×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सिजेएमसी यात्राको चुनौतीपूर्ण सोर्ह वर्ष

  •  
  • बुधबार, माघ १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    डा.मञ्जु मिश्र
    पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर तह सुरू गर्ने पहिलो कलेज
    14919012_10211130630571423_5472996341106332195_oकलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) नेपालमै पहिलो पटक पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तह संचालन गरी बिद्यमान् पत्रकारिता शिक्षामा आमुल परिर्बतन गर्ने उद्धेश्य लिएर वि.स. २०५७ साल माघ २४ गते कंम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्बरमा दर्ता भएको होे । त्रिभुवन विश्वविद्यालयले २२ वर्षदेखि पत्रकारिता विषमा स्नातक तह सञ्चालन गरिरहेको र पत्रकारिता विषयमा स्नातकोत्तर तह शुरू गर्न नसकेको अबस्थामा सिजेएमसी कलेजले काठमाडौंको धापासीबाट तीन कोठा भाडामा लिएर पत्रकारिता तथा आमसञ्चार विषयको स्नातकोत्तर सञ्चालन गर्न एउटा महिलाले हिम्मत राख्नु आफैंमा निक्कै चुनौतीपूर्ण रहेको नेपाली सञ्चार जगतलाई विदितै छ । वि.स. २०५८ साल पुष २७ गते वरिष्ठ पत्रकार भारतदत्त कोइराला, प्राध्यापक र सिजेएमसीका विद्यार्थीबाट सामूहिक रूपमा कलेजको उद्धघाटन भएको थियो ।
    सूचना प्रविधिको विकासले फड्को मारिसक्दा पनि पत्रकारिता विषयमा पुरानै पाठ्यक्रम र ढर्राको पठनपाठनले विद्यार्थीको पत्रकारिताप्रतिको बढ्दो चाहना र आबश्यकतालाई पुरा गर्नसकेको थिएन । सिजेएमसी कलेजले विश्वका विभिन्न आमसञ्चार तथा पत्रकारिता कलेजको पाठ्यक्रमको अध्ययन् गरी नेपालका वरिष्ठ संचारकर्मी तथ पत्रकारको सहयोगमा आफैले पाठ्यक्रम तयारी गरी पूर्वाञ्चल विश्वबिद्यालयमा पेश गरेको थियो । पत्रकारिताको डिग्री कक्षा संचालनका लागि त्यति वेला रत्नराज्य कलेजका प्राध्यापक तथा फ्रेडरिक एलवर्ट स्फिटङको कार्यकारी निर्देशक पि. खरेलले सकारात्मक सल्लाह दिनुभएको थियो । सिजेएमसी कलेजले जुनसुकै अबस्था र हालतमा पनि स्नातकोत्तर तह संचालन गर्न कटिबद्ध देखेपछि लामो समयदेखिन् पत्रकारिता शिक्षामा समर्पित यस क्षेत्रका हस्तिहरुले २०५८ सालमै रत्नराज्य र कान्तिपुर सिटि कलेजमा पनि डिग्री कक्षा संचालन गर्ने निणर्य गरे । यसर्थ २०५८ साल पत्रकारिता शिक्षाकै इतिहासमा महत्बपुर्ण बर्ष मान्न सकिन्छ ।
    पूर्वाञ्चल विश्वविद्यालयको नयाँ विषयप्रतिको सहयोग र सद्धभावका कारण सिजेएमसीले पत्रकारितामा स्नातकोत्तर तह सञ्चालन गर्न सफल भएको हो । त्यस समयमा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्न तत्कालीन उपकुलपति तोरणबहादुर कार्की र त्यसैगरी सोही समयका विश्वविद्यालयका रजिष्ट्रार डा. कृष्ण शर्मा, मानबिकी संकायका डिन, परीक्षा नियन्त्रक कविराज न्यौपानेका साथै विभिन्न पदाधिकारीहरू तथा कर्मचारीको तहबाट हालसम्म कलेजले ठूलो सहयोग र समन्वय पाएको छ । यहिकारण सिजेएमसि पूर्वाञ्चल विश्वविद्यालय प्रति गहिरो आभार ब्यक्त गर्दछ । यसैकारण कलेजले यही २०७३ साल पौष २७ गते १६ वर्षको कठिन यात्रा सफलता पूर्वक पूरा गरेको छ ।

