×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

‘राणाकालमा जति पनि मानवीय संवेदना देखिएन’

  •  
  • शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सत्याग्रही मार्ने बाटोमा अग्रसर सरकार र दलहरुले ‘कलर रिभोलुसन’लाई निम्तो दिँदैछन् ।

    -रमेशनाथ पाण्डे
    २००७ सालमा तत्कालीन राणा प्रधानमन्त्री मोहन शम्शेरले अनशनकारी विश्वेश्वरप्रसाद कोइरालाप्रति मानवीय संवेदनशीलता देखाएका थिए ।

    तर, वीपी कोइरालाको नाउँमा राजनीति गर्ने नेपाली कांग्रेस नेतृत्वको एमाले सम्मिलित सरकारका बेला छोराका हत्यारालाई कानून बमोजिम कार्वाहीकोे माग राख्ने नन्दप्रसाद अधिकारी अनशन गर्दागर्दै मरे ।

    माओवादी नेतृत्वको नेपाली कांग्रेस सम्मिलित वर्तमान सरकारले डा गोविन्द केसीको अनशनप्रति मानवीय संवेदनहिनता देखाइरहेको छ ।

    एउटा सत्याग्रही अनशनमा रहेका बेला ज्यान गुमाउनु भनेको सामान्य घटना हुँदै होइन । तर, हामीकहाँ राजनीतिक दलहरु जनसरोकारका सवालमा गम्भीर र जिम्मेवार हुँदै भएनन्, नागरिक समाज राजनीतिक दलहरुको विस्तृति मात्रै भइदिए । स्वतन्त्र बुद्धिजिवीहरु थोरै र असंगठित छन् ।

    यस्तै बेला ‘कलर रिभोलुसन’ शुरु हुन सक्छ । तर, त्यसको परिणिति पूर्वानुमान गर्न सकिंदैन । इजिप्ट, ट्युनिशिया, लिबिया जस्ता देशहरुमा राजनीतिक शक्ति असफल हुँदा ‘कलर रिभोलुसन’ भए । त्यसको शुरुवातको संकेत अहिले नेपालमा पनि देखिंदैछ । त्यसबेला स्थिति कसैको नियन्त्रणमा रहने छैन ।

    सय जना युवा माइतिघर मण्डलामा केही नबोली ‘म पागल’ लेखेको पट्टी टाउकोमा बाँधेर बसिरहेका हुन्छन् । यो त्यसकै संकेत हो । राज्यले बुझ्नुपर्छ सडकमा टायर बाल्ने दुईचार हजारभन्दा शान्तिपूर्ण रुपमा प्रतिवद्ध भएर उभिनेहरुमा नैतिक शक्ति धेरै गुणा बढी हुन्छ ।

    डा. केसीले कुनै असामान्य माग गरेका छैनन् । उनले भागवण्डाबाट शासन सञ्चालन नगर, राज्यका दायित्वहरु योग्य, प्रतिभाशाली र चोखा मानिसहरुलाई देऊ भन्ने जस्ता सामन्य माग मात्र अगाडि सारेका छन् ।

    राज्यले स्वयम् पालन गर्नुपर्ने यस्तो अनुशासन सम्झाउन पनि डा केसीले अनशन गर्नुपर्ने, अनशनमा सरकारले गरेको प्रतिवद्धता पूरा नगर्ने, बारम्बार अनशन र अनशनकारीप्रति घोर उपेक्षा गर्ने अवस्थाले प्राजातिन्त्रक नेपालमा निरंकुश राणाशासनको जत्ति पनि मानवीय संवेदनशीलता नरहेको सावित हुन्छ ।

    मानवीय सम्बेदनशीलताको खडेरी परेको यो बेलामा के ‘कलर रिभुलोसन’ अवश्यम्भावी भैसकेको हो ?

    सरकार लगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई मेरो आग्रह छ कि डा केसीको माग चाँडो पूरा गर्नुहोस् । निरंकाुश राणा शासकले देखाएजत्ति मानवीय संवेदनशीलता देखाउनबाट नचुक्नुहोस् ।

    नन्दप्रसादको जस्तै गति डा केसीको भयो भने इतिहासले तपाईँहरुलाई क्षमा गर्ने छैन ।

    कलर रिभोलुसनजस्तै कुनै क्रान्ति शुरु भयो भने त्यसले कसैलाई फाइदा पु्‍र्‍याउँदैन । मुलुकलाई दुर्घटनामा जानबाट बचाऔं ।
    पाण्डे पूर्व परराष्ट्रमन्त्री हुन् ।

    himalkhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.