×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुद्दती निक्षेपको ब्याज साढे १० प्रतिशत नाघ्यो

  •  
  • सोमबार, पुष ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सामान्य बचतको ब्याजदर पनि बढ्न थाल्यो, कर्जाको ब्याजदर पनि महँगिँदै

    – यज्ञ बञ्जाडे, काठमाडौं
    यही दरले ब्याजदर बढदै गयो भने वित्तीय प्रणालीमा समस्या आउन सक्छ– उपेन्द्र पौड्याल, निवर्तमान अध्यक्ष, नेपाल बैंकर्स संघ

    पुस १०, २०७३- मुद्दती निक्षेपको ब्याजदर बढेर साढे १० प्रतिशत नाघेको छ । तरलता (तत्काल लगानीयोग्य रकम) कम हुँदै गएर ऋण दिन मिल्ने रकम अभाव भएपछि वाणिज्य बैंकहरूले गत वैशाखदेखि मुद्दती निक्षेप बढाउन सुरु गरेका थिए । त्यो क्रम अहिले पनि जारी छ । गत शुक्रबारसम्म केही वाणिज्य बैंकले झन्डै ११ प्रतिशत ब्याजदरमा मुद्दती निक्षेप लिएका छन् ।

    ‘२/३ वटा वाणिज्य बैंकले पौने ११ प्रतिशतमा कर्मचारी सञ्चय कोषको मुद्दती निक्षेप उठाएका छन्,’ स्रोतले भन्यो, ‘कर्जा निक्षेप अनुपात (सीडी रेसियो) मा दबाब पुगेका केही बैंकले ११ प्रतिशतभन्दा पनि धेरैमा निक्षेप संकलन गरेका छन् ।’ वैशाखयता मुद्दती निक्षेपको ब्याजदर दोब्बरभन्दा माथि पुगेको छ ।
    नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष उपेन्द्र पौड्यालले मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतमाथि पुगेको स्वीकारे । ‘कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन दर कम भएकाले ब्याजदर बढेको हो,’ उनले भने, ‘यही दरले ब्याजदर बढदै गयो भने वित्तीय प्रणालीमा समस्या आउन सक्छ ।’ बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले पनि मुद्दती निक्षेप दोहोरो अंकमा पुगेको बताए । ‘हाल बैंकहरूको मुद्दती निक्षेपको औसत ब्याजदर १० प्रतिशतमाथि छ । यो बढ्ने क्रममा छ,’ उनले भने ।

    लगानीयोग्य रकममा कमी आएसँगै मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकमा पुगेको र यही कारण बैंकहरूले सबै प्रकारका निक्षेप दर बढाउन थालेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘पहिले मुद्दती निक्षेपको ब्याजमात्र बढाएका बैंकहरूले अहिले अन्य बचत योजनामा पनि ब्याजदर बढाउन थालेका छन्,’ उनले भने, ‘अहिले सुरुवात मात्र भएको छ । आउँदा दिनमा यसले अझै तीव्रता पाउँछ ।’

    सरकारी खर्च बढ्न नसक्नु, ऋणको माग बढ्नु, निक्षेप संकलन वृद्धिदर कम हुनुलगायत कारण ब्याजदर बढ्न थालेको हो । ब्याजदर बढेर ठ्याक्कै यतिमा पुग्यो भन्ने अवस्था नरहे पनि लगानीयोग्य रकममा कमी आएपछि ब्याजदर बढेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले स्वीकारे । ‘अधिकांश वाणिज्य बैंकको सीडी रेसियो ८० प्रतिशत नजिक छ,’ उनले भने, ‘यसले पनि बैंकहरूलाई ब्याजदर वृद्धिको दबाब परेको हुन सक्छ ।’ बैंक तथा वित्तीय संस्थामा तरलता घटदै गए पनि अभाव भने नभएको उनले दाबी गरे ।

    भारतीय नाकाबन्दीपछि अर्थतन्त्रमा सुधार आएर ऋणको माग बढ्न थालेको थियो । त्यो क्रम बढदै जाँदा निक्षेपभन्दा कर्जा प्रवाह बढी हुन थालेको थियो । यसले बैंकहरूको सीडी रेसियोमा दबाब पर्‍यो । सीडी रेसियो भनेको कर्जा निक्षेप अनुपात हो । यसको अर्थ निक्षेपको कति प्रतिशत लगानी भएको छ भन्ने पनि हो । केन्द्रीय बैंकको नियमअनुसार निक्षेपको ८० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न पाइँदैन । हाल वाणिज्य बैंकहरूको सीडी रेसियो औसत झन्डै ७९ प्रतिशत छ । तर, केही बैंकको सीडी रेसियो ८० प्रतिशत माथि छ । जुन राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा बढी हो । अधिकतम सीमा नाघेपछि राष्ट्र बैंकले केही बैंकलाई स्पष्टीकरण पनि सोधेको छ । स्रोतले भन्यो, ‘यही कारण केही बैंकले ऋण प्रवाह गर्न पनि छाडेका छन् ।’ यस्तो अवस्थामा कर्जा प्रवाहका लागि उनीहरूले निक्षेप बढाउनुपर्छ । आपत् परेकै कारण उनीहरूले महँगो दरमा भए पनि निक्षेप संकलन गर्नुपर्ने बाध्यता परेको हो । सञ्चालनमा रहेका बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नबिल बैंकलगायतको सीडी रेसियो ६० देखि ७० प्रतिशत हाराहारी छ । यसकारण वाणिज्य बैंकको सीडी रेसियो औसत ८० प्रतिशत तल रहन गएको हो ।

    रेमिट्यान्स वृद्धिदर घट्नु र सरकारी खर्च बढ्न नसक्नु ब्याजदर वृद्धिका प्रमुख कारण हुन् । हाल सरकारी ढुकुटीमा करिब १ खर्ब ९५ अर्ब रुपैयाँ निष्क्रिय बसेको छ । सरकारी खर्च बढे त्यो रकम बजारमा आउने भएकाले बजारलाई केही राहत पुग्न सक्छ ।

    यसअघि मुद्दती निक्षेपको ब्याजदर बढाएका बैंकहरूले अहिले धमाधम अन्य सामान्य निक्षेपको ब्याज पनि बढाउन थालेका छन् । मुद्दती निक्षेपको ब्याजदर अकासिएपछि दोस्रो विकल्पका रूपमा सामान्य बचतको ब्याज पनि बढ्न थालेको हो । करिब २ महिनाअघि बैंकहरूले मुद्दती निक्षेपको ब्याज ८ प्रतिशतमा राख्ने अनौपचारिक सहमति गरेका थिए । तर, त्यो सहमति धेरै दिन टिकेन । करिब ६ वर्षअघि पनि बैंकहरूले निक्षेपको ब्याजदर १२ प्रतिशतमाथि जान नदिने भद्र सहमति गरेका थिए । अहिलेको अवस्था अझै केही दिन जारी रहे पुन: भद्र सहमति गर्ने अवस्था आउन सक्ने विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा बजारमा अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले वित्तीय प्रणालीमा असर पार्ने उनीहरूको तर्क छ । लगानीयोग्य रकममा कमी आए पनि तरलतामा भने खासै कमी देखिएको छैन । त्यही कारण गत शुक्रबारसम्म अन्तरबैंक दर करिब २ प्रतिशत हाराहारी छ । निक्षेप लागत महँगो भएसँगै बैंकहरूले कर्जाको ब्याजदर पनि बढाएका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, पुष ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.