    नेपालको पत्रकारिता शिक्षामै इतिहास रच्दै छ कलेज
    Dr.misra 2कलेज अफ जर्नालिजम धापासीमा एक वर्ष संचालन गरेपछि गौशाला रातोपुलमा, त्यस पछि काठमाडौंको धुम्बाराही चक्रपथमा सर्न बाध्य भयो । धुम्बाराहीबाट कलेजले सेमेस्टर प्रणाली अन्तरगत पत्रकारिता तथा आमसंचार विषयमा स्नातक तहको (BA MCJ) पठन पाठन सुरु ग¥यो ।
    नेपालमै पहिलो पटक सिजेएमसी कलेजले आमसञ्चारको माध्यमबाट ग्रामिण जनतालाई विकासप्रति जागरूक र सुसूचित गर्ने उद्देश्यले स्नातकोत्तर तहमा Development Communication (MA.Dev.Com) को पढाइ तीनकुने स्थित चार तले भवन भाडामा लिएर शुरू गरयो । फिलिपिन्स र छिमेकी मुलुकहरूमा स्नातकोत्तर संचालन भइसकेको तर नेपाली पत्रकारिता शिक्षा क्षेत्रमा यसतर्फ ध्यान नदिइएको समयमा हामीले डेभलपमेण्ट कम्युनिकेशन शुरू गरेका थियौं । हालसम्म यस विषयमा कलेजले करीव सय जनाभन्दा विद्यार्थीहरू उत्पादन गरिसकेको छ ।
    कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले क्षेत्रीय स्तरको पत्रकारितामा स्नातकोत्तर गर्न छात्रवृत्ति कार्यक्रम अन्तर्गत नर्वेको ओस्लो युनिभर्सिटी कलेज र NOOMA को सहयोगमा बंगलादेशको ढाका र पाकिस्तानको पञ्जाब विश्वविद्यालयसितको सहकार्यमा १३ जना विद्यार्थीहरू इन्द्रध्वज क्षेत्री, प्रकाश के.सी, सुनीता नेमाफुकी, शिरोमणि धिताल, सल्मा खातुन, कृष्णचन्द« पौडेल, समीक्षा कोइराला, कृति भुजु, सिर्जना आचार्य र सतीश कोइराला लगायतले बंगलादेशको ढाका विश्वविद्यालयमा दुई बर्षे स्नातकोत्तर गरी नेपाल फर्केका छन् ।

    कलेजद्वारा सञ्चालित नेपालको पहिलो एफएम रेडियो
    सन् २००६ मा कलेजले आफ्नो सिमित स्रोत र साधनबाट नेपालमै पहिलो पटक शैक्षिक संस्थाद्वारा संचालित रेडियो CJMC FM 106 MHz ठूलो संघर्ष र प्रयासबाट संचालनमा ल्याएको हो जुन दक्षिण एशियाली मुलुकहरूमा भारतपछि कलेजले संचालन गरेकोे दोस्रो एफएम रेडियो हो । मुलुकको शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यले आफनो स्थापना कालदेखिनै शैक्षिक गतिविधि झल्कने पाठशाला, बद्यिार्थीका निमित्त टयुसन, शैक्षिक समाचार, नेपाली लोक संस्कृति लगायत विभिन्न शैक्षिक कार्यक्रम संचालन गरीे आफुलाई शैक्षिक रेडियोको रुपमा स्थापित गर्न कलेजलाई निकै ठूलो चुनौतीे थियो । सिजेएमसी कलेजको तर्फबाट नर्वेको फ्रेडस्कोपसेट कार्यक्रम अन्तरगत बंगलादेशमा झण्डै एक वर्षको पत्रकारिता विषयको अध्यापन गरेर नेपाल फर्किएका पत्रकार नवराज चालिसेलाई स्टेशन म्यानेजरको जिम्मेवारी दिइएको थियोे ।
    सीमित स्रोत र साधनको प्रयोग गरी आफ्नो शैैक्षिक दायरा भन्दा बाहिर गएर रेडियोलाइृ व्यापारिक रूपमा संचालन गर्न र विद्यार्थीहरूलाई साथमा लिएर विभिन्न कार्यक्रम नियमित प्रसारण गर्नु हाम्रो बाध्यता थियो । नेपालमा भरखरै लोकतन्त्र बहाली भएको परिवेशमा हामीले नयाँ नेपालको नयाँ रेडियो भन्ने दीर्घकालीन सोचका साथ रेडियोलाई अगाडि बढाउने लक्ष्य लिएका थियौ ।

    पत्रकारिता तथा आमसंचार क्षेत्रमै पहिलो पि.एच.डी.
