काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुमको विवाह समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन्। राष्ट्रपति भण्डारीकी छोरी निशाकुशुमको विहेको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र सोमबार मध्यान्ह शीतलनिवास पुगेका हुन्।
पूर्वराजा ज्ञानेन्द्रले बर र बुधलाई बधाइ दिएपछि झण्डै आधा घण्टा विवाह समारोहमै बसेका थिए। बिहेको निम्तो मान्न पुगेका पूर्वराजा ज्ञानेन्द्रले शीतल निवासमा राप्रपाका अध्यक्ष कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका सांसद गणेश थापालगायतसँग एउटै टेबलमा बसेका कुराकानी गरेको स्रोतले जनाएको छ। पूर्वराजा ज्ञानेन्द्रले उनीहरुसँग बसेर चिया पिएपछि शीतलनिवासबाट बाहिरिएका थिए।
राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी कांग्रेस केन्द्रीय सदस्य किरण यादवका छोरा अभिषेक यादवसँग विवाह बन्धनमा बाँधिएकी हुन्।
annapurnapost


