तस्बिर : सीएमप्रचण्डडटकम
माघ ११, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आपूर्ति र अर्थ मन्त्रालयसहित नेपाल आयल निगमका पदाधिकारीहरुलाई डाकेर प्रधानमन्त्री दाहालले ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारण गराउन निर्देशन दिएका हुन् । पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने उनले जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रधानमन्त्री दाहालले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन् । जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले ती निकाय र अधिकारीलाई निर्देशन दिए ।
ekantipur


