ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चाँडै नै सञ्चालक समितिको बैठक बसेर मन्त्रिपरिषद्मा पठाउँछौँ । मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त जग्गा ट्रस्टको नाममा आउँछ ।”

उहाँले अरू स्थानमा रहेको जग्गाको पनि खोजी भइरहेको जानकारी दिनुभयो ।   ट्रस्टले पूर्वराजा र उनका परिवारजनको नाममा रहेको जग्गामध्ये हालसम्म २३ हजार रोपनी फेला पारिसकेको छ ।

रासस