×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

फरार वृद्ध दाजुभाइ १५ वर्षपछि पक्राउ

  •  
  • मङ्गलबार, माघ ११, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    खोटाङ, माघ ११ गते । लागुऔषध (गाँजा) मुद्दामा फरार रहेका पश्चिमी गाविस डिकुवा–२ का ८३ वर्षीय नरबहादुर मगर र उनका भाइ ७५ वर्षीय हर्कबहादुर मगर पक्राउ परेका छन् ।

    लागुऔषध मुद्दामा एक वर्ष कैद र रु पाँच हजार जरिवाना भुक्तानी गर्न बाँकी मगर दाजुभाइलाई १५ वर्षपछि पक्राउ गरिएको हो ।

    अदालतमा मुद्दा दायर हुनासाथ फरार रहेका मगर दाजुभाइलाई घरमा आएको समयमा आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दाजुभाइलाई सोमबार जिल्ला अदालतमा हाजिर गराएर सोही दिन साँझ कारागार चलान गरिएको प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो ।

    पक्राउ परेका मगर दाजुभाइसहित छ जनालाई जिल्ला अदालतले २०५९ असोज १ गते एक÷एक वर्ष कैद र पाँच÷पाँच हजार जरिवाना हुने फैसला सुनाएको थियो । फरार रहेकामध्ये चार जनाको मृत्यु भइसकेको छ ।

    जिवित रहेका मगर दाजुभाइबाट कैद तथा जरिवाना भुक्तानीका लागि अदालतले गत साउन २५ गते प्रहरी कार्यालयमा फरारको लागत किताब पठाएको थियो । अदालतको किताबका आधारमा यसअघि निर्दोष रहेका डिकुवा–६ का नरबहादुर मगरलाई गत पुस २४ गते प्रहरीले पक्राउ गरेको थियो ।

    अदालतको फरार लागत किताबका आधारमा पक्राउ गर्दा निर्दोष रहेका व्यक्ति परेको थाहा पाएपछि माघ ८ गते साँझ उनलाई छाडिएको थियो । पुस २९ गते कारागार चलान भएका निर्दोष मगरलाई अदालतको पत्रका आधारमा कारागारले छाडेको हो ।

    निर्दोष व्यक्ति पक्राउ पर्नुमा आफूहरुको कुनै गल्ती नरहेको प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । “अदालतले उपलब्ध गराएको किताबमा डिकुवा–६ का नरबहादुर मगर नै भनेर लेखिएको छ ।” उहाँले भन्नुभयो – “सोही किताबका आधारमा खोजी गर्दा नामथर मिलेकाले उनलाई पक्राउ गरिएको हो । यसमा प्रहरीको कुनै गल्ती छैन ।”

    निर्दोष व्यक्ति पक्राउ परेर कारबाही भोग्नुमा प्राविधिक त्रुटि भएको अदालतले स्वीकार गरेको छ । दोषी ठहरिएका व्यक्तिको ठेगाना डिकुवा–२ हुनुपर्नेमा भुलबस डिकुवा–६ लेखिएकाले निर्दोष व्यक्ति परेको अदालतको भनाइ छ ।

    पुरानो मुद्दाका दोषीको तीनपुस्ते तथा फोटो नहुनाले पनि समस्या भएको प्रहरीले जनाएको छ । स्थानीयवासीका अनुसार डिकुवा–२ का नरबहादुर थापामगर हुन् भने डिकुवा–६ का नरबहादुर गर्वुजामगर हुन् ।

    गर्वुजामगर आफू निर्दोष रहेको जानकारी गराउँदासमेत प्रहरीले जबर्जस्ती पक्राउ गरेको बताउनुभएको छ । प्रहरीले नामथर मिलेकै आधारमा निर्दोष व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नु मानवअधिकार हनन भएको अधिकारकर्मीले बताएका छन् ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.