माघ २०, २०७३- व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अनुसार स्थानीय निर्वाचनका लागि आवश्यक सबै विधेयक संसदले पास गरेको छ ।
यसअघि संसदले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र निर्वाचन विधेयक पारित गरिसकेको छ ।
स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास भएपछि सरकारलाई स्थानीय तहको निर्वाचनको मिति तोक्ने बाटो खुलेको छ ।


