×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नयाँ शक्ति र संघीय गठबन्धनबीचको कार्यगत एकता अन्तिम चरणमा

  •  
  • सोमबार, माघ ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं–पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको  शक्ति नेपाल र संघीय गठबन्धनबीच कार्यगत एकता हुने भएको छ। कार्यगत एकताकालागि नयाँ शक्ति नेपाल र संघीय गठबन्धका नेताबीच औपचारिक छलफल पनि भएको छ।

    आइतबार नयाँ शक्ति नेपालका नेता केशवमान शाक्यको बबरमहलस्थित निवासमा भएको करिव चार घण्टा लामो छलफलमा कार्यगत एकता गर्ने निष्कर्षमा नेताहरु पुगेका हुन्। त्यसकालागि आगामी ६ गते पुनः बैठक बसी संयुक्त विज्ञप्ति निकाल्न नेताहरु सहमत भएका छन्।

    यसअघि संघीय गठबन्धनका नेता उपेन्द्र यादवसँग भट्टराईले छलफल गरेपनि आइतबार भने मधेसी मोर्चामा आबद्ध पाँच दलका शीर्ष नेतासँग भट्टराईले छलफल गरेका थिए। बैठकको सुरुमा तराइ मधेस लोकतान्त्रिक पार्टीका नेता बृषेशचन्द्र लालले कुबेलामा भट्टराईले संविधानसभाबाट राजीनामा दिएको भन्दै भट्टराईप्रति शंका रहेको बताएका थिए।

    ‘तपाइँले जुन बेला राजीनामा दिनु भयो, त्यो उचित समय थिएन,’ बैठकमा लालले भनेका थिए, ‘अहिले पनि तपाइँमाथि आदिवासी जनजाति र मधेसीले शंका गर्ने प्रशस्तै ठाउँ छ।’

    बैठकमा सहभागी राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार संविधान जारी हुनुपूर्व नै भट्टराईले संविधानसभाबाट किन राजीनामा नदिएको भन्दै नेता लालले प्रश्न गरेका थिए। ‘तपाइँले जुन बेला राजीनामा दिनु भयो, त्यो उचित समय थिएन,’ बैठकमा लालले भनेका थिए, ‘अहिले पनि तपाइँमाथि आदिवासी जनजाति र मधेसीले शंका गर्ने प्रशस्तै ठाउँ छ।’

    बैठकमा अन्य नेताहरुले भने विगतमा सबैले गल्ती गरेको भन्दै त्यसैका आधारमा मूल्याकंन गर्न नहुने बताएपछि भट्टराईले आफ्ना भनाइ राख्न सुरु गरेका थिए। भट्टराईले संविधान जारी हुनुपूर्व आफूले राजीनामा दिएको भए अहिले जति उपलब्धी पनि हासिल हुन नसक्ने तर्क गरेका थिए।

    ‘मैले संविधान जारी हुनुपूर्व राजीनामा दिएको भए, आज हाम्रा सामु रहेका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता पनि हुने थिएन,’ भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हामीले दश वर्षसम्म जनयुद्ध लड्यौं, तर हामीले उठाएका मुद्दा नै सखाप हुने स्थिति आएको थियो। मैले संविधान जारी हुनु पहिला नै राजीनामा दिएको भए गणतन्त्र, संघीयता र धर्म निरपेक्षता आज मुलुकमा हुने थिएन।’

    भट्टराईले अहिले संविधानले व्यवस्था गरेको सात प्रदेशको खाकाले समस्याको समाधान नगर्ने भन्दै पहिलो संविधानमा पेश भएको राज्य पुर्नसंरचना आयोगले पेश गरेको दश प्रदेशको प्रतिवेदन कार्यान्वयन नभएसम्म मुलुकको समस्या समाधान हुने बताएका थिए।

    मुलुकमा रहेको विविधतालाई एकतमा बाँध्नपनि दश प्रदेश आवश्यक भएको भट्टराईको भनाइ थियो। ‘तपाइँ हामीले धेरै लामो सहकार्य गर्न बाँकी छ,’ भट्टराईले भने, ‘जाने त दीर्घकालसम्म हो, तर त्यसकालागि पहिला अल्पकालकालागि भएपनि हामीबीच सहकार्य जरुरी छ।’
    भट्टराईले सैद्धान्तिक विषयमा आफ्ना धारणा राखेका थिए। उनले आदिवासी जनजाति र मधेसीलाई कसरी राज्यको मुल धारमा ल्याउने भन्ने विषयमा प्रवचन नै दिएका थिए।

    भट्टराईले अहिले संविधानले व्यवस्था गरेको सात प्रदेशको खाकाले समस्याको समाधान नगर्ने भन्दै पहिलो संविधानमा पेश भएको राज्य पुर्नसंरचना आयोगले पेश गरेको दश प्रदेशको प्रतिवेदन कार्यान्वयन नभएसम्म मुलुकको समस्या समाधान हुने बताए।

    बैठकमा तत्कालकालागि संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित बढी भन्दा बढी मधेसी र आदिवासीको पक्षमा बनाउन दबाब दिने सहमति भएको छ। करिब चार घण्टासम्म चलेको बैठकमा भट्टराई र उपेन्द्र यादवको एउटै बोली थियो भने तमलोपका नेताहरु भने भट्टराई प्रति सशंकित देखिन्थे।  सो छलफलमा आगामी ६ गते सोही ठाउँमा अर्को बैठक बसी कार्यगत एकता भएको संयुक्त विज्ञप्ति निकाल्ने तयारी भएको स्रोतले जनायो।

    बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झा सहभागी थिए भने नयाँ शक्तिबाट बाबुराम भट्टराई, देवेन्द्र पौडेल, करिश्मा मानन्धरलगायतको सहभागिता थियो।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, माघ ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.