×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपालको प्रदर्शनले अचम्मित वाटमोर

  •  
  • मङ्गलबार, माघ ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    माघ ११, २०७३- श्रीलंकन मूलका डेव वाटमोरले अस्ट्रेलियाबाट केवल एउटामात्र एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेले । तर उनकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को विश्वकप क्रिकेट नै जित्यो । उनै वाटमोर आउँदो दुईसाता नेपाली क्रिकेटको गतिविधिमा संलग्न हुनेछन् ।

    बल एन्ड ब्याट फाउन्डेसन (बिटूएफ) को पहलमा उनी नेपाल आएका हुन् । बीटुएफले आयोजना गर्न लागेको दुईदिने कोचिङ कोर्स र हाईपर्फोमेन्स क्याम्पमा वाटमोर प्रत्यक्ष समावेश हुनेछन् । हाईपर्फोमेन्स क्याम्पमा राष्ट्रिय टोली र नेपाली यू–१९ का ३२ खेलाडी समावेश हुनेछन्, जुन बुधबार सुरु हुनेछ । उनी पछि पाकिस्तान, बंगलादेश, जिम्बावे, इन्डियन प्रिमियर लिगको टोली कोलकाता नाइट राइडर्स र इंग्लिस काउन्टी लंकासायरका पनि प्रशिक्षक भए ।

    ‘नेपाली क्रिकेटले धेरैलाई आश्चर्यमा पारेको छ । त्यो आश्चर्यमा पर्नेमा म पनि एक हुँ,’ सोमबार बीटूएफको उद्घाटन पछि वाटमोरले भने, ‘हालैमात्र नेपाली यू–१९ ले एसीसी यू–१९ एसिया कपमा राम्रो प्रदर्शन गरेको थियो र श्रीलंकाजस्तो टोलीलाई ठूलो चुनौती दिँदै एक रनले मात्र पराजित भयो ।’

    ‘एसोसिएट क्रिकेटमा विश्व क्रिकेट लिग च्याम्पियनसिप जस्तो उच्च स्तरमा खेलिरहेकाले नेपालका खेलाडीमा प्रतिभाको कमी छैन भन्ने पनि हो,’ वाटमोरले भने । सन् १९७९ मा अस्ट्रेलियाबाट खेल्न थालेपछि उनले ७ टेस्टको अनुभव बटुले । ९० को दशकपछि उनी प्रशिक्षणमा होमिएका थिए । बीटूएफको सबै खर्चमा आउन लागेका वाटमोरले श्रीलंकालाई विश्वकप जिताउँदाको अनुभव सुनाए, ‘त्यो समूहमा प्रतिभाशाली खेलाडी थिए । उनीहरू सफलताका लागि लालयित थिए । हामीले उनीहरूलाई राम्रोसँग व्यवस्थित बनायौं र जसरी चाहन्छन् त्यसरी अगाडि बढ्न दियौं ।’

    कमजोर मानसिकताका कारण 
    आफ्नो खेलजीवन थप अगाडि बढ्न नसकेको उनको बुझाइ छ । उनले भने, ‘जतिखेर म अस्ट्रेलियाका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैथिएँ, म उत्कृष्ट लयमा थिएँ । अरु अस्ट्रेलियाली खेलाडीभन्दा अब्बल थिएँ । तर दिमागी सोच जुन हिसाबमा बलियो हुनुपर्ने हो त्यो थिएन । श्रीलंकाबाट सरेर अस्ट्रेलिया गएका म जस्ताले थुप्रै चुनौती पार गर्नुपर्ने थियो । यो सबै मैले प्रशिक्षक भएपछि थाहा पाएको थिएँ ।’

    वाटमोरले यिनै अनुभव हाईपर्फोमेन्स क्याम्पमा नेपाली खेलाडीसँग साट्ने छन् । केन्यासँग मार्च ११ र १३ मा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि चारसमूह बनाएर ५२ खेलाडी सुपर लिगमा खेलिरहेका छन् । त्यसबाट छनोट भएर आउने २२ र नेपाली यू–१९ का १० खेलाडीलाई वाटमोरले १५ दिन प्रशिक्षण दिनेछन् । ‘एउटा खेलाडीका रूपमा हामी उहाँ (वाटमोर) सँग सिक्न आतुर छौं । हामी केन्यासँग खेल्नु अगाडि उहाँ आउनु । यो हामी जस्ता क्रिकेटका लागि निकै उपयुक्त समय हो । हामी यसको सक्दो उपयोग गर्नेछौं,’ राष्ट्रिय टोलीका कप्तान एवं क्रिकेट खेलाडी संघका महासचिव पारस खड्काले भने ।

    मैदान र एकेडेमी बनाउने
    बीटूएफका अध्यक्षमा पारस शाक्य छन् । दुई वर्षअघि नेपालले अस्ट्रेलियाका दिवंगत क्रिकेटर फिल ह्युजको स्मृतिमा ‘ब्याट फर नेपाल’ खेल आयोजना गरेको थियो । वसन्त चौधरी फाउन्डेसनले त्यो खेललाई प्रायोजन गरेको थियो । उद्योगपति चौधरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको सल्लाहकार समितिका सहसंयोजक छन् ।

    बीटूएफमा चौधरी संरक्षक छन् । अध्यक्ष शाक्य उनका ज्वाइँ हुन् । ‘ब्याट फर नेपाल’ को जिम्मा लिएकी नेपाल क्रिकेट संघकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरे बीटूउफकी कार्यकारी निर्देशक हुन् । ‘ब्याट फर नेपाल’ लागि त्यति खेर नेपाल आएका क्रिकेट अस्ट्रेलियाका पूर्व प्रमुख वाली इडवार्डस र श्रीमती केरी इडवार्डस, कासिम सुलिमान, क्रिस नुन र बन्दुला वार्नापुरा बीटूएफका सल्लाहकारमा छन् ।

    नेपाली क्रिकेट विकासका लागि फाउन्डेसन स्थापना गरिएको बताउँदै अध्यक्ष शाक्यले भने, ‘बीटूएफएको मुख्य उद्देश्य खेलाडीले खेल्नका लागि उत्कृष्ट प्लेटफर्म पाऊन् र क्रिकेटले समाजलाई जोड्दै यो एउटा संस्कारको रूपमा स्थापित होस् भन्ने हो । सामाजिक संस्था, स्कुल र कलेजसँग सहकार्य गर्दै युवा खेलाडीलाई प्रशिक्षणसहित आवश्यक सुविधा प्रदान गर्नेछ ।’ उनले अर्को वर्षसम्म बीटूएफले आफ्नै एकेडेमी र मैदान बनाई उनीहरूलाई अस्ट्रेलिया खेल्न लाने वातावरण बनाइरहेको जनाए । ‘सिड्नी क्रिकेट क्लबसँग हाम्रो दोहोरो छलफल भइरहेको छ । भविष्यमा हामी दुवैले एक्सचेन्ज प्रोग्राम गर्ने योजना छ,’ शाक्यले भने ।

    बीटूएफकी कार्यकारी निर्देशक घिमिरेले समाजको जिम्मेवार व्यक्ति भएको नाताले राष्ट्रलाई केही गर्नुपर्छ भनेर फाउन्डेसन स्थापना गरेको तथा यसले नेपाली क्रिकेटको भविष्य बनाउन भूमिका खेल्न सक्ने जनाइन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.