×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गुमनाम सिकेलाई राज्यले यसरी हिरो बनायो : राउतबारे पहिलोपोस्टको ५ गम्भीर सामग्री

  •  
  • शुक्रबार, माघ २१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं : गुमनाम सिके राउत २०७१ भदौमा पक्राउ परेसँगै चर्चामा आए। देश टुक्राउने अभियान चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेपछि सबैको चासो बढ्यो। मोरङको रंगेली सोरामांगसिंह गाविस-३ मा कार्यकर्ता प्रशिक्षण गरेर फर्किने क्रममा सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो।

    मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले ‘राष्ट्रिय अखण्डताविरोधी गतिविधिमा संलग्न रहेको प्रमाणका आधारमा राउतलाई पक्राउ गरिएको’ दाबी गरेका थिए। सरकारी पक्षले गरेको दाबी अदालतमा पुष्टि हुन सकेन। असोजमा उनी मुक्त भए। अदालतबाट सफाइ पाएर मुक्त हुँदा उनको ‘चार्म’ बढिसकेको थियो। गुमनाम सिके ‘चिरपरिचित’ बनिसकेका थिए।त्यसपछिका दिनमा कुनै न कुनै गतिविधिमार्फत सिके चर्चाको केन्द्रमै बसे। प्रहरीको विशेष ब्युरोको निरन्तर निगरानी भए पनि उनी कहिले कार्यकर्ता प्रशिक्षणमा पुग्थे त कहिले सैन्य अभ्यास भइरहेको स्थानमा अनुगमन गर्न पुग्थे। तराईका केही जिल्लामा उनले सैन्य अभ्यास क्याम्प नै चलाएको प्रमाणसहित पहिलोपोस्टले समाचार समेत प्रकाशन गरेको थियो। तर पनि राज्यको कानमा बतास लागेन।

    main
    पुस ९ गते पहिलोपोस्टसँगको कुराकानीमा गृहमन्त्री विमलेन्द्र निधिले सिकेसँग पूर्वराजा ज्ञानेन्द्रले भेटेको दाबी गरेका थिए। सिकेको गतिविधिबारे संसदमा बहस पनि चल्यो। तर उनको गतिविधि जारी नै थियो। यहीबीच उनी हिजो धनुषामा पक्राउ परे। अहिले उनी प्रहरी हिरासतमा छन्।सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत थिए। सन् २०११ को अन्त्यतिर राजीनामा दिई उनी नेपाल फर्किएर गरेका गम्भीर गतिविधि पहिलोपोस्टले सार्वजनिक गरेको थियो। ती सामग्री पुन प्रस्तुत गरेका छौं :नेपाल हाम्री आमा होइनन्, हाम्रो रगत चुस्ने बोक्सी हुन् 


    यदि मलाई नेपाललाई मानवीकरण गरेर हेर्न नै बाध्य बनाइयो भने, म भन्न चाहन्छु- ‘नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन्।’
    झुटो बयान दिएर यसरी उम्किए सिके

    आफ्ना पुस्तकमा अलग्गै राष्ट्रका बारेमा वकालत गरे पनि बयानका क्रममा भने उनले देश टुक्राउन नखोजेको बरु राष्ट्रिय एकता र समृद्धिको कुरा गरेको जिकिर गरेका छन्। मधेस राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डा अनि नक्साको प्रचार गरिरहेका उनले अदालतमा चाहिँ राष्ट्रिय गान र झण्डा कुनै प्रदेश वा क्षेत्रको पनि हुन सक्ने भनी जोगिन खोजेका छन्।
    शिक्षण अस्पताल बेड नम्बर ५०७ मा भएको संवाद
    मधेस स्वराज मेरो व्यक्तिगत विचार हो। मैले स्वतन्त्र मधेसका पक्षमा व्यक्तिगत विचार व्यक्त गर्दै आइरहेको छु। राज्यसत्तालाई यो अपाच्य हुनु अस्वाभाविक होइन। तर लोकतन्त्रिक शासन व्यवस्थामा जनताले भनेका कुरा सर्वमान्य हुन्छन् भन्ने कुरा कसैले पनि भुल्नु हुँदैन।
    सिकेको सैन्य तालिम केन्द्र पुग्दा


    तराई मधेस बन्द भएको चार महिना नाघिसक्दा पनि मधेसका लोकतान्त्रिक शक्तिहरुसँगको वार्ता सफल नहुँदा विखण्डनकारी शक्तिको दबदबा बढ्दै जाने सम्भावना देखिएको छ। तराई मधेसको विभिन्न जिल्लामा झण्डै एक महिनादेखि ‘नेपाल’ देश टुक्र्याएर ‘मधेस देश’ निर्माण गर्न तालिम सुरु भएको छ। पहिलोपोस्टले तालिम भइरहेको स्थानमा गएर भिडियो र फोटोसहित तयार पारेको एक्सक्लुसिभ रिपोर्ट।
    सिकेबारे गृहमन्त्रीले गम्भीर खुलासा गरे तर केही गरेनन्

    उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गणतन्त्र र संघीयताविरुद्ध प्रतिगमनकारीहरु र विध्वंसकारीहरुको मिलेमतो भएको खुलासासँगै पूर्व राजा ज्ञानेन्द्र र सिकेबीच भेटघाट भएको दाबी गरे।

    pahilopost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.