कैलासबावु श्रेष्ठ/गोरखा
माघ ९ गते । माघ महिना प्रसिद्व धार्मिक तिर्थ स्थल देबघाटमा मेला लाग्नु सामान्य नै मान्निछ । तर यस पटकको मेला भने फरक देखीएको छ । पहिलो पटक आयोजना गरीएको ‘देवघाट कुम्भ मेला’ मा सहभागी पनि उत्तीकै देखीएको छ ।

३१ करोड बत्ती प्रज्वलन गर्ने उद्वेश्यका साथ आयोजित उत्त मेलामा देश तथा विदेश बाट पनि सहभागी हुनेहरुको संख्यामा बृद्वि हुदै गएको छ । माघ १ गते देखी सञ्चालनमा आएको उत्त मेला माघ १५ गते सम्म रहने आयोजक संस्थाका कपिलबावु श्रेष्ठले जानकारी दिनु भयो ।

यता देशको कुना काप्चाबाट सहभागी हुन आउनेहरुको सवारी साधनलाई पार्किङ्गको ब्यवस्था मिलाउन ट्राफिक प्रहरीलाई हम्मे हम्मे परेको छ भने आयोजकले सामान्य मानेको उक्त कुभ्भ मेलामा सहभागीहरुको ओहिरो लागे पछि भने आयोजक आफै आश्चर्य चकित परेको छ ।

माघ ८ गते परेको सनिबार मात्रै देशभित्रै बाट ४ लाख देखी ५ लाख मानिस देवघाट पुगेको अनुमान गरीएको छ । सनिबार सम्ममा आयोजकले दिएको जानाकारी अनुसार ७० करोड बक्ति बालि सकिएको अनुमान गरीएको छ । त्यस्तै गरी माघ १४ गते औशी तिथी परेकोले उत्त दिन पनि धेरै तिर्थयात्री देवघाट आउने अनुमान गरीएको छ । सनिबार मात्रै आयोजकले ३० पटक भन्दा बढी बक्ति बाल्नका लागि संकल्प गराएको आयोजक संस्थाका कपिल श्रेष्ठले टेलिफोन मार्फत जानकारी दिनु भयो ।

तिर्थ यात्रीको संख्या ह्वात्तै बढे पछि अहिले रामनगरबाट भित्र जाने र आँप टारी बाट बाहिरीने ब्यवस्था गरीएको छ ।















