×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ९ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘समीक्षा मृत्युमा उद्योग वाणिज्य र स्कुल दोषी’

  •  
  • शुक्रबार, पुष २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    समीक्षा मृत्युबारेको छानबिन प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला शिक्षा समितिका पदाधिकारी । अन्नपूर्ण

    ललितबहादुर बुढा

    सुर्खेतः र्‍यालीमा ज्यान गुमाएकी छात्रा समीक्षा आचार्यको मृत्युमा सुर्खेत उद्योग वाणिज्य संघ र होराइजन माध्यमिक विद्यालय दोषी पाइएका छन् । घटना भएको एक महिनापछि सार्वजनिक प्रतिवेदनले उद्योग वाणिज्य संघ र उनले अध्ययन गरेको स्कुललाई दोषी ठहर गरेको हो ।

    गत मंसिर २३ गते कर्णाली एक्स्पो तथा व्यापार मेलामा निकालिएको र्‍यालीमा सहभागी होराइजनकी छात्रा समीक्षाको ज्यान गएको थियो । त्यसपछि जिल्ला शिक्षा समिति र शिक्षा कार्यालयले छानबिन समिति गठन गरेका थिए । उक्त समितिले घटनाको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

    प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले भने, ‘समीक्षाको मृत्युमा उद्योग वाणिज्य संघ र स्कुल नै मुख्य दोषी हुन् । शिक्षा कार्यालयको अनुमतिबिनै उनीहरूले र्‍यालीमा बालबालिका प्रयोग गरे ।’

    मेला आयोजक उद्योग वाणिज्य संघले र्‍यालीमा विद्यार्थी पठाउन निर्देशन दिएको र स्कुलले पनि शिक्षा कार्यालयको अनुमतिबिनै विद्यार्थी सहभागी गराएकाले यो घटनामा उनीहरू नै मुख्य दोषी भएको निष्कर्ष छानबिन समितिले निकालेको छ ।

    जिल्ला शिक्षा अधिकारी शाहले थपे, ‘हाम्रो अनुमतिबिना मेलाको र्‍यालीमा बालबालिका प्रयोग गरियो । स्कुल र मेला आयोजक नै मुख्य दोषी हुन् । शिक्षा कार्यालयको अनुमतिबिना बालबालिका कुनै पनि काममा प्रयोग गर्न मिल्दैन । आफूखुसी प्रयोग गर्दा समीक्षाको ज्यान गुम्ने अवस्था आयो ।’

    प्रतिवेदन सार्वजनिक भए पनि आफूहरूले दोषीलाई कारबाहीको सिफारिस भने गर्न नमिल्ने उनको भनाइ छ । यद्यपि राष्ट्रिय मानवअधिकार आयोगले पनि यो घटना छानबिन गरेकाले उसैले कारबाही र सजाय सिफारिस गर्ने उनले जनाए ।

    उनका अनुसार घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो । छानबिन समितिले तयार पारेको प्रतिवेदन जिल्ला शिक्षा समितिको बैठकपछि सार्वजनिक गरिएको हो । अब जिल्लामा कुनै पनि गैरशैक्षिक क्रियाकलापमा बालबालिका प्रयोग नगर्न शिक्षा समितिले निर्देशन दिएको छ ।

    जिल्लाका राजनीतिक दल र तिनका भ्रातृ संगठनले समेत अब बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । शिक्षा कार्यालयले समीक्षाको स्मृतिमा विभिन्न क्रियाकलाप सञ्चालन गर्न उद्योग वाणिज्य संघ र विद्यालयलाई निर्देशन दिएको छ ।

    सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष धनबहादुर रावतले आफूहरूले नचाहेको घटना हुन पुगेको भन्दै आउँदा दिन सतर्कता अपनाउने प्रतिबद्धता जनाएका छन् । समीक्षाका आफन्तको मागअनुसार संघले सक्दो सहयोग गर्ने उनको भनाइ छ । मेलाको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएपछि आयोजकले सहभागिता बढी देखाउन र्‍यालीमा विद्यार्थीको प्रयोग गरेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.