१२ माघ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले चाँडै गठन हुने स्थानीय तहका लागि न्युनतम कर्मचारी व्यवस्थापनको अध्ययन पुरा गरेको छ ।
मन्त्रालयले गाउँपालिकाको केन्द्रमा जम्मा न्युनतम २५ जना र प्रत्येक वडामा ३ जनाका दरले न्यूनतम ५ वटा वडा हुने गाउँपालिकामा कूल कर्मचारीको संख्या कम्तिमा ४० जना रहनुपर्ने प्रस्ताव गरेको छ । २१ वटा वडा कार्यालय रहने गाउँपालिकामा कम्तिमा ९१ जना कर्मचारी आवश्यक पर्ने पनि मन्त्रालयले निश्चित गरेको छ ।
यसमा शिक्षक, स्वास्थ्यकर्मी एवं सेवा करारका सामुदायिक सहजकर्ता, सवारी चालक, कार्यालय सहयोगी र सरसफाई कर्मचारी पर्दैनन् ।
स्थानीय विकास मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा जनसंख्या र कार्यसम्पादनको चापको आधारमा कर्मचारी केही थपघट गर्न सकिने उल्लेख छ ।
उपसचिव/अधिकृत हाकिम
मन्त्रालयले २० हजार भन्दा कम जनसंख्या भएका गाउँपालिकाको कार्यालय प्रमुखमा शाखा अधिकृतलाई कार्यकारी अधिकृत बनाउने प्रस्ताव गरेको छ । २० हजारमाथि जनसंख्या भएका गाउँपालिकामा भने रा.प.द्वितीय श्रेणीको उपसचिव कार्यकारी अधिकृत रहनेछ ।
सबै गाउँपालिकामा अधिकृतस्तरको कार्यकारी खटाउँदा सेवा वितरणमा गुणस्तर आउन नसक्ने र सबै गाउँपालिकालाई उपसचिव नपुग्ने भएकाले मन्त्रालयले यस्तो सुझाव दिएको हो । यस्तै मन्त्रालयले पूर्वाधार विकास तथा भवन मापदण्ड शाखामा प्रस्ताव गरिएको आर्किटेक्ट उपलब्ध नभएमा सिभिल इन्जिनियर लिनेगरी प्रस्ताव गरेको छ ।
प्रस्तावित जनशक्तिको पद र तहः
| क्र.सं. | शाखाहरु | प्रस्तावित जनशक्तिको पद र तह |
|---|---|---|
| कार्यकारी अधिकृत (रा.प.द्वितीय/तृतीयश्रेणी) | उपसचिव/शाखा अधिकृत (प्र.) १, | |
| १. | प्रशासन, योजना तथा सामाजिक सुरक्षा शाखा | शाखा अधिकृत, छैटौ तह १, नासु, सहायकस्तर पाँचौ तह २, खरिदार, सहायकस्तर चौथो २, करारः सवारी चालक १, का.स. ४ |
| २. | आर्थिक प्रशासन शाखा | लेखापाल, सहायकस्तर पाँचौ तह १, |
| ३. | राजश्व प्रशासन शाखा | ना.सु., सहायकस्तर पाँचौ तह १, |
| ४. | आन्तरिक लेखापरीक्षण शाखा | आ.ले.प., सहायकस्तर पाँचौ तह १, |
| ५. | पूर्वाधार विकास तथा भवन मापदण्डशाखा | सिभिल इन्जिनियर, अधिकृतस्तर छैटौ तह १, आर्किटेक्ट, अधिकृतस्तर छैटौतह १, सव इन्जिनियर, सहायकस्तर पाँचौ तह २, अमिन, सहायकस्तर चौथो तह१, |
| ६. | सूचना तथा अभिलेख शाखा | सूचना प्रविधि इन्जिनियर, अधिकृत छैटौ तह१, नायव सुब्बा, सहायकस्तर पाँचौं तह १, |
| ७. | उद्यम, सीप तथा सामाजिक विकास शाखा | शा.अ. (शिक्षा), अधिकृत छैठौं तह १, प्रशिक्षक, अधिकृतस्तर छैठौं तह १, प्रा.स. (शिक्षा), सहायकस्तर पाँचौ तह१, जनस्वास्थ्य सहायक, सहायकस्तर पाँचौ तह १, |
| ८. | वातावरण तथा सरसफाई शाखा | वातावरण इन्जिनियर, अधिकृत छैठांैतह१, नायव सुब्बा, सहायकस्तर पाँचौं तह १, |
| ९. | कानून शाखा | कानुन अधिकृत, अधिकृत छैठांै तह१, |
| १०. | कृषि तथा पशु विकास शाखा | कृषि सहायक, सहायकस्तर पाँचौ तह १, पशु सहायक, सहायकस्तर पाँचौ तह १, |
onlinekhabar


