×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विप्लव माओवादीले भन्यो- ‘नेपालको सत्ता र विद्रोहको राजनीतिमा भारत हाबी’

  •  
  • शुक्रबार, माघ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • राजनीतिक प्रतिवेदन तयार
    – दीपेन्द्र विष्ट, काठमाडौं

    माघ ७, २०७३- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले भारतले नेपालको सत्ता र विद्रोहको राजनीतिमा दोहरो चरित्र देखाएर अनौंठो चाल चालिराखेको आरोप लगाएको छ । ‘सत्तामा पनि आफैं, विद्रोहमा पनि आफैंको अनौठो चाल भारतले चालिहरको छ’ अगामि फागुनमा हुने पार्टीको ८ औं महाधिवेशनको लागि तयारको ९६ पृष्ठ लामो ‘राजनीतिक प्रतिवेदन’मा भनिएको छ, ‘ विगतमा प्रचण्डको सरकार ढाल्नेदेखि त्यसपछि केपी ओलीको सरकार गिराउनेमा भारतको नै मुख्य हात रहेको छ । स्थिति कस्तो छ भने संघर्षमा उत्रिरहेका कयौं क्षेत्रीय पार्टी समेत भारतले बोकेर हिँडिरहेको छ ।’

    नेपालको राजनीतिमा भारतले निर्लज्ज हस्तक्षेप गरिराखेको उल्लेख गर्दै ‘ भारतले राजनीतिक दललाई कठपुतलीको रुपमा नचाउँदै आएको छ, उसले संविधान, कानुन, सरकार, बनाउने र भत्काउने काम गरिराखेको छ ।’

    संविधान बनिसकेपछि संसदवादी दलहरु सत्ता स्वार्थका लागि विभिन्न अन्तराष्ट्रिय शक्ति केन्द्रसँग जोडिन पुगेको भन्दै एकथरी अमेरिका र युरोपसँग जोडिएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो समय नेपाली  राजनीतिकको मुख्य खेलाडी अन्तराष्ट्रिय शक्ति पनि रहेको उसको प्रतिवेदनमा छ । कांग्रेस भारत र अमेरिकातिर, एमालेभित्रको केपी समूह चीनतिर र अर्को समूह भारततिर टास्नि खोजेको भनिएको छ ।

    तर, मधेसवादी पार्टीले खुलेयाम रुपमा भारतपस्त देखिएको उसको प्रतिवेदनमा छ । ‘अन्य जातीय पार्टीहरु पश्चिमाबाट सञ्चालित देखिन्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘माओवादी केन्द्र चरम अवसरवादी चरित्रमा ढुलमुलाई रहेकोछ, जताबाट क्षणिक फाइदा हात लाग्छ,उतै पल्टाखाने खालको भएको छ, यसलाई हाल भारतले नै उपयोग गरिराखेको छ ।’

    सत्ताको रसास्वादन गर्न कांग्रेस, एमाले र माओवादी केन्द्रको त्रिकोणात्मक संघर्ष चलिराखेको छ । संविधानसभा चुनाव अघि र पछि कांग्रेस–एमाले एक देखिए पनि केपी ओली नेतृत्को सरकार चीनतिर ढल्केपछि माओवादी केन्द्र अवसरवादलाई पकड्दै कांग्रेसको कित्तामा उभिएको उसको विश्लेषण छ ।

    यसरी संसदवादीको असफलताको फाइदा उठाउँदै पूर्वराजावादीहरु सक्रिए भएर राजतन्त्रलाई पुनर्स्थापना गर्ने योजनामा रहेको प्रतिवेदनमा छ ।

    ‘यो नेपाली जनताको बीचबाट सम्भव नदेखिएपछि उनीहरु पनि विदेशी शक्तिको आड लिन खोजेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ यसका लागि उनीहरुको भारतको हिन्दू अतिवादी सन्त, महन्त र हिन्दूवादी व्यक्तिहरुलाई उठाएर ल्याइरहेका छन् नेपालभित्र पनि हिन्दू धर्मका नाममा यो चाल अगाडि बढाउन प्रयत्न गरिरहेका छन् ।’

    सत्ता कब्जा गर्न संसदवादी सफल 
    संसदवादीले माओवादीसँग भएको सहमति लत्याएर आरोप लगाउँदै उसले अब प्रतिक्रान्तिको सम्भवना रहेको उल्लेख गरेको छ । शान्तिकालमा माओवादीभित्र आत्मसमर्पणवाद, विसर्जनवाद र पलायनवाद देखा परेको भन्दै उसले प्रचण्ड, बाबुरामहरुले जनयुद्धका विचार, राजनीति, आदर्श, मूल्य–मान्यताहरुलाई परित्यागन गर्न पुगेको अरोप लगाएको छ ।

    ‘त्यसबेला पार्टीभित्रको एक हिस्सा राजनीतिक रुपलेमात्र होइन आर्थिक रुपले समेत भ्रष्ट, विचलित र पतित हुन पुग्यो, माओवादीले कल्पना नै गर्न नसकिने गरि तस्करी, भ्रष्टाचार,अबैध धन्दामा पतन हुन पुग्यो,’ प्रतिवेदनमा उल्लेख छ, ‘ जनमुक्तिसेनाभित्रको एक हिस्सा व्यारेकभित्र असिमित भ्रष्टाचार गर्न पुग्यो ।’

    प्रचण्ड र बाबुरामसहित करोडपति अर्बपति र नबधनाढ्यवर्गमा पतन भएको उसको आरोप छ । प्रचण्ड र बाबुरामको धोका र गद्दारीले गर्दा माओवादी क्रान्ति असफल भएको र त्यसपछि आफूहरुले विद्रोह गरेर क्रान्तिधारको नेतृत्व गरेको प्रतिवेदनमा छ ।

    नेकपा (माओवादी) को ८ औं महाधिवेशन फागुन १ गते राजधानीको खुलामञ्चमा उद्घाटन हुनेछ भने, बन्दसत्र माओवादी उद्मथलो मानिएको रोल्पाको थवाङमा फागुन ५ देखि १० गतेसम्म हुनेछ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.