×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बाजुराका खडेरी क्षेत्रमा चारसय मेट्रिक टन चामल

  •  
  • बुधबार, माघ ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुरा,  माघ ५ गते । जिल्लाका खडेरी प्रभावित भएका पाँच गाविसमा रु ३० लाखको चामल सहयोग गरिएको छ । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत बाजुरा जिल्लामा सुक्खा तथा खडेरी प्रभावित गाविसमा रहेका समुदायका लागि राहतस्वरुप चामल सहयोग गरिएको बताइएको छ ।

    गाविसका प्रत्येक वडामा विकास निर्माणका पूर्वाधारको संरचना निर्माण गरेपछि दैनिक ज्यालामा काम गराएर चामल सहयोग गरिएको विश्व खाद्य कार्यक्रम, बाजुराका संयोजक गणेश पाध्यायले बताउनुभएको छ । चामल सहयोग मानाकोट, दहकोट, रुगिन, साप्पाटा र विच्छ्या गाविसमा गरिएको पाध्यायले बताउनुभयो ।
    गाविसहरु कृषि विकास कार्यालय र जिल्ला विकास समितिको सिफारिसमा छनोट गरिएका थिए । बढी प्रभावित र स्थानीय आयस्तरलाई हेरेर कामका लागि खाद्यान्न सञ्चालन गरिएको साझेदार संस्था सप्रोप नेपालका कार्यक्रम संयोजक बलबहादुर रोकायाले बताउनुभएको छ ।

    खडेरी प्रभावित १३ गाविसमध्ये छनोट गरिएका छ गाविसमा बढी जोखिम र प्रभावित रहेको जिल्ला कृषि विकास कार्यालय बाजुराका निमित्त कृषि विकास अधिकृत मीनप्रसाद जैशीले बताउनुभएको छ ।

    कार्यक्रम एक वर्षसम्म सञ्चालन गरिएको हो । खडेरी र प्राकृतिक प्रकोपका कारण २०७२/०७३ मा रु साढे १६ करोड र २०७३/०७४ मा रु ११ करोडभन्दा बढीको अन्नबाली जिल्लामा नोक्सानी भएको थियो ।

    कार्यक्रममा पाँच गाविसमा तीनहजार १३३ घरधुरी लाभान्वित भएको बताइएको छ जसमध्ये विच्छ्यामा ७२।१५ मेट्रिक टन, दहकोटमा ११२।०८, रुगिनमा ७२, मानाकोटमा ६७।०५ र साप्पाटामा १४५.९५ गरी जम्मा ४६९.९५ मेट्रिक टन चामल सहयोग गरिएको छ ।

    खडेरीले उत्पादन नहुने हँदा रोजगारीको अभावमा आम्दानी पनि नहुने हुँदा उच्च जोखिममा रहेको समुदायलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रमअन्तर्गत मानाकोटमा कृषि सडक र खानेपानी मर्मत गरिएको छ भने दहकोटमा तीन सिँचाइ कुलो, खच्चर बाटो निर्माण तथा स्वास्थ्य चौकी एकाइ भवन निर्माण गरिएको छ ।

    त्यसैगरी, साप्पाटा, रुगिन र विच्छ्यामा पनि खोनपानीका मुहान मर्मत, दर्जनभन्दा बढी सिँचाइ कुलो मर्मत, खच्चर बाटो निर्माण गरिएको छ । कार्यक्रमअन्तर्गत मानाकोटमा ६६, साप्पटामा एक र दहकोटमा ४६ भकारो सुधार निर्माण गरिएको बताइएको छ ।

    खाद्यान्न नभएर भोकभोकै बस्नुपर्ने अवस्था थियो, कार्यक्रमले ठूलो राहत पुगेको विच्छ्याका धर्मराज सुनारले बताउनुभयो । यसबाट सुक्खा खडेरी प्रभावित क्षेत्रका लागि सहयोग भएको निमित्त स्थानीय विकास अधिकारी प्रेमबहादुर सिंहले बताउनुभएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, माघ ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.