×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

राधाको पत्रः गगन दाइ ! राजिनामा दिने कि ?

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तपाईंप्रतिको मेरो विश्वास सिसा फुटेझैं टुक्राटुक्रा भएको छ

    राधा पोखरेल

    आदरणीय गगन दाइ नमस्कार !

    देशमा असल राजनीति र कुशल नेताको खडेरी परिरहेको समयमा केही आशलाग्दा युवा अनुहारहरू देख्दा मनै रोमान्चित भएर आउँछ । पक्कै अबचाहिँ केही हुन्छ कि जस्तो आशा मनभित्रैबाट पलाएर आउँछ । तर, तिनै आशलाग्दा अनुहारहरूबाट फेरि उही पुरानै पुस्ताले गरेको गलत कामको पुनरावृत्ति भएको देख्दा चाहिँ मन त्यसै त्यसै अत्यासिन्छ ।

    गगन दाइ ! युवा पुस्तामा राम्रो संभावना बोकेका थोरै नेताहरूमध्येमा तपाईं पनि एकजना हो । पार्टी विशेषको कुरा नगरी भन्ने हो भने तपाईं, योगेश भट्टराई, गंगा श्रेष्ठ, रामकुमारी झाँक्रीहरू मेरो रोजाइका नेता हुन् ।

    तपाईं काठमाण्डौं ४ नम्बर क्षेत्रबाट विजयी हुँदा म जति खुसी भएकी थिएँ, योगेश भट्टराई र गंगा श्रेष्ठले चुनाव हार्दा त्यतिकै दुःखी पनि । किनकि, तपाईंहरू जुनसुकै पार्टीको भए पनि देश र जनताका लागि काम गर्न पार्टीको घेराभन्दा माथि उठ्नुहुने छ भन्ने मेरो विश्वास थियो र छ । त्यसैले तपाईंहरू जस्ता सबै नेताहरूले जित्नु पर्दथ्यो ।

    यसको अर्थ, मैले विगतको कुरा गर्न लागेकी होइन; वर्तमानको पीडा यस पत्रमार्फत पोख्न लागेकी मात्र हो ।

    कुरा सुरूवात गर्छु है त ।

    तपाईं आज मन्त्री हुनुहुन्छ । तपाईं मन्त्री हुनुभएको दिन धेरै युवाहरू जस्तै म पनि खुसी भएकी थिएँ । तपाईंलाई खादा र मालासहित बधाइ दिन नपाए पनि मनमनै धेरै बधाइ दिएकी थिएँ । सिंगै देशको थिति बदल्न नसके पनि कमसेकम तपाईं आफूले जिम्मा लिनुभएको स्वास्थ्य मन्त्रालयमा केही न केही राम्रो काम गर्नुहोला भनेर सोचेकी थिएँ ।

    मेडिकल माफियाहरूका बिरूद्ध डा. गोविन्द केसीले पहिलाको सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै तपाईंको कार्यकालमा पनि अनशन थाल्नुभयो । धेरैको अनुमान थियो, गगन थापाले चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, अब डा. केसीले दोहोर्याएर अनशन बस्नुपर्ने छैन । तर, आज म गलत सावित भएकी छु । तपाईंकै कार्यकालमा डा. केसीले दोहोर्याएर पुनः अनशन सुरू गर्नुभएको छ । सायद तपाईंको परीक्षा डा. केसीले लिँदै हुनुहुन्छ ।

    नसम्झनु होला, यो परीक्षा डा. केसीको मात्र हो । यो त नेपाली जनताले तपाईंमाथि लिँदै गरेको परीक्षा हो । के तपाईं परीक्षामा हामीले अपेक्षा गरेझैं खरो उत्रनु होला ? खरो उत्रनुहोस् शुभकामना छ तपाईंलाई ! शुभकामना मात्रै होइन, साथ पनि हुनेछ तपाईंलाई ।

    स्वास्थ्योपचारका नाममा राज्यको ढुकुटी ब्रम्हलुट गर्ने परम्पराको बिरूद्ध तपाईंले सुधारका केही प्रस्तावहरू तयार पार्नुभएको  कुरा मिडियामा सार्वजनिक भयो । तपाईंको प्रस्तावको पक्षमा स्वस्फुर्त रूपमा सडकमा माहौल सिर्जना भइरहेको थियो ।

    रिसानी माफ गर्नुस् गगन दाइ ! उपचारका लागि  सुजाता दिदीलाई ५० लाख दिने सरकारको निर्णयले गगन थापाको गगनचुम्बी उचाइ एकाएक बंगालको खाडीमा रूपान्तरित भएको छ

    तपाईंप्रतिको  आशा र विश्वास मान्छेमा जाग्दै थियो । तर, तपाईंप्रतिको विश्वास आज बिडम्बनामा बदलिएको छ । झन्नै झन्नै सिसा फुटेझैं टुक्राटुक्रा बन्न पुगेको छ ।

    रिसानी माफ गर्नुस् गगन दाइ ! उपचारका लागि  सुजाता दिदीलाई ५० लाख दिने सरकारको निर्णयले गगन थापाको गगनचुम्बी उचाइ एकाएक बंगालको खाडीमा रूपान्तरित भएको छ । त्यसैले आज सबै कुरा ओझेलमा पर्ने गरी तपाईंकै चर्चा छ सर्बत्र ।

    कुनै दिनको चर्चाले तपाईलाई लोकप्रियताको चुलीमा पुर्याएको थियो, तर आजको चर्चाले तपाईंलाई राजनीतिको सुली चढाउँदैछ ।

    म धेरै राजनीति त बुझ्दिनँ । तर, मेरो अनुमानमा तपाईंको राजनीतिले अहिले लुँडो खेलमा ९९ अंकमा पुगेर सबभन्दा लामो सर्पको मुखमा परेजस्तै नियति भोगिरहेको छ । साँच्चै दाइ, तपाईं अहिले ९९ बाट पुछारको २ अंकमा झर्नु भएको छ ।

    हुन त तपाईंले आफूलाई झुक्याएर गरेको निर्णय भन्दै आफ्नो बचाउ गर्ने प्रयत्न गर्नुभएको छ । त्यस निर्णय भएको दिन तपाईं मन्त्रिपरिषदको बैठकमा अनुपस्थित भएको कुरा पनि साँचो हो । प्रश्न छ तपाईंलाई- “तपाईं स्वास्थ्यमन्त्रीको हैसियतले यो निर्णयको स्वामित्व लिनुहुन्छ या लिनु हुन्न ?”

