×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सत्तारुढ कांग्रेस नेता भण्डारीले भने, ‘संशोधन प्रस्ताव कुनै हालतमा पास हुन दिदैनौं’

  •  
  • शनिबार, माघ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमृता अनमोल, बुटवल

    माघ १, २०७३- कांग्रेस नेता चन्द्र भण्डारीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताएका छन् ।

    प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले देशको हित र नागरिकको चाहनाविपरीत संशोधन प्रस्ताव आएकाले यसलाई विफल पार्ने बताए ।  संशोधन प्रस्तावमा कांग्रेस नेतृत्वको समर्थन रहे पनि कांग्रेसको नीति वा निर्णय नभएकाले पार्टीले ह्वीप लगाए पनि यसलाई कुनै हालतमा नमान्ने उनको जीकिर छ ।

    नेता भण्डारीले संशोधन प्रस्ताव भरसक छलफलमै जान नदिने र गइहाले पनि विपक्षमा उभिने बताए । ‘शेरबहादुर देउवाको ९९ दशमलव ९८ प्रतिशत कुरा र समय मान्छु तर २ सेकेण्ड उहाँको कुरा मान्दिनँ’ उनले भने, ‘त्यतिबेला नागरिक र प्रदेशको हित सम्झने छु र विरोधमा उत्रने छु ।’ नेता भण्डारीले ९१ प्रतिशत प्रतिनिधिले पास गरेको संविधानलाई कसैले भनेको, कसैलाई गुण लाउने र कसैको ठेक्का लिने आधारमा संशोधन गर्न नहुने बताए । प्रदेश नम्बर ५ टुक्राउने कुराले तराई र पहडलाई अलग गर्ने रोग देशभर सरेको र नागरिकता विधेयक संशोधनले धेरै विदेशी नेपाली नागरिक बन्ने खतरा बढेको नेता भण्डारीको तर्क छ ।

    संविधान संशोधन गर्दा हुने खतरा नेतृत्व सम्हालेका शेरबहादुर र प्रचण्डले नबुझेको भन्दै उनले बुझाउन आफूसहितका नेता अहिले लागीपरेको र जनमत पनि बढ्दै गएको बताए ।  ‘तराईका हरुवा नेताहरुलाई उचालेर नेपाललाई अनावश्यक विवादमा फसाउने र कमजोर तुल्याउन खोज्ने दिल्लीलाई जवाफ दिन पनि संशोधन विधेकलाई असफल बनाउने छौं’ नेता भण्डारीले भने । संशोधन विधेयक असफल भने मात्रै तराईमाथिको कुदृष्टि हट्ने र दिल्लीले नेता होइन नेपाली जनतासितको सम्बन्ध बढाउने उनले तर्क गरे । ‘छिमेकीले नेपाली नागरिक राष्ट्रियताका लागि कन्सन्स छन् भन्ने बुझ्नेछन्’ उनले भने, ‘तराई बलियो हुनेछ, सीमा मिचिने छैन, बाढी पस्ने छैन, सुस्तावासीलाई झुटा मुद्दा पनि लाग्ने छैनन् ।’

    पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका अर्का नेता तथा रोल्पाका सांसद अमर पुनले संशोधन प्रस्तावले रोल्पावासीसँगै देशवासीकै हित नगर्ने भएकाले विपक्षमा लागेको बताए । कांग्रेकै कतिपय नेताले एमालेको पछि लागेको आरोप लगाएको बताउँदै उनले प्रदेश टुक्रन नदिने आम प्रदेशवासीको माग भएकाले प्रदेश बचाउन नागरिकको जस्तोसुकै कदममा साथ दिने बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.