    सन् २०१३ मा सिजेएमसीले नर्वे नोराडको सहयोगमा युगाण्डामा माकारेरे, साउथ सुडानको जुवा युनिभरसिटी छात्रवृत्ति अन्तर्गत यस कलेजका दुईजना प्राध्यापक समीक्षा कोइराला र प्रसिद्व फोटोपत्रकार शरद राईलाई पि.एच.डी. दिलाउन सफल भएको छ । वहाँहरू पि.एच.डी.को अन्तिम चरणको तयारीमा हुनुहुन्छ ।
    त्यसैगरी सन् २०१४ मा कम्युनिकेसन युनिभरसिटी अफ चाइनामा पी.एच.डी. छात्रवृत्ति कार्यक्रम अन्तर्गत बुद्विप्रसाद शर्मा र प्रद्युम्न पौडेल चीनको बेइजिङमा पि.एच.डी. गर्दैे हुनुहुन्छ ।

    नेपाल अफ्रिका फिल्म फेस्टिवल
    सन् २०११ देखिन् पहिलो पटक कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले Africa through African Lens भन्ने नाराको साथ नेपाल र अफ्रिकी मुलुकहरू बीचको सामाजिक, सांस्कृतिक, परम्परागत सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल अफ्रिका फिल्म फेस्टिबलको आयोजना गर्दै आएको छ । यो फेस्टिबलले नेपाल र अफ्रिकी मुलुकहरूबीचको कूटनीतिक सम्बन्धको साथै दुई पक्षीय व्यापार, पर्यटन तथा कलाकारिताको क्षेत्रमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ । हामी जस्ता अल्पविकसित मुलुकका जनताको आवाज, हामीले नै दिन सक्नुपर्छ भन्ने यसको मूल मर्म रहंदै आएको छ । कलेजको अन्तराष्ट्रिय साझेदारी अन्तर्गत अफ्रिकाको जाम्विया, युगाण्डा, केन्या, तान्जनियाका संचारकर्मीहरू नेपाल आएर सिजेएमसी एफएममार्फत श्रोताहरूलाई अफ्रिका सम्बन्धी विभिन्न जानकारी दिने उद्धेश्यले हाम्रो अफ्रिका कार्यक्रम संचालन गरेका थिए । यिनै कार्यक्रमहरूलाई संग्रह गरी Africa Pride and Enigma of the World, The more you Explore the more it mystifies भन्ने पुस्तक म आफंैले सम्पादन गरी पुस्तक प्रकाशन गरेकी हुं ।

    सिजेएमसीको अन्तराष्ट्रिय संचार संस्थासितको सहकार्य
    Dr.misraनर्वेको फ्रेडस्कोपसेट कार्यक्रमअन्तर्गत बंगलादेशको साउथ एशिएन इन्स्टिच्यूट अफ पाठशाला श्रीलंकाको TV EAP, पाकिस्तानको Bits Online र कलकत्ता सहकार्यमा पत्रकार नवराज चालिसे, सरस्वती कर्माचार्य, सुनील खतिवडा र सुरज शाक्यले दश महिना सफलतापूर्वक संचार क्षेत्रमा अनुसन्धान सम्पन्न गर्नुभएको थियो । त्यसैगरी भारतको कलकत्तामा किशोर शर्माले फोटो पत्रकारितासम्बन्धी दश महिना काम गरी नेपालमा फोटो पत्रकारितामा विशेष स्थान लिन सफल हुनुभएको छ । त्यसैगरी सिजेएमसीमा बंगलादेशका फोटो पत्रकार सिहाव उद्विन, मुमिना जलिल र कलकत्ताबाट फोटो पत्रकार निलायन यस कलेजमा आई दश महिना फोटो पत्रकारिताको व्यवहारिक कक्षा संचालन गरी फर्कनु भएको थियो ।
