×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘बा ! भाइलाई बोर्डिङमा, मलाई किन सरकारीमा ?’

  •  
  • शुक्रबार, पुष २९, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकृति अधिकारी

    डोटी, पुस २९ गते । “बा–आमाले भाइलाई बोर्डिङमा र मलाई किन सरकारी स्कुलमा पढाउँछन् ?” हरिहर माध्यमिक विद्यालयको उजुरी पेटिकामा यस्तै गुनासो लेखिएको भेटियो ।  बेनामी उजुरी पढेपछि छात्राको गुनासो भनेर अनुमान गर्न कठिन भएन ।  यो गम्भीर प्रश्नको उत्तर विद्यालयसँग थिएन, न त विद्यालयले सम्बोधन गरिदिन सक्थ्यो ।  हुन पनि हो, हरिहर माविमा अध्ययनरत विद्यार्थीमध्ये ७५ प्रतिशतभन्दा बढी त छात्रा नै छन् ।
    जिल्ला शिक्षा कार्यालयले छात्रा शिक्षा सञ्जालको बैठक डाकेका बखत सो माविका महिला शिक्षकसमेत रहनुभएकी गुनासो सुन्ने अधिकारी देवकी बोहराले भन्नुभयो, “कक्षा २ मा दुई जना छात्र छन्, बाँकी १५ जना छात्रा ।  छोरालाई निजी विद्यालयमा र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने संस्कारले जरो गाडेकै छ । ”
    छोरी त बिहे गरेर पतिको घर जाने भएकाले उनको पढाइमा किन लगानी गर्नुप¥यो भन्ने मान्यता बोक्ने अभिभावकहरू सुदूर पश्चिममा बेग्रल्ती भेटिन्छन् ।  यहाँका अधिकांश सामुदायिक विद्यालयमा प्रायः छात्राको सङ्ख्या बढी छ ।  अझ विद्यालयको दूरी टाढा भएमा अभिभावकले छोरीलाई विद्यालय पठाउँदैनन् ।  अछाम सोकटस्थित गगुडा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एकेन्द्रबहादुर शाहले कक्षा ९ मा अध्ययन गर्न कम्तीमा दुई घन्टा टाढाको विद्यालय जानुपर्ने अवस्था रहेको सुनाउँदै भन्नुभयो, “अभिभावकहरू छोरीलाई त्यति टाढाको विद्यालयमा पठाउन चाहँदैनन् ।  बरु त्यति टाढा पठाउनुभन्दा आठ कक्षा सकेपछि छोरीलाई बिहे नै गरिदिन्छन् । ”
    विद्यालयबाट फर्किएपछि छोरीलाई घरेलु कामकाजमा लगाउने र छोरालाई खेल्ने स्वतन्त्रता दिने भएकाले छात्राको सिकाइ स्तरमा समस्या देखिएको शिक्षकहरू बताउँछन् ।  सिलगढीको पद्म पब्लिक माविमा ६० प्रतिशतभन्दा बढी छात्रा छन् र ती अधिकांश ग्रामीण भेगबाट पढ्न आउने गरेका छन् ।  माविका प्रधानाध्यापक गीता जोशी भन्नुहुन्छ, “सिलगढी बजारका छात्रहरूले निजी विद्यालय भरिएका छन् । ”
    यस क्षेत्रका हरेक विद्यालयले अचेल अनिवार्य रूपमा उजुरी पेटिका राख्नुपर्ने नियम बनाइएको छ ।  उजुरी पेटिकामा आफूहरूलाई घरपरिवारले असमान व्यवहार गरेकोदेखि शिक्षकका गुनासासम्म लेखेर हाल्ने गरेको पाइएको छ ।  हरेक विद्यालयमा महिला शिक्षकलाई गुनासो सुनुवाइ अधिकारीका रूपमा नियुक्त गर्नुपर्ने, हरेक शुक्रबार उजुरी पेटिका खोल्नुपर्ने, उजुरीलाई गोपनीयतासाथ सम्बोधन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
    पद्म पब्लिक माविमा अध्ययनरत छात्रा महिनावारी भएका बखत विद्यालयमा उपस्थित हुँदैन थिए ।  गुनासो सुन्ने अधिकारी सरिता श्रेष्ठले भन्नुभयो, “छात्रहरूको उजुरीका कारण शौचालयमा फोहोर हाल्ने भाँडोको व्यवस्था ग¥यौँ ।  अहिले महिनावारी भएका छात्राहरू पनि नियमित विद्यालयमा आइरहन्छन् । ”
    हरिहर माविकी गुनासो सुन्ने अधिकारी देवकी बोहराले शिक्षकले जिस्क्याउने गरेको तर छात्राले भन्न नसकेको अवस्थामा उजुरी पेटिका निकै उपयोगी ठहरिएको जानकारी गराउँदै भन्नुभयो, “उजुरी गर्दा शिक्षकले परीक्षामा अनुत्तीर्ण गराइदिन्छन् भन्ने डर थियो ।  अब त उजुरी पेटिकामा शिक्षकबारे गुनासो लेखेर खसाल्ने गरेका छन् ।  छात्राहरूले स्यानटरी प्याडको व्यवस्था गरिदिनुप¥यो भन्ने गुनासो आएपछि त्यसको पनि व्यवस्था गरिदिएका छौँ । ”
    सामुदायिक विकास केन्द्रका प्रयागराज कापडीले प्रधानाध्यापकको कार्यकक्षमा गुनासो पेटिका राख्ने गरेकाले अझै पनि पर्याप्त उजुरी नपर्ने गरेको बताउँदै कतिपय छात्रा असुरक्षाका कारण उजुरी दिन हिच्किचाउने गरेको अनुभव सुनाउनुभयो ।  जिल्ला बाल सञ्जालका सदस्य निशा मलासीले विद्यालयमा पिउने पानी, शौचालयमा पानी, स्यानिटरी प्याड लगायतका व्यवस्था गुनासो पेटिकोका व्यवस्थाले नै गर्दा सम्भव हुन पुगेको बताउनुभयो,
    डोटीका जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक हरेक गुनासोलाई सम्बोधन गर्न बजेट अभावले सम्भव नभएको बताउँदै गुनासो सुन्ने अधिकारीहरूलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम जरुरी रहेको देखिएको बताउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.