९ माघ, काठमाडौं । विद्युत चोरीमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरु मध्ये ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकासप्राप्त ।
महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार उनीहरुले मिटर विगार्ने र प्राधिकरणलाई घाटा पार्दै आएको खुलेको छ ।


