×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

हेर्दा राम्रो बेनीबजार धौलागिरी छायाँले…(फोटो फिचर)

  •  
  • शनिबार, माघ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

     

    बेनीबजार हुँदै यसरी पुगिन्छ धौलागिरी

    सुरेन्द्र राना

    १ माघ, काठमाडौं । धौलागिरी हिमाल (८१६७ मी) को आधारशिविरसम्म पुग्ने नयाँ मार्ग हो– धौलागिरी स्याङ्चुरी पदमार्ग । यो पदमार्ग बेनीबाट सुरू हुन्छ  र बेनीमै फर्केर टुंगिन्छ ।

    बेनीबाट सुरु भएर झीँगाउँ हुँदै पाखापानी, कोटगाउँ, रायखर्क, घ्यासीखर्क हुँदै छरी, फेदी, ओडार क्याम्पबाट धौलागिरी आधार शिबिरमा पुगिन्छ । यो ४००० मिटरको उचाइमा छ ।

    शिबिरबाट फर्किँदा सोही गोरेटो हुँदै राहुगंगा खोलाको झोलङ्गे पुल तरेर चिमखोला, दर्मिजा, दग्नमको बाटो भर्इ बेनी पुगिन्छ। र, बेनीको तातोपानीमा डुबुल्कीको मज्जा लिएर प्रसिद्ध गलेश्वर महादेवको दर्शन गर्न सकिन्छ।

    उद्योग वाणिज्य संघ बेनीको आयोजनामा, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएन नेपाल (टान) र गाँव पर्यटन प्रवर्धन मन्च (भिटोफ) को सहयोग धौलागिरी स्याङ्चुरी पदमार्गको अध्ययन गराएको थियो ।

    काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासीखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासीखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनुपर्छ ।

    dhaulagiri-1

    धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अवस्थामा धौलागिरी सेन्चुरी पदमार्ग चाँडै लोकप्रिय हुने सम्भावना छ ।

    काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न सात दिन लाग्ने पदमार्ग निर्माणका संयोजक एवं हिमालयन म्याव हाउसका प्रबन्ध निर्देशक पवन शाक्य बताउँछन् ।

    नेपालका पर्यटकीय नक्शा बनाउन तथा पर्यटन प्रवर्द्धनमा काम गरिरहेका हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यको संयोजनमा पत्रकार अम्रृत भादगाउँले, ट्रेकिङ गाइड ङावा तामाङ  लगायतको टोलीले पदमार्गको पहिचानसहित पर्यटकीय नक्शा, तथा पदमार्ग पहिचान गरेको हो ।

    मगर र छन्त्याल जनजीवन तथा संस्कृतिले भरिपूर्ण रहेको  बेनीको माथिल्लो भागमा कुनै मानव बस्ती नभएकाले बर्षौंसम्म मोटरबाटो नपुग्ने भएकाले पनि यो पदमार्गको भविश्य लामो रहन सक्छ ।

    संयोजक पवन शाक्य पदमार्गको केही मर्मत सुधार आवश्यक रहेको र छोटो समयमा धौलागिरीको आधार शिविर पुग्न सकिने यो पदयात्रा विदेशी तथा स्वदेशी पर्यटकहरुको रोजाइमा पर्नेमा विश्वस्त छन्।

    dhaulagiri-10

    त्यसैगरी अनुभवी ट्रेकिङ गाइड ङावा तामाङले पदमार्ग एकदम फन्टास्टिक छ र सुरुमा केही ठाउँमा एंकर राखेर पदयात्रा गराउन सकिने बताउँछन्।

    उद्योग बाणिज्य संघ बेनीका महासचिव राजेश शाक्यले नयाँ पदमार्गले जिल्लाबासी उत्साहित भएको र स्थानीय निकायबाट पर्यटकमैत्री बनाउन पहल गर्ने बताए। मगर, छन्त्याल, क्षेत्री, ब्राह्रमणका वस्तीहरु र तिनका मौलिक जीवनशैली एवं संस्कृतिसँगै सुन्दर धौलागिरी हिमश्रृंखला, भीरपाखा, खोलानाला, गुरासे जंगल, उत्तीस र निगालो घारी, वन्यजन्तु जस्तै थार, नाउर, चराचुरुंगी आदि दृश्यावलोकन गर्दै एक साता छोटो र सहासिक पदयात्रा गर्नु धौलागिरी स्याङ्चुरी पदमार्ग मुख्य विशेषता हुन्।

    chhantyal-purkheuli-dance-pawan

    chhantyal

    chimkhola-amrit-bhadgaonle

    dhaulagiri-2

    dhaulagiri-3

    dhaulagiri-4

    dhaulagiri-5

    dhaulagiri-6

    dhaulagiri-7

    dhaulagiri-8

    dhaulagiri-9

    jhi-pawan

    kot-gaun-surendra-rana

    nilgiri-and-annapurnas-from-todke-pawan

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.