×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

यसरी हुनसक्छ आत्महत्या न्यूनीकरण

  •  
  • शनिबार, पुष २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुमाया राई

    आत्महत्या व्यक्तिले गर्ने एक प्रकारको यस्तो अनपेक्षित प्रयास हो जहाँ उसले स्वंयको जीवनलाई समाप्त पार्छ ।   यस्तो प्रयास सम्बन्धित व्यक्तिले अचानकसित गर्दैन, उसलाई धेरै कारक तìवहरूले उसलाई प्रेरित गरेका हुन्छन् ।   व्यक्तिलाई ती कारक तìवहरूले निकै लामो समयसम्म छाडेनन् भने अथवा व्यक्तिले त कारकहरूलाई बेलैमा पन्छाउन सकेन भने उसले अन्ततः मृत्युलाई अँगाल्छ ।   विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले विश्वभर बर्सेनि करिब एक लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन् ।
    घायनामा आत्महत्या गर्नेको सङ्ख्या सर्वाधिक छ भने साउदी अरेबियामा सर्वाधिक न्यून सङ्ख्यामा आत्महत्या छ ।   मानिसको मृत्यु हुने कारणको प्रतिशतमा हेर्ने हो भने १ दशमलव ८५ आत्महत्याले ओगटेको छ ।   विश्वभरिमा प्रत्येक एक लाखमा १६ व्यक्तिले आत्महत्या गर्ने गर्दछन् ।   विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले आत्महत्या गर्नेमा महिलाभन्दा पुरूषको सङ्ख्या बढी देखाएको छ तर नेपालमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ आत्महत्या गर्नेमा ।   विश्व स्वास्थ्य सङ्गठनको अनुसार नेपालमा बर्सेनि छ हजार ८४० व्यक्तिले आत्महत्याको बाटो रोजेका हुन्छन् अर्थात् सरदर प्रत्येक एक लाखमा २५ व्यक्तिहरूको जीवन आत्महत्याबाट गइरहेको छ । sumaya rai
    नेपालको कानुनले आत्महत्यालाई अपराधको श्रेणीमा रखेको छ ।   नयाँ संविधानले पनि यस कुरालाई निरन्तरता दिएको छ ।   यहाँ कतिपय धार्मिक र आध्यात्मिक तवरले आत्महत्यालाई पाप भनेर व्याख्या गरेको पाइन्छ ।   जनमानस माझ पनि आत्महत्या गर्नु भनेको हुत्तिहारा र कायरताको परिचायक हो भन्ने मान्यता पाइन्छ तर पनि मानिसले किन गर्छन् त आत्महत्या ? यो प्रश्न नेपालमा मात्र नभई विश्व समुदायमाझे एक चुनौतीको रूपमा छ ।
    कारण ?
    आत्महत्या व्यक्ति वा समाजका लागि एक अभिशाप हो ।   विशेषज्ञहरूका अनुसार, शारीरिक रोग भएजस्तै यो पनि एक प्रकारको मानसिक रोग हो ।   व्यक्तिले आत्महत्या त्यत्तिकै गर्दैन, ऊ अत्यधिक मानसिक तनावलाई झेल्न नसकी आत्महत्याको बाटो रोज्ने गर्छ ।   यसलाई बेलामै पहिचान गरी निराकरण गर्न सकिएन भने डरलाग्दो परिणाम समाजमा देखा पर्न सक्छ ।   विशेषज्ञहरूका अनुसार, व्यक्तिलाई आत्महत्यातर्फ उत्प्रेरित गर्न सक्ने अनेकौँ कारक तìवहरू हुन्छन् –
    ( क ) वातावरणीय कारण ः व्यक्ति जुन वातावरणमा बाँचिरहेको हुन्छ यदि त्यो उसको लागि अनुकूल भइदिएन भने ऊ आत्महत्यातर्फ उन्मुख हुन सक्छ ।   उसले आर्जेका सामाजिक–आर्थिक सम्मानमा विचलन, वैवाहिक जीवनमा विचलन, व्यापारमा ठूलो क्षति, शारीरिक शोषण वा यौन शोषणमा पर्नु, विश्वासिलो व्यक्ति अथवा संस्थाबाट धोका पाउनु, विद्यालय वा क्याम्पसमा खिसी ट्युरीको पात्र बन्नु, लामो समयसम्म युद्ध वा द्वन्द्वमा पर्नु, ठूलो भूकम्प वा भयङ्कर आगलागी हुनु, बारम्बारको शैक्षिक असफलता, बेरोजगारी इत्यादिले व्यक्तिभित्र एक प्रकारको भय, त्रास, असुरक्षा, चिन्ता अत्यधिक मात्रामा बढ्दै जाँदा व्यक्तिले अन्तिम विकल्पको रूपमा आत्महत्यालाई रोज्ने गर्छ ।
    ( ख ) सामाजिक–सांस्कृतिक एवं अन्य कारण ः सामाजिक–सांस्कृतिक वा मनोवैज्ञानिक तवरले व्यक्तिले आफूलाई एक्लिँदै गएको महसुस गर्न थाल्यो भने उसले आफूलाई आत्महत्याको बाटोतिर धकेल्ने सम्भावना तीव्र हँुदै जान्छ ।
