×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्छ : अध्यक्ष ओली

  •  
  • शनिबार, माघ २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विराटनगर, माघ २२ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको उन्नतिका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

    प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहमा उहाँले भन्नुभयो — “नेपाली सञ्चार क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि प्रेस चौतारीले अग्रेणी भूमिका निर्वाह गर्नुपर्छ ।”

    अध्यक्ष ओलीले मुलुकमा प्रजातन्त्र स्थापना भएपछि सञ्चार क्षेत्रले ठूलो फड्को मारेको उल्लेख गर्दै पत्रकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष, प्रभावकारी र मर्यादित हुनुपर्दछ भन्नुभयो ।

    नेपालमा दुई किसिमको पत्रकारिता देखिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “सूचना, शिक्षा, मनोरञ्जनसँग जोडिएर जनताको सेवा गर्ने, सचेत गराउने, भ्रमबाट जोगाउने र निष्ठावान पत्रकारिता छ भने अर्को भूmठो खबर, भ्रम फैलाउने, राम्रोलाई नराम्रो भन्ने र अन्यौल सिर्जना गर्ने, मनोरञ्जनको ठाउँमा पीडा दिने किसिमको छ ।”

    अध्यक्ष ओलीले पत्रकारले देश जनताप्रति निष्ठावान भएर पत्रकारिता गर्नुपर्ने बताउँदै राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र समृद्धिलाई ध्यानमा राखेर पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

    प्राकृतिक सम्पदा भएको देश नेपालका ४० लाख युवा रोजगारको खोजीका लागि मरुभूमिमा पुगेको दुःखेसो पोख्दै उहाँले भन्नुभयो, “मुलुकलाई समृद्धिमा ल्याउनका लागि पूर्वाधारको विकास, सञ्चार, कृषिको आधुनिकीकरण, व्यवसायीकरण, कृषिमा आधारित घरेलु उद्योग र पर्यटन क्षेत्रको विकास लागि हामी सबै एकजुट भएर लाग्नुपर्दछ ।”

    अध्यक्ष ओलीले विसं २०७४ माघभित्र तिन वटै तहको निर्वाचन नभए मुलुकमा राजनैतिक र संवैधानिक सङ्कट आउने बताउँदै सरकार निर्वाचन गराउने पक्षमा नदेखिएको आरोप लगाउनुभयो ।

    मुलुकमा अनुकुल अवस्था रहेको समयमा पनि सरकार निर्वाचन गराउन नसकेको उल्लेख गर्दै उहाँले एमालेले जसरी पनि निर्वाचन गराएरै छाड्छन् भन्नुभयो ।

    सो अवसरमा अध्यक्ष ओलीले कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट दृष्टान्त साप्ताहिकका सम्पादक शान्ता दाहाललाई सम्मान गर्नुभयो । उक्त पुरस्कारको राशि रु १० हजार छ ।

    कार्यक्रममा सो पुरस्कारका संरक्षकद्वय सीता सिग्देल, कमला मैनाली र प्रेस चौतारी मोरङका संस्थापक सदस्यद्वय यज्ञ शर्मा र दिपेन न्योपानेलाई पनि उहाँले सम्मान गर्नुभयो ।

    प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, केन्द्रीय सदस्य विक्रम लुइँटेल, पत्रकार महासङ्घ मोरङका अध्यक्ष महेन्द्र विष्टलगायतले प्रेस चौतारी र पत्रकारिताका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.