×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नियन्त्रणमा छैन डेंगु

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डा. मुकेशकुमार साह

    नेपालको तराईका विभिन्न जिल्लामा फैलिएको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरसको सङ्क्रमणबाट हुने रोग डेंगुले बितेको महिनामा निकै प्रभाव पा¥यो ।  रोगको सङ्क्रमणबाट झापा, चितवन, पर्सा तथा पश्चिमका जिल्लामा निकै व्यक्ति बिरामी भए ।  सामान्य उपचार वा आवश्यक परे सघन उपचार गरे निको हुने रोगीमध्ये उपचारको अभावमा पश्चिममा दुई व्यक्तिको मृत्यु भएको खबरले सबैलाई स्तब्ध बनायो ।  सरकारी निकायकै तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनि करिब छ सयभन्दा बढी व्यक्ति डेंगु रोगको चपेटमा परे ।  कमजोर आर्थिक स्थितिका जनतामा यो रोगको प्रभाव पर्नुभनेको निकै संवेदनशील विषय हो ।  यस्ता रोगको चपेटाबाट धेरै नेपालीको जीवनमा प्रभाव पर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ ।  तसर्थ आर्थिक अवस्था कमजोर भएको र सरकारी उपचार पद्धति प्रभावकारी नभएको अवस्थामा यस्ता रोगहरूको नियन्त्रण प्रभाकारी रूपमा गर्न सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने हुन्छ ।  रोगलाई फैलनबाट रोकेर बिरामीको सङ्ख्या कम गर्नु अति आवश्यक हुन्छ नभए मुलुकको अर्थतन्त्रमा नै प्रभाव पर्ने हुन सक्छ ।
    यसै विषयमा केन्द्रित रहेर जनचेतना फैलाउने उद्देश्यले तथा सरकारको ध्यान केन्द्रित गराउन स्थानीय स्तरमा विभिन्न कार्यक्रम गर्नुका साथै विभिन्न पत्रपत्रिकामार्फत डेंगुसम्बन्धी लेखमार्फत सरकारलाई तदारुकताका साथ रोग नियन्त्रणमा अगाडि बढ्न अनुरोध नगरिएको होइन तर डेंगु रोगका बिरामीहरू अझै धेरै छन् ।  पछिल्ला दिनहरूमा पनि उपचार गर्न आइरहेका छन् ।  चितवन तथा पश्चिमका जिल्लामा समेत बिरामीहरू अझै उपचारका लागि आउने गरेको चिकित्सक तथा पत्रपत्रिकामार्फत जानकारीमा आएको छ ।
    mukesh kumar shahहुन त सरकार एक्लैले यो रोग नियन्त्रण गर्ने विषय पनि होइन ।  स्थानीय स्तरबाट तथा व्यक्तिगत तवरमा पनि यो रोग नियन्त्रणमा सबैले टेवा पु¥याउनु आवश्यक छ ।  विश्व स्वाथ्य सङ्गठनले समेत यो रोगको भाइरस सार्ने लामखट्टे घर आसपासमा रहेको सफा पानी जम्ने ठाउँहरूमा हुने भएकोले आम जनता वा व्यक्ति नै यो रोगको लागि बढी जिम्मेवार रहेको विषयलाई बताएको छ र जुन तर्क सत्य नै हो ।  जबसम्म व्यक्तिगत तवरमा तथा स्थानीय स्तरमा लामखुट्टेको नियन्त्रणको प्रयास गरिँदैन तबसम्म सरकारी प्रयासबाट यो रोग पूर्ण रूपमा नियन्त्रण गर्न पनि सकिँदैन ।  हुन त प्रकृतिले साथ दिने समय आएको छ, जाडो याममा चिसोको कारण लामखुट्टे आफंैँ कम हुने भएको अबको केही सातामा यो रोगका बिरामी आफैं कम हुने देखिन्छ तर सरकारले डेंगु रोगबाट पीडितको सङ्ख्या अझै धेरै भएको अवस्थामा यो रोग नियन्त्रणमा आएको भ्रम फैलाएर जनतालाई झुठा आश्वासन बाँडेको छ ।  बिरामी कम भएको सरकारी तथ्याङ्कले देखाएको होला ।  यथार्थमा सरकार डेंगु रोग नियन्त्रणको ढोल पिट्दै छ जनता भने पिडित नै छन् ।