    कतिपय धार्मिक गुरू अथवा उनका अनुयायीहरूले आध्यात्मिक तवरले त्यागको नाममा पनि आत्महत्याको बाटो रोज्ने गरेको उदाहरण पाइन्छ ।   आत्महत्या गर्नुको पछाडि अत्याधिक मात्रामा मादक पदार्थ वा लागू पदार्थको सेवन पनि कारक बन्छ ।
    आत्महत्या गर्ने व्यक्तिले एक प्रकारको मानसिक तनावलाई झेलिरहेको हुनाले उसले गर्ने व्यवहारमा केही अनौठोपन देखिन सक्छ, यसलाई लक्षणको रूपमा लिन सकिन्छ ।   कोही व्यक्ति सदाझैँ गर्ने व्यवहारभन्दा धेरै फरक व्यवहार देखाउँछ भने जस्तैः बोल्न मन नपराउनु, घण्टौ घण्टसम्म एक्लै बस्न रुचाउनु, निद्रा नपर्नु वा लामो समयसम्म सुतिरहनु, विना कारण सानो–सानो कुरामा झर्किनु, आक्रमक हुनु, असामान्य रूपले दैनिकीमा परिवर्तन देखिनु, चुरोट वा मदिराको सेवन अत्यधिक रूपमा गर्नु, बोली र व्यवहारमा तादात्म नहुनु आदिले उक्त व्यक्ति अत्यधिक मानसिक तनाव (डिप्रेसन) को अवस्थामा छ भन्ने अनुमान गर्न सकिन्छ ।   हामीले परिवार वा समाजमा कुनै व्यक्तिले यस प्रकारको अस्वभाविकपनलाई देखाउँछ भने त्यसलाई बेवास्ता कदापि गर्नु हुन्न ।
    के गर्ने त ?
    (१) यो अवस्था जो सुकैलाई वा जुनै बेला पनि आइपर्न सक्छ ।   तसर्थ अलिकति पनि ढिला नगरी मानसिक स्वास्थ्य सेवा लिनतर्फ लाग्नु पर्छ ।   मनोचिकित्सक, मनोस्वास्थ्य विशेषज्ञहरूसँग परामर्श लिन सके बेलैमा यसको निराकरण हुन सक्छ ।   नेपालका ठूला सहर र काठमाडौँका प्रायः सबै अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध छन् ।   अतः व्यक्ति स्वयंमा वा आफ्नो वरपरका व्यक्तिमा यस प्रकारको लक्षण देखियो भने यथाशक्य परामर्श र उपचारमा जानु पर्छ ।
    (२) दैनिकीमा गरिने परिवर्तनले पनि सकारात्मक परिणाम दिन सक्छ ।   मानसिक स्वास्थ्य सेवा लिनुको साथै जीवनप्रतिको सकारात्मक सोच राख्नु पर्छ ।   राति छिटो सुत्ने र बिहान छिट्टै उठ्ने गर्नुपर्छ ।   पौष्टिक भोजन ग्रहण गर्नुपर्छ, लागूपदार्थ र मादक पदार्थबाट यथाशक्य टाढा बस्नु पर्छ ।   आफूलाई सिर्जनशील र मस्तिष्कलाई सकारात्मक ऊर्जा दिन सक्ने काममा व्यस्त बनाउनु पर्छ ।   शारीरिक व्यायाम गर्न नसके बिहान – बेलुकी हिँडाइ गर्नुपर्छ, मनपर्ने खालको साहित्य र गीत – सङ्गीत सुन्नुपर्छ ।   यसले व्यक्तिलाई शारीरिक रूपले फुर्तिलो बनाउँछ विशेषगरी मस्तिष्कभित्र पाइने तìवहरूलाई सकारात्मक रूपले प्रभावित पार्छ र व्यक्तिलाई मानसिक र शारीरिक रूपमा स्वस्थ्य हुनमा सहयोग पुग्छ ।   तनावलाई न्यूनीकरण गर्छ ।
    (३) स्वस्थ्य र तनावमुक्त हुनका लागि उचित मात्रामा निदाउन उत्तिकै आवश्यक हुन्छ ।   दैनिक ७–८ घण्टा सुत्नुपर्छ ।
    (४) अत्यधिक अपेक्षा वा अति महŒवाकांक्षाहरू पूर्ण हुन पाएनन् भने व्यक्तिमा विरक्तभाव (फ्रस्टेसन) उत्पन्न हुन जान्छ र यो नै उसको लागि प्रत्युत्पादक हुन्छ ।   अतः अनावश्यकरूपले अपेक्षा र अति महत्वाकांक्षाबाट जोगिनु पर्छ ।   मननयोग्य कुरा के पनि हो भने कुनै व्यक्तिले आत्महत्या गर्नु अघि केही न केही लक्षणहरू दर्शाइरहेको हुन्छ, त्यसलाई बेलैमा पहिचान गर्न सक्नुपर्छ ।
    (५) अत्यधिक मात्रामा डिप्रेसन भएको व्यक्तिलाई कदापि एकान्त बस्न दिनु हुँदैन ।   भावनात्मक र भौतिक रूपले पूर्ण साथ र सहयोग दिइरहनुपर्छ ।   जीवनप्रतिको सकारात्मक पक्षलाई देखाइरहनु पर्छ ।   आत्मबल बढाउने र उच्च बनाइराख्न प्रयास जारी राख्नपर्छ ।   यसो गर्दा डिप्रेसनबाट जोगिनमा मद्दत मिल्न सक्छ र आत्महत्या न्यूनीकरण हुन सक्छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.