    सन् २००६ मा कम्युनिकेसन युनिभरसिटी अफ चाइनाबाट दुई जना विद्यार्थीहरू पत्रकारितामा स्नातकोत्तर तहको अध्ययन् पुरा गरी नेपाल फर्किसकेका छन् । पाकिस्तानको लाहोर युनिभरसिटीबाट मोदनाथ ढकाल स्नातकोत्तर पूरा गरी हाल द राइजिङ नेपालमा आवद्व हुनुहुन्छ ।
    इथियोपिया, तान्जानिया, जाम्बिया, युगाण्डा मिडिया वीमन एशोसिएस र केन्याको प्रतिष्ठित संचार र शैक्षिक संस्थाहरूसँग सहकार्य गरी ५० जनाभन्दा बढी विद्यार्थी, शिक्षक, कर्मचारीहरूलाई सभा, सेमिनार गोष्ठी र छात्रवृत्ति अन्तर्गत सहभागी गराउन सफल भएका छौँ । अफ्रिका महादेशमा विभिन्न महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने सञ्चार संस्थाहरूमध्ये जाम्वियामा गीता चौधरी, तान्जिनियामा नगिना झा, केन्यामा मञ्जु खनाल र युगाण्डामा कल्पना भण्डारी र सम्झना पौडेलले दश महिना काम गरिफरकिसक्नुु भएको छ ।
    कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले विभिन्न देशमा अन्तर्राष्ट्रिय स्तरको तालिम, सेमिनार तथा गोष्ठीमा भाग लिन कलेजका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई समय समयमा अवसर उपलब्ध गराएको छ । प्राध्यापकहरूमध्ये तपनाथ शुक्ला, शिरोमणि धिताल, शरद राई, डा. पीयूष मिश्र, समीक्षा कोईरालालाई युगाण्डा, आलोक तिवारी र लीलाबल्लभ नेपाललाई इथियोपिया, प्रकाश घिमिरे र डा.प्रदीप भट्टराईलाई नर्वे, बंगलादेश तथा केन्या पठाउनुको साथै कलेजले टंक उप्रेतीलाई भारतको नयाँ दिल्लीमा HIV AIDS गोष्ठीमा पठाएको थियो । भारतीय दूतावासको सहयोगमा SAARC मुलुकहरू बीचको शैक्षिक कार्यक्रम आदान प्रदान अन्तर्गत सिजेएमसीबाट पत्रकार नवराज चालिसे, अनिता बिन्दु, सन्तोष क्षेत्री र सञ्जय गौतमलाई दश दिनको भारतको नयांदिल्लमा स्थलगत शैक्षिक भ्रमणमा पठाउन सफल थियौ ।
    त्यस्तै कर्र्मचारीहरूमध्येबाट महेश पौडेललाई इथियोपिया, अरविन्द कुमार श्रीवास्तव र रोशन लामालाई नर्वेमा पन्द«दिनको तलिममा पठाएको थियो । यस्तै नोराडको सहयोगमा रविन्द कुमार श्रीवास्तव, रोशन लामा, रोजिना लामा, जिज्ञाशा पोखरेललाई स्नातकोत्तर तहमा दुई बर्षको छात्रबिृत्ति प्रदान गरी नर्बे लगायत बिभिन्न मुलुकको शैक्षिक भ्रमण गराउन सफल भएको छ ।
