×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

लोकमानविरुद्ध महाअभियोग छलफलमा पत्रकार निकालिए

  •  
  • मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • संसदीय समितिको छलफलमा पत्रकारलाई रोकिएको दोस्रो घटना
    – राजेन्द्र फुयाल, काठमाडौं
    Lokman-17012017115034-1000x0

    माघ ४, २०७३- सर्वोच्च अदालतबाट अख्तियार प्रमुखको नियुक्ति नै खारेजीमा परेका लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय समितिले सुरु गरेको छलफलमा पत्रकार निकालिएका छन् ।

    अदालतले उत्प्रेषणको आदेशद्वारा कार्कीको नियुक्तिको सिफारिस र शपथग्रहण समेत बदर गरेको अवस्थामा संसद्मा विचाराधीन महाअभियोग प्रस्तावलाई कसरी टुंग्याउने भन्नेमा समितिले सुरु गरेको कानुनी परामर्शमा पत्रकारलाई रोक लगाइएको छ । संसदीय समितिको छलफलमा पत्रकारलाई रोकिएको दोस्रो घटना हो ।

    लोकमानसिंह अख्तियार प्रमुख भएकै बेला सुशासन समितिले बोलाएको बैठकमा पनि पत्रकार निकालिएका थिए ।

    लोकमान प्रमुख रहुन्जेल चुपचाप रहेको समिति उनको नियुक्ति बदर भएपछि भने सक्रियजस्तो देखाइएको छ ।

    समितिमा महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठलाई बोलाइएको भए पनि आएनन् । बैठकमा कानुन सचिव टेकप्रसाद ढुंगाना र कानुन आयोगका अध्यक्ष माधव पौडेल भने सहभागी भएका छन् ।

    सर्वोच्चले कार्कीलाई अयोग्य घोषणा गरी नियुक्ति बदर गर्नु केही घण्टाअघि मात्रै संसद्ले उनी विरुद्धको महाअभियोग प्रस्तावलाई अनुसन्धान तहकिकातका लागि महाअभियोग सिफारिस समितिमा पठाएको थियो । त्यसयता सोमबार पहिलो पटक बसेको महाअभियोग सिफारिस समितिको बैठकमा अदालतको आदेशअनुसार पदमुक्त भइसकेका व्यक्ति विरुद्धको प्रस्तावको हैसियतबारे के हुन्छ भन्नेमा सांसदहरूको मत बाझिएको थियो ।

    एमाले र माओवादी केन्द्रका सांसदहरूले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका कारण कात्तिक ३ देखि कार्कीलाई अख्तियार प्रमुखको हैसियतमा काम गर्न रोक लागेको थियो । कात्तिक ९ मै सदनमा पेस भएको महाअभियोग प्रस्तावबारे संसदको सबभन्दा ठूलो दल कांग्रेसले ठोस निर्णय नगरेकाले सैद्धान्तिक छलफल लम्बिएको थियो । मंसिर १६ को बैठकबाट उक्त प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने गृहकार्य भए पनि सरकारले मंसिर १४ मा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध एमालेसहितका प्रतिपक्षी नौ दलले झन्डै डेढ महिना सदन अवरुद्ध गरेका थिए ।

    निर्वाचन सम्बन्धी विधेयक र महाअभियोगमाथिको छलफलका लागि प्रतिपक्षले सदन खुला गरेकै दिन पुस २४ गते संसद्ले कार्कीविरुद्धको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय गरेको थियो । कार्कीको योग्यताबारे आफ्नो पूर्ववर्ती निर्णयमाथि पुनरावलोकन सुनुवाइ सकेर सर्वोच्चले त्यसै दिन कार्कीको नियुक्ति नै खारेज गरेको थियो ।

    महाअभियोगबाट पदमुक्त भएको व्यक्ति भविष्यमा कुनै पनि सेवाका लागि अयोग्य हुने मात्र नभई निवृत्तिभरणलगायतका कुनै पनि सुविधाबाट वञ्चित हुने संवैधानिक व्यवस्था छ । सर्वोच्चले कार्कीको नियुक्ति नै खारेज गरेपनि अख्तियार प्रमुखका रूपमा उनले उपभोग गरेको सेवा–सुविधा र गैरकानुनी क्रियाकलापलाई कारबाहीको दायरामा ल्याएको छैन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, माघ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.