×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

किन दुख्छ गर्दन ?

  •  
  • बुधबार, माघ १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    डा. ललितकुमार मिश्र

    तपार्इं गर्दनको दुखाइको समस्याबाट पीडित हुनुहुन्छ ? यदि त्यसखाले समस्या छ भने बेलामै सावधान हुनुस् । किनकि तपाईं सरवाइकल स्पोन्डोलाइटिस रोगबाट पीडित हुनुहुन्छ या हुने सम्भावना धेरै छ ।

    अचेल हाम्रो जीवनशैलीमा आएको परिवर्तन अनि आवश्यकताभन्दा बढी गर्दनको प्रयोगका कारण त्यस्तो दुखाइ या सरवाइकल स्पोन्डोलाइटिसनामक रोग बढ्दै गएको हो । यो रोग प्रायः गरी कार्यालयमा लामो समयसम्म बसेर काम गर्नेहरू जस्तैः शिक्षक, विद्यार्थी, कम्प्युटर अपरेटर, कार्यालयमा बसेर काम गर्ने पत्रकार, कलसेन्टरका कर्मचारी, गर्दनले मोबाइल च्यापेर कुरा गर्नेहरू, लामो समयसम्म निहुरेर काम गर्ने मानिसमा यस किसिमको समस्या देखिन्छ ।

    लक्षण

    स्पोन्डोलाइसिस बिरामीहरूमा देखिने लक्षण फरकफरक हुन्छन् । हरेक मानिस घाँटीको दुखाइकै कारण उपचार गर्न आउँछ भन्ने छैन । विभिन्न बिरामीमा रोगको कारण तथा लक्षण फरक हुन्छ । सामान्यतया देखा पर्ने लक्षणहरूमा गर्दनको दुखाइ, गर्दन स्थिर रहनु वा चलाउन नमिल्नु, कहिलेकाहीँ घाँटी धेरै कम घुमाउन मिल्नु वा घुमाउनै नमिल्नु, रिंगटा लाग्नु, काँधमा दुख्नुका साथै अररो हुनु र एक वा दुवै हातको नसामा दुखाइ हुनु अनि हात वा औंलामा शून्यपन अनुभव हुनु हो । औंला चलाउनसमेत गाह्रो हुन्छ ।

    कारण

    कारण धेरै भए पनि सार भनेको अनियमित र अनियन्त्रित जीवनशैली नै हो । सुत्ने तरिका ठीक नहुनु, सधैं लचकदार ओछ्यानमा सुत्नु, आरामदायी सोफा, तथा गद्दामा घन्टौं बसिरहनु, अग्लो सिरानी (तकिया) प्रयोग गर्नु, खाट या सोफामा ढल्केर टीभी हेर्नु, घन्टौं कम्प्युटर, ल्यापटप चलाएर बसिरहनु, गलत ढंगले सिटमा बसेर सवारीसाधन चलाउनु, खुकुलो हेलमेट लगाउनु, धेरै निहुरेर बस्नु वा पढ्नु, पलङमा सुतेर पढनु, घन्टौं सिलाइबुनाइ वा जरी हाल्ने काम गर्नु, यस्ता व्यक्तिहरूलाई यो समस्या हुन्छ । शारीरिक शक्तिभन्दा अधिक बोझ उठाउँदा वा गठिया रोगबाट पीडित बिरामी र दुर्घटनामा चोटपटक लागेमा पनि गर्दन दुख्ने समस्या हुन्छ ।

    निदान

    सरवाइकल स्पोन्डोलाइसिस रोगको निदान गर्न सम्बन्धित चिकित्सकसँग विभिन्न जाँच परीक्षण गराइन्छ । एक्स-रे, एमआरआई, माइलोग्राम, सिटीस्केन, डिस्कोग्राफी आदि । यसबाट रोगको अवस्था थाहा पाउन सकिन्छ ।

    उपचार

    चिकित्सा पद्धतिहरूमध्ये विशेषगरी एलोप्याथिक चिकित्सा केवल दुखाइ निको बनाउन मात्र सीमित रहन्छ । होमियोप्याथिक चिकित्साले रोगको मूल कारण र त्यसबाट उत्पन्न हुने समस्यालाई समेत हटाउन सफल देखिएको छ । सरवाइकल स्पोन्डोलाइटिसको उपचारमा रोगको अवस्थाअनुसार बिरामीको उपचार गरिन्छ । यस रोगमा प्रयोग हुने केही होमियोप्याथिक औषधिहरू छन् ।

    इन्टर भर्टिब्रेल स्पेस कम भई हड्डीको गाँठो भएको अवस्थामाः हेक्कला लावा, कल्केरिया फ्लोर, कल्केरियाफाँसको प्रयोग लाभदायक हुन्छ । गर्दनमा दुखाइका साथै अररोपन छ भने एक्टिया रेसिमोसा, रसटक्स, काकुल्स इन्डिका बिरामीलाई सेवन गराउनु पर्दछ । बिरामी यदि न्युरोलोजिकल (नसासम्बन्धी) लक्षणका साथै हात र हातका औंलाहरूमा शून्यपन छ भने त्यसबेला केल्मिया, परेराब्रावानामक औषधिको प्रयोग लाभकारी हुन्छ ।

