×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राउतलाई १० दिन थुनामा राख्न अदालतको आदेश

  •  
  • शुक्रबार, माघ २१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    संगठित अपराध ऐन अर्न्तगत कारवाही गरिने

    मनिका झा

    जनकपुरधाम : बिहीबार जनकपुरबाट पक्राउ परेका डा सीके राउतलाई सिराहा जिल्ला अदालतले १० दिन थुनामा राख्न म्याद दिएको छ । राउतलाई संगठित अपराध ऐेन अर्न्तगत थुनामा राख्न आदेश दिएको हो ।

    लामो समयदेखि विखण्डनको राजनीति र तराईलाई नेपालबाट छुट्ट्याई फरक राज्य बनाउने खुला अभियानसँगै अन्तर्राष्ट्रिय समुदायको अनुमोदन हासिल गर्न सक्रिय राउतलाई बिहीबार जनकपुरस्थित उनको डेराबाट प्रहरीले पक्राउ गरेको थियो । उच्च प्रहरी स्रोतका अनुसार राउतमाथि राज्यविप्लव, संगठित अपराधमा संलग्नता र सामाजिक विद्वेष फैलाएको आरोपमा छानबिन हुँदैछ ।

    उनको संगठन स्वतन्त्र मधेस गठबन्धनको सक्रियता बढेपछि सिराहा प्रहरीले उनलाई पक्राउ गरेको हो । माघ ५ गते लाहानको सहिद पार्कमा आयोजित बलिदानी दिवस कार्यक्रममा राउतले राज्य टुक्र्याउने खालका विवादास्पद अभिव्यक्ति दिएको र उनले राष्ट्रिय अखण्डतामा प्रभाव पार्ने खालका विभिन्न गतिविधि गरेको प्रमाणका आधारमा प्रहरीले उनलाई दिउँसो ३ बजे पक्राउ गरेको हो ।

    जनकपुरको पुरानो बसपार्क नजिकैको भाडाको घरबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी बिहीबार नै सिराहा पुर्याइएको थियो।

    राष्ट्र विखण्डन गर्ने अभिव्यक्ति दिँदै आएका राउतलाई पक्राउ गरी सहयोग गरिदिन सिराहा प्रहरीले आग्रह गरेपछि उनलाई पक्राउ गरिएको जानकारी धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले गराएका छन् । पक्राउ परेका राउतविरुद्ध शुक्रबार नै मुद्दा दर्ता गर्ने तयारी रहेको जानकारी सिराहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले दिएका छन् ।

    एक मानवअधिकारकर्मीले राउतमाथि कारबाही नगरेर गृहमन्त्री विमलेन्द्र निधिले विखण्डनकारी शक्तिलाई संरक्षण दिएको आरोप लगाएको भोलिपल्टै निधिकै गृहजिल्लाबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको अभियानमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग पुर्‍याएको आरोप संयुक्त राष्ट्रसंघको विराटनगरस्थित फिल्ड अफिस र युरोपेली युनियनमाथि लाग्दै आएको छ ।

    राउतले सञ्चालन गरेको गठबन्धनले पछिल्लो समयमा खुलेआम मधेसलाई देशबाट टुक्र्याउने खालका अभिव्यक्तिसहितका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै क्रममा गत मंसिर १० गते गठबन्धनका कार्यकर्ताले रंगभेद विरोध दिवस मनाउने क्रममा जनकपुरबाट ३२ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी सोही दिन साँझ रिहा गरेको थियो ।

    मंसिर १९ गते जनकपुरको ऐतिहासिक रामजानकी विवाहमहोत्सवका अवसरमा बाहिरबाट आएका श्रद्धालुलाई पानी खुवाइरहेका राउतका कार्यकर्ताले ‘मधेस स्वराज’ लेखेको टोपी लगाएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । मंसिर २१ गते जनकपुरको जानकी मन्दिरमा फोहोरमैला सफा गर्न लागेका बेला पनि राउतका कार्यकर्ता पक्राउ परेका थिए ।

    राउतका कार्यकर्ताले सार्वजनिक कामका नाममा देश टुक्र्याउने खालको सन्देश जाने ‘म स्वराजी हुँ, मलाई चाहियो स्वराज’ लगायत नारा लेखिएको टोपी लगाएकाले नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ ।

    ‘राष्ट्रिय सुरक्षामा चुनौती’

    काठमाडौः सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत र नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय सुरक्षामा चुनौती थपेको विश्लेषण गरेको छ ।

    उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राउत र चन्दका गतिविधि राष्ट्रिय सुरक्षालाई चुनौती दिने प्रकृतिका रहेको विश्लेषण गरेका हुन् । राउतलाई जनकपुरमा पक्राउ गरेपछि बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा निधिले राष्ट्र विखण्डन गर्न खोज्नेलाई सरकारले नछोड्ने बताएका थिए ।
    मुलुकको सुरक्षाअवस्था, राउतले सञ्चालन गर्दै आएको आन्दोलन, त्यसले शान्तिसुरक्षामा पुर्‍याएको चुनौतीको सूक्ष्म अध्ययन गरेर उनलाई पक्राउ गरिएको गृहमन्त्री निधिले प्रस्ट्याएका थिए ।

    ‘राष्ट्र विखण्डन गर्ने उद्देश्यले आन्दोलन गरिरहेका सीके राउतलाई मुद्दा चलाउनु पर्नेछ । पहिले पनि प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गर्दा अदालतको आदेशमा रिहा गरिएको थियो’, निधिले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘राष्ट्र विखण्डन गर्न खोज्नेलाई बेपरबाह छोडिँदैन, नियन्त्रण गरिन्छ । झूटा झन्डा र स्वतन्त्र राष्ट्रको नारा लगाउँदै राष्ट्र विखण्डन गर्न खोज्ने राउतका बारेमा प्रहरीले सूक्ष्म ढंगले अध्ययन-अनुसन्धान गर्दै आएको थियो । त्यसकै आधारमा पक्राउ गरिएको हो ।’

    निधिले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आगामी फागुन १ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गरेर रोल्पाको थबाङमा बन्दसत्र गर्ने कार्यक्रम घोषणा गरेको भन्दै त्यसप्रति पनि सरकार संवेदनशील बनेको बताए । ‘चन्दका गतिविधि गम्भीर प्रकृतिका छन् तर अहिले नै धरपकड र थुनछेक गर्नुपर्ने देखिँदैन तर वाच गर्नुपर्ने देखिएको छ’, उनले बैठकमा भनेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.