×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

के छ चिनियाँ राष्ट्रपतिको पुस्तकमा ?

  •  
  • शुक्रबार, पुष २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    बुद्धि शर्मा

    वर्तमान चिनियाँ राष्ट्रपति सी जिनपिङको लोकप्रियता चीनमा मात्र नभई विश्वभर उत्तिकै छ । अमेरिका र बेलायतका कतिपय राजनीतिक विज्ञानका प्राध्यापकहरूले त चिनियाँ राष्ट्रपति सीलाई एक्काईसौं शताब्दीका सबैभन्दा प्रभावशाली र बुद्धिमत्तापूर्ण राजनेतासम्म भनेका छन् ।

    चिनियाँ राष्ट्रपति सीको शान्तकामी स्वभाव, अहस्तक्षेपकारी तर सहयोगीपूर्ण हातोमालो र शान्ति, समृद्धि र समानतामा आधारित नयाँ विश्व समाज निर्माणको अठोटलाई विश्वभरि नै निकै चासो र उदारतापूर्वक हेरिएको छ । हुन पनि राष्ट्रपतिमा निर्वाचित भएयता सीको आन्तरिक र बाह्य मामिलामा भएगरेका काम हेर्दा सीलाई एक प्रभावशाली विश्व राजनेता मान्ने आधार प्रस्ट देखिएको ह्वेन चाइना रुल दि वल्र्डका लेखक मार्टिन ज्याकको (२००९) तर्क छ ।

    चिनियाँ राष्ट्रपति सीको निकै लोकप्रिय सावित पुस्तक ‘दि गर्भन्नेन्स अफ चाइना’ चीनको फरेन ल्याङवेज प्रेसले सन् २०१४ मा प्रकाशित गरेको हो । अठार अध्यायमा विभाजित पुस्तकमा ७९ वटा लेख, रचना, धारणा, अन्तर्वार्तालगायतका विषयवस्तु समेटिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिव र जनगणतन्त्र चीनका राष्ट्रपति भएयताका सीका विचारलाई पुस्तकमा समेटिएको छ ।

    साथै सीको राजनीतिक जीवन दर्शाउने ४५ तस्बिर पनि पुस्तकमा छन् । सन् २०१२ को नोभेम्बरमा भएको सीपीसीको अठारौं राष्ट्रिय कंग्रेसले सी जिनपिङलाई महासचिव नियुक्त गरेको थियो । सीलाई चिनियाँ संसद्ले सन् २०१३ मार्चमा राष्ट्रपतिमा निर्वाचित गरेको थियो । राष्ट्रपतिमा निर्वाचित हुनुअघि सी उपराष्ट्रपति थिए ।

    उदाउँदो चीनको राजनीतिक, आर्थिक एवं सामाजिक कार्यक्रमहरूको जानकारीका लागि उक्त पुस्तक निकै गतिलो स्रोत छ । पार्टीको महासचिव एवं राष्ट्रपतिमा निर्वाचित भएयता सीले पटकपटक जोड दिएको विषय भनेको चिनियाँ सपना र दुई शताब्दी लक्ष पूरा गर्ने भन्ने छ । यी दुवै एकअर्काका परिपूरक हुन् ।

    राजनेता देङ स्याओ पिङको नेतृत्वमा सन् १९७८ को डिसेम्बर ८ देखि २२ सम्म चलेको सीपीसीको एघारौं केन्द्रीय समितिको तेस्रो प्लेनरी बैठकले आर्थिक सुधारका कार्यक्रमसहित राजनीतिक सुधारका लक्ष्यहरूलाई समेत पारित गरेको थियो, जसलाई सजिलोसँग बुझ्ने भाषामा चीनको आर्थिक उदारीकरणको सुरुआत भन्ने गरिन्छ ।

    त्यतिखेर व्यक्त गरिएका राजनीतिक, आर्थिक तथा सामाजिक प्रतिबद्धतालाई त्यसयताका नेतृत्वहरूले कार्यान्वयन एवं परिस्कृत गर्दै आएका छन् । त्यसपछि सन् १९८७ मा भएको सीपीसीको तेह्रौं राष्ट्रिय कंग्रेसले नेता देङको दुई शताब्दी लक्ष्य पारित गरेको थियो, जसअनुसार सीपीसी स्थापनाको एक सय वर्ष पूरा हुने वर्ष सन् २०२१ सम्म चीनले गरिबी समूल अन्त्य गरी एक मध्यमस्तरको तर सबल मुलुक बन्ने भन्ने छ ।

    त्यस्तैगरी चिनियाँ कम्युनिस्ट सत्ता स्थापनाको एक शताब्दी पुग्ने समय सन् २०४९ सम्म एक समृद्ध समाजवादी आधुनिक एवं पूर्ण विकसित मुलुकमा दर्ज हुने चिनियाँ लक्ष्य रहेको छ । यो लक्ष पूरा गर्ने सन्दर्भमा वर्तमान राष्ट्रपतिले निर्वाचित भएयता चिनियाँ सपनाको एक आकर्षक एवं प्रभावकारी कार्यक्रम सार्वजनिक गर्दै आन्तरिक एवं बाह्य सन्तुलनलाई शान्तिपूर्ण ढंगबाट सम्बोधन गर्दै अगाडि बढ्ने बताउँदै आएको छ । पुस्तकमा उल्लिखित चिनियाँ राष्ट्रपति सीको प्रायः सबैजसो मन्तव्य एवं अन्तर्वार्ताहरूमा समृद्ध चीन निर्माणमा चालिएका र चालिने कार्यक्रमबारे प्रस्टसँग उजागर गरिएको छ ।