    स्पोन्डोलाइटिसको दुखाइएको प्रभाव एक या दुवै हातमा हुन्छ भने यस्तो अवस्थामा नक्स–वोमिका, केल्मिया आदि औषधि लाभदायी हुन्छ । यस्तै सरवाइकल स्पोन्डोलाइटिसको बिरामीलाई रोगको साथै रिंगटा लाग्ने समस्या पनि देखिएको छ भने त्यस अवस्थामा कोनियम, काकुल्सइन्डिकाको प्रयोग लाभकारी हुन्छ । गर्दनको दुखाइ सहनै नसक्ने खालको छ भने त्यस्ता बिरामीलाई कोलचिकम, गुल्थेरिया, स्टेलेरिया, आदि औषधिमध्ये लक्षणअनुसार कुनै एक प्रयोग गर्नु उत्तम हुन्छ ।

    फिजियोथेरापी

    सरबाइकल गर्दनको व्यायामले दुखाइको तीव्रतालाई हटाउनु साथै जोर्नीको कडापन पनि कम गर्दछ । फिजियोथेरापीमा खासगरी गर्दनको समस्या भएकालाई दुई प्रकारको व्यायाम गराइन्छ । रेन्ज अफ मोसन एक्सरसाइज र आइसोमेट्रिक नेक एक्सरसाइज, यसबाट पनि धैरै लाभ भएको पाइएको छ ।

    सल्लाह

    रोग लागेर उपचार गराउनुभन्दा रोगै लाग्न नदिनु बुद्धिमानी हो । गर्दनको समस्याबाट बच्न जीवनशैली तथा शरीरको पोस्चमा विशेष ध्यान दिनुपर्छ । जहिले पनि कुर्सीमा बस्दा पिठ्यूलाई सिधा राख्ने तथा घुँडा नितम्ब (हिप) भन्दा माथि हुनुपर्छ । बाटोमा हिँड्दा सिधा भएर हिँड्नुपर्छ । सवारीसाधन चलाउने बेला पिठ्यूँलाई सिधा राख्ने । घरमा काम गरेको बेला पिठ्यूँलाई सिधा राख्ने । कोमल, फोमको गद्दाार बिछ्यौनामा नसुत्ने । तख्ता (प्लाई) को प्रयोग गरेर पातलो ओछ्यानमा सुत्ने ।

    गर्दनको दुखाइ

    तीव्र दुखाइ भएको अवस्थामा तातोपानीमा एक चिम्टी नुन हालेर त्यसले सेक्ने । यो क्रम दिनमा कमसेकम तीन, चार पटक गर्ने । यसले दुखाइलाई चाँडै कम गरेर आराम हुन्छ ।

    सिरानी

    सरबाइकल स्पोन्डोलाइटिसको बिरामीले मोटो सिरानी प्रयोग गर्नु हुँदैन । सिरानी पातलो नरम खालको हुनुपर्दछ । मोटो तौलियालाई फोल्डिङ गरेर सिरानी बनाएर लगाउन सकिन्छ ।

    सरवाइकल कोलर (बेल्ट)

    गर्दनको दुखाइ भएका बिरामीले गर्दनको मान्सपेलाई चिसोबाट बचाउन तथा गर्दनलाई सही पोस्चरमा राख्न कौलरको आवश्यकता पर्दछ । यसको उपचारमा कौलर (बेल्ट) को आफ्नै महत्वछ । रोग निको भइसके पनि यसका बिरामीले जाडोमा कोलर लाउनुपर्ने हुन्छ ।

    व्यायाम

    बिना सिरानी पिठ्यूँको बल सुत्ने । आफ्नो गर्दनलाई जति सकिन्छ बिस्तारैबिस्तारै माथि उठाउँदै जाने । तर त्यसो गर्दा पिठ्यूँको भाग उठ्नु हुँदैन । गहिरो सास लिनुपर्छ । फेरि त्यसरी नै गर्दनलाई तल ल्याउँदै जाने र सास बिस्तारैबिस्तारै छोड्दै जानुपर्छ । पूरा तागतले फोक्सोको हावा बाहिर फाल्नुपर्छ । यो व्यायाम बिहान, बेलुकी गर्नुपर्छ । यस्तो व्यायामले गर्दनको मांसपेशीलाई तागत प्रदान गर्छ ।

    नियमित गर्नाले गर्दनको दुखाइबाट सजिलै छुटकारा पाउन सकिन्छ । व्यायामको परिणाम थाहा पाउन १५ दिन लाग्छ । सरवाइकल स्पोन्डोलासिसको उपचारमा होमियोप्याथिक औषधिको साथै फिजियोथिरापी गरेमा यस रोगबाट स्थायी रूपमा छुटकारा पाउन सकिन्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.