विनोद श्रेष्ठ
माघ २२, चितवन । बौद्ध शिक्षालाई आमगृहस्थी मानिसहरुका बीच प्रशारण गर्ने शिन्योएन नेपालको वार्षिक तालिम कार्यक्रम सेत्सुबुन सम्पन्न गरी मुग्लिन गृह मन्दिरमा सम्पन्न भयो ।
शिन्योएन होली टेम्पल जापानबाट आउनु भएका धर्म गुरु कियोशी तार्काइची सानले सद्वीज छरी राम्रो भाग्य आओस नराम्रो भाग्य जाओस भन्ने कामनाका साथ प्रार्थना गरी जनुवरी २० देखि फेव्रुअरी २ सम्म सम्पन्न बार्षिक तालिमको समापन गर्नुभयो ।
८० वर्ष अगाडी बौद्ध धर्म गुरु शिन्यो क्योसु सामाले जापानमा स्थापना गर्नुभएको शिन्योएन जापान सहित ५६ देशमा फैलिएको छ भने नेपालमा ३७ स्थानमा गृह बैठक सञ्चालन भइरहेको छ ।
हरेक व्यक्तिमा निहित बुद्ध गुणलाई प्रस्फुटन गराउन बौद्ध अभ्यास गरिने यस संस्थाको लोकप्रियता नेपालमा विस्तारै फैलिदै गइरहेको कुरा मुग्लिन गृह बैठकका जिम्मेवारी मणिरत्न शाक्यले बताउनुभयो ।