    सरकारले यो नियन्त्रणमा कार्य नगरेको भन्ने पनि होइन, क्षमताले भ्याएसम्म कार्य गर्न निर्देशन दिएको नै छ तर स्थानीय स्तरमा आउँदासम्म प्रभावकारी रूपमा समयमा नै कार्य हुन नसकेको सबैले देखेका छन् ।  सबैको सहयोग रहे पनि यो रोग पूर्ण रूपमा नियन्त्रणमा आएको छैन् ।  सायद जनता स्वयं पनि जागरुक भएर यो रोग नियन्त्रणमा सरकारलाई सहयोग गर्नुपर्ने हो, त्यसो नभएको हुन सक्छ ।  जे भए पनि यो रोग नियन्त्रण भएको छैन ।
    नियन्त्रणमा नआएको डेंगु रोगका बारेमा जनताको मन जित्नका लागि मात्र सरकारले जारी गरेको रोग नियन्त्रण सम्बन्धी भ्रमपूर्ण सूचनाले यो रोग नियन्त्रणमा नै प्रतिकूल असर परेको छ ।  सरकारको सूचनालाई आधार मानेर जनता ढुक्क भएर बस्ने र लामखुट्टे नियन्त्रणमा चासो नलिई सामान्य रूपमा सम्झने हो भने यो रोग झनै फैलने खतरा बढ्ने पक्का पक्की छ ।  कम हुँदै गएको रोगीको सङ्ख्या सरकारको गलत सूचनाका आधारमा बढ्दै गएकोले सरकारले आफ्नो घोषणालाई पुनर्विचार गरी जनतालाई सही सूचनामार्फत यस रोगको नियन्त्रणमा सहयोगी भूमिका निर्वाह गर्दै रोग नियन्त्रणमा सहयोग माग्नु नै बुद्धिमत्तापूर्ण हुनेछ ।  ‘पपुलिस्ट’ घोषणाबाट यो रोग नियन्त्रण हुन सक्दैन सर्वपक्षीय सहयोग भएमा मात्र यो रोग नियन्त्रण हुन सक्छ ।  व्यक्तिगत तवरबाट, स्थानीय स्तरबाट तथा सरकारी निकायबाट युद्ध स्तरमा रोग नियन्त्रण तथा रोगीको उपचारमा तदारुकता देखाएमा मात्र डेंगु रोग नियान्त्रण तथा यसको प्रभावबाट नेपाली जनताले यस वर्षको लागि मुक्ति पाउने छन् ।
    सरकार ! बिरामीको सङ्ख्या अवश्य कम भएको हो, यसका लागि भएको सरकारी प्रयासका लागि जनता आभारी छन् तर यो रोगको पूर्ण नियन्त्रण भने भएकै छैन, सत्यता यही हो ।  नियन्त्रण नै नभएको डेंगु रोग नियन्त्रणमा आएको घोषणाले जनता ढुक्क भएर बसेकाले यो रोग फैलनमा सघाउने छ र झनै समस्या ल्याउने छ, रोग नियन्त्रणमा झनै प्रतिकूल असर पार्छ ।  स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले पनि सही सूचनामार्फत स्वास्थ्यमन्त्री गगनकुमार थापालाई सुसूचीत गर्नु आवश्यक छ ।  मन्त्री थापाले पनि यस विषयमा सही सूचना लिई आवश्यक सही कदम अगाडि बढाउनु रोग नियन्त्रणका लागि न्यायिक कदम हुनेछ ।  डेंगु रोग नियन्त्रणमा सबै एकजुट भएर अगाडि बढ्नु आजको आवश्यकता हो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.