    चिनियाँ राष्ट्रपति सी सन् १९४९ को क्रान्तियता जन्मिएर राष्ट्रपति हुने पहिलो नेता हुन् । उनको जन्म सन् १९५३ मा सान्सी प्रान्तको पुफिङ काउन्टीमा भएको थियो । उनी पिता सी जोङसुन र माता छि सीनका दुई पुत्रमध्ये सी जेठा सन्तान हुन् ।

    सी सन् १९८७ मा त्यतिखेरकी चर्चित लोकगायिका पेङ लियुआनसँग विवाह बन्धनमा बाँधिएका थिए । निकै आकर्षक शरीर भएकी पेङलाई अहिले पनि केही पश्चिमा सञ्चारमाध्यमले निकै सुन्दर पहिलो महिला भन्ने गर्दछन् । सीका पिता सी जोङसुन माओत्से तुङका अति मिल्ने साथी थिए ।

    चिनियाँ क्रान्तिमा उनको सक्रिय सहभागिता थियो । उनी उपप्रधानमन्त्रीसम्म भएका थिए । चिनियाँ सांस्कृतिक क्रान्तिताका सीको परिवार सान्सी प्रान्तको एक विकट गाउँमा कृषि कार्यमा संलग्न थियो ।

    सन् १९८७ मा कम्युनिस्ट पार्टीको सदस्यता लिएका सीले त्यसयता कहिल्यै राजनीतिमा पछि फर्किनुपरेन । राजनीतिक साहस, बुद्धिमत्तापूर्ण व्यवहार र कार्यान्वयन क्षमताका कारण उनले जिम्मेवारी सम्हालेका सबै प्रान्तहरूमा निकै लोकप्रिय साथै सबैको मान्य बने ।

    उनको राजनीतिक जीवनको महत्वपूर्ण समय सन् २००७ मा सांघाईको पार्टी सचिव र त्यसै वर्षको अक्टोबरमा सीपीसीको पोलिटब्युरो सदस्य निर्वाचित भएपछि मानिन्छ । यो नियुक्तसँगै सी केन्द्रीय राजनीतिमा एकपछि अर्को गर्दै महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै पार्टी कार्यकर्ता एवं चिनियाँ जनताको नजरमा निकै लोकप्रिय भए ।

    पुस्तकमा सीले माओत्से तुङको विचार, देङ स्याओ पिङको सिद्धान्त, जियाङ जेमिनको तीन प्रतिनिधिमूलक विचार र हु जिन्ताओको विकासको लागि वैज्ञानिक दृष्टिकोण कार्यक्रमलाई केन्द्रमा राखेर नयाँ आन्तरिक एवं बाह्य समीकरणलाई ठोस ढंगबाट सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताएका छन् ।

    पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यताको आफ्नै विशेषता रहेकाले चिनियाँ विशेषतासहितको समाजवाद निर्माणमा जुट्न उनले पार्टी सदस्य एवं चिनियाँ जनतालाई आग्रह गरेका छन् । चीनको आफ्नै चरित्र रहेको भन्दै उनले चीनले कसैको राजनीतिक कार्यक्रमहरूको हुबहु सिको गर्न पनि आवश्यक नरहेको र चीनले पनि आफ्नो कार्यक्रमहरूलाई जबर्जस्त लाद्ने काम कसैमाथि नगर्ने बताएका छन् ।

    चिनियाँ राजनीतिक व्यवस्था चीनको माटोसुहाउँदो भएकोले यसले जनताका चाहना सम्बोधन गर्न सकेको उनको तर्क छ । यसलाई अझै प्रभावकारी बनाउन पार्टी अनुशासन, भ्रष्टाचारको समूल अन्त्य र उत्तरदायित्व बहन जस्ता विषयलाई जोडतोड रूपमा कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ ।

    हुन पनि सी राष्ट्रपति भएयता उनले सुरु गरेको राजनीतिक शुद्धीकरण र भ्रष्टाचारविरुद्धको कारबाहीले चीनमा निकै लोकप्रियता हासिल गरेको छ । भ्रष्टाचारविरुद्धको कारबाहीलाई चिनियाँ राष्ट्रपति सीले चीनको एक महत्वपूर्ण कार्यक्रम भनेका छन् । यसले जनतामा पार्टी र सरकारप्रतिको विश्वास बढाउने र चिनियाँ सपना पूरा गर्न सहयोग पुग्ने उनले बताएका छन् ।

