बढ्दो वन फँडानी र जलवायु परिवर्तनले समस्यामा परेको वन्यजीवन चोरी शिकारीले थप आक्रान्त बनेको छ। जिल्लामा ८ वटा इलाका वन कार्यालय छन्। तर कार्यालयबाट वन र वन्यजीवन संरक्षणमा ठोस काम नभएको जानकार बताउँछन्।

पछिल्ला केहि दिनमा जिल्लाका विभिन्न जंगलमा मारिएका वन्यजन्तु।
बजारमा महँगो मूल्यमा वन्यजन्तुको मासु बिक्री हुने गरेको छ। सदरमुकाम मान्मका होटलमा नियमित मृगको मासु पाक्छ। सदरमुकाम मान्म नजिकैको जंगलबाट घोरल, बँदेल, रतुवा, दुम्सीलगायतका बन्यजन्तुको मासु शिकारीहरुले सहजै सदरमुकामका होटलसम्म ल्याउँछन्।
केहि दिन अघि सयौंको संख्यामा स्थानीय जम्मा भएर स्युना गाविसमा लोपउन्मुख वन्यजन्तु घोरल मारेको चर्चाले जिल्ला तातिएको छ। उपल्लो भेगमा चिसो बढेपछि वस्ती छेउछाउ झरेका घोरलको बथान नै स्थानीयले करिव सखाप पारेका थिए। नजिकै रहेको स्युनाको इलाका वन कार्यालयले मौनता साँधेर बस्यो।
जिल्लाको चिल्खायामा पर्ने रुढुबन्चु, बदालकोटको चुली पाटन, मुम्राको मालिक वन, ५ नम्बर इलाकामा पर्ने दुधुली मेलालगायतका वन क्षेत्रमा मृगको शिकार व्यापक हुने गरेको छ। वन कार्यालयका प्रमुखदेखि अन्य कर्मचारीले थाहा पाएर पनि कुनै कारवाही अगाडि नबढाएका स्थानीय उपभोक्ता टक्क सुनारले बताए।
बजारमा महँगो मूल्यमा वन्यजन्तुको मासु बिक्री हुने गरेको छ। सदरमुकाम मान्मका होटलमा नियमित मृगको मासु पाक्छ। सदरमुकाम मान्म नजिकैको जंगलबाट घोरल, बँदेल, रतुवा, दुम्सीलगायतका बन्यजन्तुको मासु शिकारीहरुले सहजै सदरमुकामका होटलसम्म ल्याउँछन्।
स्थानीयले घरेलु हातहतियार प्रयोग गरेर शिकार गर्छन्। आहारका लागि गाउँ छेउछाउ आउने वन्यजन्तुको सामूहिक शिकार गरिएको पिखाना–२ का नहकुल शाहीले बताए। वनमै पसेर शिकार खेल्ने गिरोह नै सक्रिय रहेको शाही बताउँछन्।
बदाल्कोटको बरातुमा दुम्सीको बथान नै मारिएको थियो। बरातु नजिकैको जंगलमा सयौंको संख्यामा दुम्सीको बासस्थान रहेकोले शिकारीहरु त्यस क्षेत्रमा नियमित पुग्ने गरेका उनी बताउँछन्।
कोटदरवार सामुदायिक वन उपभोक्ता समिति मान्मका सचिव मुक्ती बरालले कोटदरवार क्षेत्रमा प्रयाप्त पाइने दुम्सी अचेल विरलै देखिने बताए।
वन्यजन्तु चोरी शिकारी गर्नेलाई कारवाही हुने जिल्ला वन अधिकृत अचल ढुंगाना बताउछन्। ‘हालसम्म कार्यालयमा उजुरी परेको छैन,’ उनले भने ‘वन्यजन्तुको संरक्षणमा हाम्रो ध्यान छ।’






