घटनापछि जरिनाका श्रीमान् भागेको प्रहरीले जनाएको छ । जरिनाले भनिन्, ‘मेले कुनै पाप गरेकी छैन, तर मेरा श्रीमान्ले किन यसो गरे मलाई थाहा छैन ।’
उनले आफूसँग कुनै झगडा नै नभई अचानक आएर आक्रमण गरेको बताइन् । जरिनाले आफ्नो १३ वर्षको उमेरमा विवाह भएको र पतिसँग सम्बन्ध राम्रो नरहेको पनि उल्लेख गरेकी छन् । उनले अब आफूले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेको पनि बताइन् । उनले आफूलाई बाबुआमासँग भेट्न समेत नदिने गरेको गुनासो गरेकी छन् । उनले पतिलाई पक्राउ गरेर मुद्धा चलाउन समेत माग गरेकी छन् ।
rajdhanidaily