    कलेजको शैक्षिक एवं प्राज्ञिक विकासका निमित्त म आफैंले पनि भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, नर्वे, युगाण्डा, इथियोेपिया, केन्या, तान्जानिया, जाम्बियालगायतका विभिन्न मुलुकका विश्वविद्यालय र सञ्चार संस्थासितको सहकार्यका लागि पहल गर्र्दै औपचारिक भ्रमण गरेकी छु । यिनै कारणले गर्दा पनि कलेज आज अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्ठित आमसंचारको कलेज भनी आफ्नो नाम कमाउन सफल भएको छ ।

    वर्तमानमा कलेज अफ जर्नालिजम् एण्ड मास कम्युनिकेसन (सिजेएमसी )
    यस कलेजको चुनौतिपुर्ण यात्रामा यहांसम्म आइपुग्नको निमित्त प्रत्यक्ष बा अप्रत्यक्ष रुपमा जुनसुकै संकटमा पनि कलेजलाई निश्चित बिन्दुसम्म पुयाउन खुला हृदयले सहयोग गर्ने, सल्लाह दिने, बिहान बिहानै न्युन पैसामा, जाडो र पानी नभनी आएर पढाउने प्रध्यापक र पढ्रने बिध्यार्थी तथा कर्मचारीहरु सबैमा कलेज र म आफ्रनो तर्फबाट गहिरो आभार व्यक्त गर्दछु ।
    यस कलेजबाट करीब छ सय जना विद्यार्थीहरूले पत्रकारिता तथा आमसंचारमा स्नातक तथा स्नातकोत्तर तहको पठनपाठन पूरा गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा महत्वपूर्ण योगदान दिइरहेका छन् । गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, काठमाण्डु पोष्ट, द राइजिङ नेपाल, द हिमालयन टाइम्स, हिमालय टाइम्स, नयाँ पत्रिका, समाचारपत्र, राजधानी, हिमाल खबर पत्रिका, नेपाल, नारी र राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका साप्ताहिक पत्रिकाहरूको साथै राजधानीबाहिरबाट प्रकाशित हुने मोफसलका पत्रिका र एफएम रेडियोहरूमा हाम्रो जनशक्तिको बाक्लो उपस्थिति रहेको छ । त्यसैगरी राष्ट्रिय स्तरका प्रसारण माध्यमहरू नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन,इमेज च्यानल, एभिन्यूज, न्यूज २४ टेलिभिजन, सगरमाथा, एबिसी, माउण्टेन, हिमालयन टेलिभिजन,एपी वान, च्यानल नेपाल, नेपाल वानको साथै विभिन्न नयाँ खुल्दै गरेका टेलिभिजन च्यानल र केबुल टेलिभिजनहरूमा सिजेएमसीबाट उत्पादित जनशक्ति नीति निर्माणको तहदेखि श्रमजीवी पत्रकारका रूपमा कार्यरत छन् ।

    सिजेएमसीको भावी योजना ः आमसञ्चार पत्रकारिता विश्वविद्यालय
    कलेजले स्थापना कालदेखि नै आमसंचार विश्वविद्यालय स्थापना गर्ने संकल्प र अठोट लिएर आफ्नो यात्रालाई निरन्तरता दिएको छ । यही सपना साकार गर्न विश्वविद्यालयको शैक्षिक, भौतिक, प्राज्ञिक, प्रशासनिक पूर्वाधार निर्माण गर्न हामी अघि बढिरहेका छौँ । यस कलेजले २०६१ साल पुष १५ गतेदेखि नेपालमा आमसंचार तथा पत्रकारिताको बेग्लै विश्वविद्यालयको आवश्यकता महसुस गरी नेपाल सरकार