×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

गोर्खाका विद्यालय पुनःनिर्माण हुन अझै तीन वर्ष लाग्ने

  •  
  • मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शेषकान्त पण्डित

    नामजुङ (गोरखा), मङ्सिर ७ गते । गत वर्षको विनाशकारी भूकम्पको मुख्य केन्द्रविन्दु गोरखा जिल्लाका क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि झन्डै तीन वर्ष लाग्ने भएको छ । भूकम्पबाट भएको क्षतिको तुलनामा विद्यालय पुनःनिर्माण कार्य निकै सुस्त गतिमा अघि बढेकाले तीन वर्षपछि मात्र सबै विद्यार्थी सुरक्षित भवनभित्र बसेर अध्ययन गर्ने अवस्था आउने भएको हो ।
    गोरखाका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले हालसम्म ६६ वटा विद्यालयको निर्माण कार्य सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिँदै अझै हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र (टीएलसी) मा अध्ययन गर्न बाध्य भएको बताउनुभयो ।
    जिल्लामा ४९९ वटा सामुदायिक विद्यालय रहेकोमा अधिकांश विद्यालयलाई भूकम्पले क्षति पु¥याएको थियो । क्षतिग्रस्त विद्यालयमध्ये हालसम्म १५० वटा विद्यालय बन्ने सुनिश्ति भएको छ । विभिन्न दातृ निकायका साथै सरकारी अनुदानका आधारमा ती विद्यालय बन्ने सुनिश्चतता भएको उल्लेख गर्दै उहाँले ती भवनको निर्माण सम्पन्न गर्न झन्डै एक वर्ष लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
    जिल्लामा क्षतिग्रस्त २५० वटा सामुदायिक विद्यालय निर्माणका लागि हालसम्म कुनै खाले स्रोतको खोजी हुन सकेको छैन । क्षतिग्रस्त सबै विद्यालयको पुनःनिर्माणका लागि डेढ अर्ब रुपियाँ लाग्ने अनुमान छ । यस वर्ष ७० करोड रूपियाँसम्म निकासा हुने आशा गरिएको जिशिअ सुवेदीले बताउनुभयो ।
    विद्यालयको भौतिक संरचना निर्माणमा विशेष सावधानी अपनाइएको छ । आगामी ५० वर्षका लागि हुने गरी पक्की संरचनाको मोडल तयार पारी त्यसकै आधारमा विद्यालयको निर्माण कार्य प्रारम्भ गरिएको जनाइएको छ । तीन कक्षासम्म सञ्चालन भएको विद्यालयमा ६ वटा कोठा, पाँचसम्म सञ्चालित विद्यालयका लागि ८ कोठा, आठ कक्षासम्म सञ्चालन गरिएको विद्यालयमा १६ वटा कोठा र १२ कक्षा सम्म सञ्चालन भएको कोठामा २२ वटासम्म कोठा निर्माण गर्ने खालको मोडल तयार गरिएको छ ।
    विद्यार्थीलाई बालमैत्री र प्रविधिमैत्री कक्षा कोठामा राखेर गुणस्तरीय शिक्षा दिनुपर्ने दायित्व रहेको भन्दै उहाँले त्यसलाई पूरा गरिने जनाउनुभयो । विद्यालयमा एक पुस्तकालय र सबै कक्षा कोठाभित्र मिनी पुस्तकालयको अवधारणाअनुसार काम अघि बढाउन योजना जिल्लामा अगाडि बढाइएको छ ।
    यसैबीच, जिशिअ सुवेदीले जिल्लाको नामजुङ्–१ रातमाटेमा रहेको कालिका अमरज्योति प्राथमिक विद्यालयको नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्नुहुँदै समयको मागअनुसार पठनपाठन अगाडि बढाउन शिक्षकहरूलाई आग्रह समेत गर्नुभयो ।
    सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकले विशेष तयारी गरेर कक्षामा आउनुपर्ने उल्लेख गर्दै उहाँले जिल्लामा सञ्चालित एक शिक्षक एक झोला अभियानले सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै शिक्षकलाई विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्था हुने गरी झोलाको वितरण गरिएको छ । उक्त झोलामा शिक्षकले शिक्षण सामग्री राखेर तयारीका साथ कक्षामा जानु पर्ने आचारसंहिता बनाई त्यसलाई लागू समेत गरिएको छ ।
    ‘विद्यालयका प्रधानअध्यापकसँग कार्यसम्पादन सम्झौता समेत गरिएको छ यसले गुणस्तरमा केही सुधार पुग्छ भन्नेमा मैले विश्वास लिएको छु’ जिशिअ सुवेदीले बताउनुभयो ।
    १८ लाख रुपियाँको लागतमा पक्की भवन निर्माण गरिएको विद्यालय भवनको निर्माणसँगै दैनिक पठनपाठनका लागि सहज भएको अमरज्योति प्राविका प्रअ तिलकप्रसाद काप्रीले बताउनुभयो । विद्यालयमा हाल ६६ जना विद्यार्थी अध्ययनरत रहेको र अधिकांश विद्यार्थी दलित तथा माझी समुदायका रहेको जनाइएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.