    चीनको महत्वाकांक्षी कार्यक्रम मानिएको एक क्षेत्र एक मार्गको अवधारणा एवं एक्काईसौं शताब्दीको सामुद्रिक रेसमी मार्गजस्ता कार्यक्रमलाई चिनियाँ राष्ट्रपति सीले गम्भीरतापूर्वक विश्वमाझ उठाउँदै आएका छन् । अहिले जोडतोडका साथ कार्यान्वयन भइरहेका उक्त कार्यक्रमहरूबारे चिनियाँ राष्ट्रपति सीले आफ्ना सबैजसो मन्तव्य एवं अन्तर्वार्तामा उल्लेख गरेका छन् ।

    चिनियाँ सपनासँग विश्वको सपना पनि जोडिएकोले साझा लक्ष हासिल गर्न पारस्परिक हित हुने गरी मिलेर काम गर्नुपर्नेमा सीले जोड दिएका छन् । चीनको नयाँ परिस्कृत रेसम मार्ग परियोजनालाई पश्चिमा सञ्चारमाध्यमहरूले बेइजिङको नयाँ मार्शल प्लान भनी आलोचना गरे पनि चीनले विश्वमा शान्ति, स्थिरता, समृद्धि एवं साझा लक्ष्य हासिल गर्नको लागि महत्वपूर्ण कार्यक्रम भन्दै आएको छ ।

    पुस्तक चिनियाँ राष्ट्रपतिको जीवनी नभई एक कार्यकारिणी प्रमुखको नाताले चीन र विश्व समाजप्रतिको प्रतिबद्धता हो ।

    चीनले शान्तिपूर्ण सहअस्तित्वको नीति अंगीकार गरेकाले पहिलेको विभेदकारी एवं हस्तक्षेपकारी पश्चिमकेन्द्रित भूमण्डलीकरणको सवेंगभन्दा सबैको जित हुने किसिमको विश्व संरचना एवं व्यवस्थाको पक्षमा आफू रहेको चीनले पटकपटक स्पष्ट पार्दै आएको छ, जुन कुरा राष्ट्रपति सीको पुस्तकमा प्रस्टै देख्न सकिन्छ ।

    चिनियाँ राष्ट्रपति सीले पटकपटक महत्वका साथ उल्लेख गरेको मुख्य समाजवादी मूल्यहरू हासिल गर्ने कार्यक्रममा समृद्धि, प्रजातन्त्र, स्वतन्त्रता, समानता, एकता, न्याय, विधिको शासन, राष्ट्रप्रेम र भ्रातृत्व कायम गरिने उल्लेख छ । यो लक्ष्य पूर्णरूपमा पूरा हुन सन् २०४९ सम्म लाग्ने उनको भनाइ छ । त्यसैले चिनियाँ नेतृत्वले दुई शताब्दी लक्ष्य पूरा गर्ने कार्यक्रमलाई चिनियाँ सपनासँग जोडेका हुन् ।

    राष्ट्रपति सीको चिनियाँ सपनाको लक्ष पूरा गर्ने कार्यक्रम महत्वाकांक्षी मात्र नभई त्यसको कार्यान्वयनको चरण हेर्ने जोकोहीलाई पनि आश्चर्यचकित पार्दछन् । सन् २०१३ मा चीनले रेसम मार्गको नयाँ अवधारणा अगाडि बढाएयता अहिलेसम्म तीसभन्दा बढी देशहरूसँग भएको सम्झौता, समझदारी र सहकार्यको रफ्तार साथै तीन वर्षको मात्रै कार्यान्वयन हेर्दा पनि दुनियाँलाई चकित पार्ने किसिमको छ ।

    कुनै बेला देङ स्याओ पिङले विश्वका विकसित भनिएका मुलुकहरूले पाँच सय वर्षमा गरेको काम ५० वर्षमा सक्नैपर्ने चीनको बाध्यता छ भनेर त्यसै भनेका होइन रहेछन् । त्यसैले पनि कार्यक्रम कार्यान्वयनमा तीन दसकयताको चिनियाँ नेतृत्व संसारमै उदाहरणीय मानिन्छ ।

    चिनियाँ राष्ट्रपति सीले ६ वटा सुधारका कार्यक्रमलाई निकै महत्वका साथ अगाडि बढाइने बताएका छन् । त्यसमा आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, वातावरणीय र पार्टी संरचना सुधारहरू रहेका छन् । विश्वको दोस्रो आर्थिक शक्ति चीनको घोषित आर्थिक, सामाजिक एवं राजनीतिकलगायतका कार्यक्रमबारे जानकारी लिन पुस्तक उपयोगी छ ।

    पुस्तक चिनियाँ राष्ट्रपतिको जीवनी नभई एक कार्यकारिणी प्रमुखको नाताले चीन र विश्व समाजप्रतिको प्रतिबद्धता हो । अझै पनि चीनबारे बुझेर भन्दा नबुझीकनै धेरै टीकाटिप्पणी गर्ने गरिन्छ । पुस्तकले वर्तमान चीनबारे विश्व समाजको चासोलाई इमानदारपूर्वक सम्बोधन गर्ने प्रयास गरेको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.