एक भारतीय मूलका व्यापारीले यूएईका जेलहरुमा रहेकाहरुलाई छु्टाउन १० लाख डलर दिने भएको छ । उनको यो सहयोगले पैसा तिर्न नसकेका जेलमा सजाय काटिरहेका भारतीयका साथै नेपालीहरु रिहा हुनेछन् ।
पियोर गोल्डका संस्थापक एवं अध्यक्ष फिरोज मर्चेन्टले अजमान सेन्ट्रल जेलमा रहेका १३२ जनालाई रिहा गर्न उनले १ लाख ५० हजार दिराम दिएका छन् । यो रकम रकम तिर्न नसकेर जेलमा बसिरहेका र सजाय भक्तान गरेर पनि घर र्फकन नपाएकाहरुका लागि खर्च गरिनेछ ।
उनको यो सहयोगले भारतीयका साथै नेपाली, पाकिस्तानी, बंगलादेश लगायतका देशका नागरिक लाभान्वित हुने अल अरेवियाले जनाएको छ । तर, कति नेपाली भन्ने खुलाइएको छैन ।
‘उनीहरु वास्तविक रुपमा अपराधी होइनन्, तर, परिस्थितिले जेलमा परे । त्यस्ता मानिसहरु घरमा पठाउन चाहन्छु, फिरोज मर्चेन्टले भनेका छन् । उनका अनुसार ३० हजार दिरामसम्मको चेक बाउन्स, गाडी, स्कुलको फि तिर्न नसेकेका जस्ता कारणले जेल परेकाहरुलाई छुटाउन सहयोग गरिनेछ ।
यसरी घर फर्काइनेहरुलाई एयर टिकटका साथै १०० दिराम पनि दिइनेछ, जसले उनीहरु आफ्नो घरसम्म पुग्न सकुन् ।
onlinekhabar




















