×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

अनेरास्वियुद्वारा १३ दिनदेखि केयूमा तालाबन्दी, विद्यार्थीले गरे खुला चौरमा नै पढाइ

  •  
  • शुक्रबार, माघ २१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नगेन्द्र अधिकारी, काभ्रे

    माघ २१, २०७३- विश्वविद्यालयमा भएको तालाबन्दी लम्बिएर १३ दिनदेखि पढाइ हुन नसकेपछि काठमाडौं विश्वविद्यालयका विद्यार्थीले खुल्ला चौरमा नै पढाइ गरेका छन् । विश्वविद्यालय प्रशासनलाई दबाब दिन विद्यार्थीले विश्वविद्यालय बाहिरै १ घण्टा कक्षा सञ्चालन गरेको विद्यार्थी रुपक पराजुलीले बताए । ‘१३ दिनदेखि पढाइ हुन नसकेकोले दबाबको लागि स्वतस्फूर्त रुपमा कक्षा सञ्चालन गरेका हौँ,’ बायो टेक्निकल चौथो वर्षमा अध्ययनरत दिव्यदर्शी नेपालले भने, ‘नियमित कक्षामा असर पुग्नु भएन ।’

    उपस्थित स्कुल अफ इञ्जिनियरिङ र स्कुल अफ साइन्सका करिब १ सय विद्यार्थीले सांकेतिक विरोधस्वरुप १ घण्टा अध्ययन गरेका थिए ।

    विद्यार्थी संगठनको तालाबन्दीका कारण काठमाडौं विश्वविद्यालय (केयू)मा १३ दिनदेखि पठनपाठन भएको छैन । उपकुलपति रामकण्ठ माकजू समेतले विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग वार्ता गरे पनि निकास भने निस्केको छैन । रजिष्ट्रार भोला थापाले स्थगित विद्यार्थी कल्याण परिषद्‍को निर्वाचन कहिले र कसरी गर्ने भन्नेबारे सहमति नहुँदा कक्षा सञ्चालन हुन नसकेको स्वीकारे । ‘सहमतिको लागि प्रयास भइरहेको छ, सबै संगठनले आफ्नो आफ्नो धारणा राखिरहनुभएको छ,’ उनले भने, ‘अझै प्रयास गरिरहेका छौँ, छिट्टै निकास निस्केला ।’

    स्थगित भएको विद्यार्थी कल्याण परिषद्को निर्वाचन तत्काल गराउन माग गर्दै नेकपा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले माघ ९ गतेबाट केन्द्रीय विश्वविद्यालय र प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो । अनेरास्वियुको विश्वविद्यालय राष्ट्रिय समितिका सचिव पुजन गौतमले निर्वाचन हुने प्रत्याभूति नभएसम्म तालाबन्दी जारी रहने बताए ।

    नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को दबाबमा उपकुलपति रामकण्ठ माकजू श्रेष्ठको निर्देशनमा चुनाव स्थगित गरिएको विरोधमा तालाबन्दी गरेको एमाले अखिलको आरोप छ । पुस ८ गते भएको विद्यार्थी कल्याण परिषद्‍को निर्वाचनमा विवाद भएपछि निर्वाचन स्थगित भएको थियो । ७६ कक्षा प्रतिनिधिमध्ये २ वटामा विवाद भएको थियो । माघ ५ गते नेपाल विद्यार्थी संघ, अनेरास्वियु, अखिल (क्रान्तिकारी) लगायतका संगठनबीच विवादित २ कक्षामा निर्वाचन गर्ने सहमति भएपछि निर्वाचन समिति संयोजक प्रा. दिपकप्रसाद सुवेदीले हस्ताक्षर गरेर माघ १० गते निर्वाचन गर्ने भन्दै सूचना समेत जारी गरेको थियो । तर, माघ ९ गते पुन: नियुक्त उपकुलपति माकजूलाई दबाब दिएर अखिल क्रान्तिकारीले निर्वाचन स्थगित गरेको अनेरास्वियुले आरोप लगाएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.