शिक्षा मन्त्रालयमा कम्युनिकेशसन यूनिभर्सिटीको स्थापनाका लागि प्रस्ताव गरेको थियो । यसलाई मूर्तरूप दिनका निमित्त अहिले काठमाडौँका गोकर्ण राष्ट्रिय शहीद पार्कनजिकै पैयुँटार हाइटमा १७ हजारभन्दा बढी वर्गफिटमा अत्याधुनिक ६ तले भवन निर्माण सम्पन्न हुन लागिरहेको छ । शिक्षा मन्त्रालयमा दर्ता भएका दुई दर्जनभन्दा बढी विश्वविद्यालयमध्ये हालसम्म महिलाको नेतृत्वमा संचालन हुनगइरहेको यो एकमात्र पहिलो विश्वविद्यालय हुनेछ ।
    हामी आमसञ्चार पत्रकारिता विश्वविद्यालय (Communication University of Nepal, CU Nepal) स्थापना गरी यसलाई नेपालमा आमसञ्चारको विकास केन्द्र Center for Media Development in Nepal का रूपमा किन स्थापित गराउन चाहन्छौं भन्ने पनि सम्भवतः धेरैपटक सार्वजनिक भइसकेको छ । खासगरी दक्षिण एशियाली मुलुकमा विद्यमान् यस्ता विश्वविद्यालयहरूमध्ये उदाहरणीय विश्वविद्यालयका रूपमा यस कलेजलाई रूपान्तरण गर्नु हाम्रो लक्ष्य रहेको छ । स्वायत्त र निजी सञ्चार विश्वविद्यालयका रूपमा यस कलेजलाई उभ्याउनसकेमा हालसम्म उच्च शिक्षामा व्यवस्था नगरिएका विषयहरूलाई (जस्तै फोटोग्राफी, एडभरटाइजिङ्ग, ग्राफिक्स, जन–प्रशासन र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयहरूलाई) समेत पठन–पाठनमा समेट्ने योजना गरिएको छ । हाम्रो अन्तर्राष्ट्रिय सम्पर्क र शैक्षिक आदान प्रदानको क्षमताले पनि यस विश्वविद्यालयलाई स्थापित गराउन कुनै कठिनाइ पर्ने छैन । यसलाई स्वीकृति दिएवापत सरकारलाई कुनै आर्थिक भार पनि हामी पार्न दिने छैनौ ।
    पत्रकारिताको प्राज्ञिक जगत्मा यो विश्वविद्यालय स्थापना भएमा दक्षिण एसियाकै नयाँ शैक्षिक हब बन्नसक्नेमा द्विविधा छैन । हामी त्यो उचाइमा यसलाई लैजान कृतसङ्कल्पित छौँ । त्यसका लागि केवल सरकारको अनुमति, विज्ञहरूको साथ र हाम्रा शिक्षक तथा विद्यार्थीको सहयोग आवश्यक पर्दछ । मेरा तर्फबाट त्यो सङ्कल्पमा कुनै कमी आउन दिने छैन ।
    अतः यस लक्ष्य प्राप्तिको दौड र अभियानमा साथ र परामर्श दिनुहुने सबै सरकारी अधिकारी, प्राज्ञिक व्यक्तित्व, सञ्चार प्रकाशन गृह, पत्रकारिता तालिम दिने संस्थाहरू तथा सञ्चार माध्यम र पत्रकारहरूले दिँदै आउनुभएको सहयोगका प्रति पुनः आभार व्यक्त गर्दै थप ऐक्यवद्वताका लागि अपिल गर्दछु । यो विश्वविद्यालय निजी विषयगत, गैह्रनाफामूलक र सम्बन्धन प्रदान नगरिने स्वायत्त प्राज्ञिक विश्वविद्यालयका रूपमा संचालित रहने छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.