×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रचण्ड र शेरबहादुर दिल्ली र विहारको गिद्दे षड्यन्त्रमा परेः भण्डारी

  •  
  • शुक्रबार, पुष २९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    गोपाल भण्डारी

    कपिलबस्तुः नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पाँच नम्बर प्रदेशलाई टुक्र्याउन दिल्ली र बिहारले लगाएको गिद्दे आँखाको षड्यन्त्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा परेको आरोप लगाएका छन्।

    पाँच नम्बर प्रदेश संघर्ष समितिले शुक्रबार कपिलबस्तुको बाँडगंगामा गरेको विरोध सभालाई सम्बोधन गर्दै भण्डारीले दिल्ली र बिहारको षड्यन्त्रमा फसेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवा लगायत नेताहरुले मिलेर पाँच नम्बर प्रदेश टुक्र्याउन गरी सरकारका तर्फबाट संविधान संशोधन प्रस्ताव संसदमा टेबुल गरिएको आरोप लगाएका हुन्।

    उनले पाँच नम्बर प्रदेश टुक्र्याउने विषयमा कांग्रेसले कुनै निर्णय नलिएको भन्दै प्रदेश टुक्र्याइए आफूहरुलाई मान्य नहुने बताए। उनले पाँच नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन प्रस्तावमाथि मतदान हुँदा पार्टीले लगाएको ह्विप पनि नमान्ने चेतावनी दिए। उनले पार्टीभन्दा ठूलो राष्ट्रियता नभएको भन्दै उनले पार्टीको ह्विपलाई नाघेर संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने चेतावनी पनि दिए।

    उनले पाँच नम्बर प्रदेश टुक्र्याउने हो भने कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष नेता रहेको कैलाली र कञ्चनपुर पनि सात नम्बर प्रदेशबाट छुट्टाउनु पर्ने बताए। उनले भने,‘पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरुलाई छुट्याउने हो भने सुदूरपश्चिमको कैलाली र कञ्चनपुर तथा पूर्वका झापा, मोरङ र सुनसरी पनि पहाडी जिल्लाबाट छुट्याउनु पर्छ। होइन भने पाँच नम्बर प्रदेशबाट मात्रै किन पहाडी जिल्ला छुट्याउनु पर्यो?।’

    उनले पूर्वका झापा, मोरङ र सुनसरी तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लाबाट छुट्याउने निर्णय भए आन्दोलनको दबाब १५ दिन पनि शीर्ष नेताहरुले थेग्न नसक्ने बताए।

    कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका सभापति एवं सांसद अम्मरसिंह पुनले पाँच नम्बर प्रदेश टुक्र्याउने निर्णय आफूहरुले नमान्ने बताए। उनले पाँच नम्बर टुक्र्याउने गरी संसदमा टेबुल भएको संशोधन प्रस्तावमा मत हाल्न पार्टीले ह्विप जारी गरेपनि विपक्षमा मतदान गर्ने बताए।

    उनले मगरका नाममा प्रधानमन्त्रीले सोझा साझा मगरहरुलाई फकाउन ललिपप देखाएको आरोप समेत लगाए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.