किशोर तामाङ
२१ माघ । कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वास नगरपालिका–१ बीचफाँटामा जंगली हात्तीको आतङ्क यथावत नै रहेको छ ।
शुक्रबार बिहान करिब ९ बजेतिर हात्तीको आक्रमणमा परी एकको मृत्युसमेत भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका–१, विचफाँटाका अन्दाजी ५५ वर्षीय मानबहादुर सुनार रहेका छन् ।
शवलाई पोष्टमार्टमको लागि सेती अञ्चल अस्पताल, कैलाली पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले जनाएको छ ।
पुनर्वास नगरपालिका र बेलौरी नगर पालिकाका सीमावर्ती क्षेत्र तथा घटनास्थल वरपर विगत केही महिना अगाडि नै हात्तीको आतङ्क निकै चर्किएको थियो । तर सम्बन्धित निकायले यस विषयमा कुनै ठोस निर्णय र कदम चाल्न नसक्दा मानबीय क्षतीसमेत भएको जन गुनासो छ ।
भारतको दुधवा नेशनल पार्कबाट अनियन्त्रित हुँदै आएको जङ्गली हात्तीले जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र पुनर्वासको बीचफाँटा, ङ (गाउँ), घ (गाउँ) र बेलौरी नगर पालिकाकामासमेत आतङ्क मच्चाउँदै आएको प्रत्यक्षदर्शीहरुको भनाइ छ । हात्तीले केहीसमय अघि करिब चालीस बिगाह जति अन्नबाली र सयौंको संख्यामा रहेको घरसमेत नष्ट पारेको थियो । तर नियन्त्रण र क्षतिपूर्तीप्रति सरोकारवाला उदासीन रहेको स्थानीयहरुको आरोप छ ।