    यदि स्वामित्व लिनुहुन्छ भने जनताको नजरमा गगन थापा “गगन” रहनुहुन्न । तर, स्वामित्व पनि नलिने र त्यही कुर्सीमा टाँसिएर बस्ने हो भने त झन तपाईंलाई सम्बोधन गर्ने शब्द नै नयाँ सिर्जना गर्नुपर्ला ।

    Gagan Thapa (2)नत्र तपाईंसामु अब दुई विकल्प छन् – पहिलो- निर्णय बदर गराउनु र दोश्रो पदबाट राजीनामा दिनु ।

    मूल्यको राजनीतिको संस्कृति शून्य बन्दै गइरहेको देशमा तपाईंको राजीनामा मूल्य-संस्कृतिको सुरूवात हुन सक्छ । कुन बाटो हिँड्ने ? रोजाइ तपाईंको ।

    म पनि ओपन हार्ट सर्जरी गरेकी मान्छे हूँ । धेरै समस्याहरू फेस गरिरहेकी छु अहिले पनि । जुनबेला मेरो सर्जरी भएको थियो, त्यसबेला नेपालमा यति धेरै आधुनिक उपचार प्रविधिहरू थिएनन् । भगवान भरोसामा उपचार गर्नुपर्थ्यो । त्यसै गरें मैले त्योबेला । किनकि, विदेशमा गएर उपचार गर्ने औकात थिएन मेरो । डाक्टर त होइन म । तर, मलाई लाग्छ, सुजाता दिदीको उपचार नेपालमै संभव छ । आफ्नै देशमा उपचार संभव छ भने विदेशमा किन जानु ?

    यस सन्दर्भमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष सम्मानसाथ सम्झन चाहन्छु म । नेताले जनतालाई के सन्देश दिन्छ, त्यसको निकै ठूलो अर्थ हुन्छ । किनकि, नेता भनेको जनताको अगुवा हो ।

    सरकारले ५० लाखको निर्णय गर्नुभन्दा केही दिनअघि मात्रै उपचारको बिल तिर्न नसकेर बिराटनगरको एउटा अस्पतालबाट हाम फालेर एक जनाले आत्महत्या गरे । यसै हप्ता एउटा राष्ट्रिय दैनिकमा एउटा बच्चाको तस्वीर छापियो  । गगन दाइ, तपाईंले पनि त्यो तस्वीर पक्कै हेर्नुभयो होला । तस्वीर युद्धग्रस्त सोमालियाका कुपोषणयुक्त नानीहरूको जस्तै थियो । नियालेर हेरें । होइन रहेछ । आफ्नै देशको, राजविराजको पो रहेछ ।

    उफ ! कति भक्कानियो मन । खै कसरी व्यक्त गरौं शब्दमा ? के तपाईंको भक्कानिएन र मन ? जन्मँदा तीन केजीको बच्चा १३ महिना बित्दा जम्मा ४ केजी भएको रहेछ । त्यसो हुनुको कारण उल्लेख गरिएको थियो-” कुपोषण” ।

    सुजाता दिदी । ५० लाख । यो निर्णय गर्ने सरकार । र, त्यस कुपोषणयुक्त ४ केजीको बच्चालाई सम्झें । ओपन हार्ट सर्जरी गरेकी मान्छे म । कति गारो भयो होला सहनलाई ? झन्नै अस्पताल जानुपरेको । के ढाँट्नु गगन दाइ तपाईलाई !

    sujata-and-gagan-thapaबाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो । हाम्रो संविधानले स्वास्थ्यलाई मानवअधिकारका रूपमा परिभाषित गरेको छ । राजबिराजको त्यस कुपोषणयुक्त ४ केजीको बच्चा र सुजाता दिदीको मानवअधिकार बराबरी होइन र ?  सरकारले यस्तो अत्याचारी निर्णय गर्न पाइन्छ ?

    संविधानमा स्वास्थ्य मानवअधिकारको रूपमा परिभाषित गर्ने र देशमा स्वास्थ्यमा सबभन्दा ठूलो ब्यापार गर्न लाइसेन्स पनि दिने ? विशिष्ट नागरिकका नाममा जनताले तिरेको करबाट करोडौं रूपैयाँ उपचार खर्च पनि दिने ? कोही कुपोषण भएर मर्नुपर्ने, कोही बिल तिर्न नसकेर आत्महत्या गर्नुपर्ने ?

    अन्तमा,  गगन दाइ !

    तपाईं जनताले पत्याएको युवा नेता हो । सक्नुहुन्छ यस्तो बेथितिको अन्त्य गर्नुस् । संविधान लागू गर्नुस् । सक्नुहुन्न, जनतासँगै सडकमा आउनुस् । अब अति भयो । सहनुको पनि सीमा हुन्छ ।

    समय निकै शक्तिशाली हुन्छ । समयले कसैलाई पर्खंदैन । आजलाई यति नै । हस् त नमस्कार ।

    उही तपाईंकी अपरिचित बहिनी राधा पोखरेल ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.