कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर ७ गते । गोरखा जिल्लाको धुवाकोट र मिरकोट क्षेत्रमा रहेका अति गरिब र विपन्न बिद्यार्थीहरुलाई एक जना दक्षिण कोरियाली फोटो पत्रकारले सहयोग उपलब्ध गराएको छ । जोनजो नामका कोरियालीले स्कुले बिद्यार्थी, स्कुल र स्वाथ्य ईकाईलाई सहयोग उपलब्ध गराएको हो ।

फोटो पत्रकार एवं लेखक जोनजो ले मिरकोट गाउँ बिकास समिति ८ को शेरामा अध्ययन गर्दै गरेको तथा सोही समुदायमा रहेका अति गरिब र विपन्न परिवारका विद्यार्थीहरुलाई ट्याकसुटका साथै कम्बल प्रदान दिएर सहयोग गरेको हो ।
धुवाकोट गाउँ विकास समिति ९ मा स्थापीत इको फ्रेण्डली एग्रो अर्गानिक कन्सेप्ट प्रालिका सञ्चालक मध्येका सन्तोष पोख्रेलको सहयोगमा फोटो पत्रकार जोनजोले समुदायमा रहेका विद्यार्थीहरु ट्याकसुट र कम्बल प्रदान गरेका थिए ।

साथै उनकै सहयोगमा मिरकोटको शेरामा रहेको त्रिवेणी माध्यामिक विद्यालयलार्य १ लाख नगद तथा धुवाकोट ९ को शेराबेशीमा रहेको सेरा सामुदायिक स्वास्थ्य इकाईलाई औषधी सहयोग उपलब्ध गराएको थियो ।
इकाईका प्रमुख गंगा दत्त सेढाईका अनुसार जोनजो बाट ४० प्रकारका औषधीहरु सहयोग उपलब्ध भएको छ । नेपाल सरकार बाट उपलब्ध हुनु पर्ने औषधी अभाव भएको भन्दै सहयोगको लागि आग्रह गरी पछि औषधी सहयोग गरीएको इको फ्रेण्डलीका पोख्रेलले बताउनु भयो ।
३ लाख ५० हजार बरावरको सामाग्री हस्तान्तरण भएको भन्दै पोख्रेलले ४० घर परिवारका ४२ विद्यार्थीहरुलाई जाडोमा न्यानो होस भनेर ट्याकसुट र कम्बल प्रदान गरीएको बताउनु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य भेजराज पाण्डे, माओवादी केन्द्रका रामचन्द्र सेढाईका साथै एनआएन बेल्जीएमका बासुदेव खड्काका साथै इको फ्रेण्डलीका अन्य सञ्चालकहरुका साथै स्थानिय समाज सेवी तथा बुद्विजिवीहरुको समेत उपस्थिती रहेको थियो ।



