुहुन्छ, “दिउँसो सामान बाँड्ने भनेर राति बोलाइन्छ । सामान ढुवानी गर्ने भन्दै स्थानीयवासीहरुबाट पनि पाँच सय देखि सातसयका दरले रकम उठाएका छन् । प्लान नेपालले ठेकेदारलाई ढुवानीसम्मको रकम उपलब्ध गराएको हुन्छ, तर प्लानका कर्मचारीले यो सिधासिधा भूकम्पपीडित ठग्ने खेल गरे ।” जस्ता खरिद गरेका संखुवासभाका जस्ता सप्लायर्स कम्पनीका भानुभक्त कलादीले आफूले जस्ता खरिद मात्रै गरेको र वितरण र नपुगकाबारेमा प्लान नेपालका कर्मचारीलाई सोध्न आग्रह गरे ।

    यता, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्लान नेपालले गरेको गल्ती पुष्टि भए कानुनी कारबाही गरिने बताउनुभएको छ ।

    शैलुङ्गेश्वर वडा नं ८ का कुमार थपलियाले आफूलाई १८ पाता जस्तामा हस्ताक्षर गराएर १६ पातामात्रै जस्ता दिएको बताएका छन् । त्यस्तै, शैलुङ्गेश्वर वडा नं ८ का खड्गबहादुर थपलियाले पनि १८ पाता जस्तामा हस्ताक्षर गर्न लगाएर १६ पाता मात्रै दिन लागेपछि जस्ता नबुझेको बताउँछन् ।

    उनी भन्छन् – पैसा पनि तिर्नु, जस्ता पनि कम पाउनु । त्यसैले मैले जस्ता बुझिनँ । स्थानीयवासी शिव थपलियाले प्लानको चरिकोट कार्यालयमा सूचना मागेर भरपाई अध्ययन गर्दा प्लान नेपालले राहत सामग्री बाँड्दा एउटै व्यक्तिलाई चार थरी सामान दिँदा चार थरीकै हस्ताक्षर भेटिएको तथ्य बाहिर आएको बताए ।

    प्लान नेपालका अनुसार दसैं अगावै जस्ता स्थानीय जनतालाई बाँड्नुपर्ने जस्ता प्रतिकूल मौसम र बाटोको समस्याले गर्दा बाँड्न नसकिएको स्वीकारेको छ । वितरणमा केही त्रुटि भएको पनि उसले बताएको छ । यस विषयमा सोध्न खोज्दा प्लान नेपाल क्षेत्रीय कार्यालय चरिकोटका संयोजक चन्द्र कायस्थ टेलिफोन सम्पर्कमा आउन चाहनुभएन । प्लान नेपालका एक कर्मचारीले नाम नलेख्ने सर्तमा ठेकेदार र वडा नागरिक मञ्चको रोहबरमा विभिन्न राहत सामग्री बाँडिएको र स्थानीयवासीकै सहमतिमा पाँचसय देखि सातसयसम्मको ढुवानी रकम उठाएको बताएका छन् । प्लानले शैलुङ्गेश्वर गाविसमा मात्रै ४९९ परिवारलाई जस्ता वितरण गरेको बताएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.