×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लघुवित्त कर्जाले लियो ज्यान

  •  
  • बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    छिमेकीको साथमा मकैसिङ १ बज्जरेकी कल्पना चेपाङ ।

    शिव उप्रेती

    मकैसिङ (गोरखा): ताङ्लिचोक–९ भलायडाँडाकी ४५ वर्षीया दुनिमायाँ चेपाङले एक लघुवित्तबाट २० हजार रुपैयाँ कर्जा लिइन् । कर्जा किस्ताबापतको सात हजार रुपैयाँ खोज्दै गाउँगाउँ डुलिन् तर रकम जुटाउन नसकेपछि विष खाएर आत्महत्या गरिन् ।

    सोही गाउँकी विमला चेपाङले चारवटा लघुवित्तबाट कर्जा लिइन् । पति घरमा नभएका बेला भएभरको पाखोबारी बन्धकी दिएर आएको एक लाख २० हजार रुपैयाँले ऋण तिरेर उनी घरबार मात्र होइन, गाउँ नै छाडेर दोस्रो बिहे गरेर गइन् । लघुवित्तको ऋण तिर्न दुईवर्षे काखेसहित चार बच्चा र विदेशमा रहेका पतिको भविष्य डामाडोल बनाएर भागेको स्थानीय शिक्षक सीताराम घिमिरे बताउँछन् ।

    मकैसिङ १ की मीनकुमारी चेपाङ (झ्यापी) लघुवित्तको कर्जा तिर्न नसकेर आजभोलि गाउँमा नयाँ मान्छे आएको देख्नेबित्तिकै गाउँ नै छाडेर भाग्ने गरेकी छन् । स्थानीय शिक्षक बिलबहादुर चेपाङ भन्छन्, ‘म उनीहरूको घरमा जाँदा पनि पक्कै कर्जाको कुरा गर्न आएको भन्ने ठानेर दुवै पतिपत्नी भाग्छन् ।’ ऋण तिर्न नसकेपछि उनीहरूको बारी पनि समूहले कब्जा गरेको छ ।

    उनीहरूमा मात्र होइन, गोरखाको मकैसिङ, ताङ्लिचोक, भुम्लिचोक, घ्याल्चोक गाविसमा बसोबास गर्ने चेपाङ समुदायमा अहिले लघुवित्तको ‘आतंक’ छ । ती गाउँमा डिप्रोक्स, नेस्डो, रिलायबल र मनकामना लघुवित्तहरूले ऋण लगानी गरेका छन् । लघुवित्तहरूले समूह बनाएर ऋण लगानी गर्छन् ।

    किस्ता तिर्न नसके समूहका सबै सदस्य मिलेर उनीहरूको घरमै पैसा असुल्न जान्छन् । ‘किस्ता तिर्ने दिनमा कसैले तिर्न सकेन अथवा बैठकमा उपस्थित हुन सकेन भने समूहका ४०÷५० जना मान्छे उसको घरमै कराउन जान्छन्’, शिक्षक घिमिरे भन्छन्, ‘यस्तो बदनामी सहनुपर्ला भनेर कोही–कोही किस्ता तिर्ने दिन घर छाडेर भाग्छन् । घरमा कोही नभेटिए ऋण बराबरको भाँडाकुँडा, भैंसी, बाख्रा उठाएर लैजान्छन् ।’

    निर्धारित समयमा किस्ता तिर्न नसकेर आफू पनि जंगलमा गएर लुकेको मकैसिङ–१ बज्जरेकी कल्पना चेपाङले बताइन् । ‘चारवटा बैंक (लघुवित्त) बाट ऋण लिएको थिएँ । तिर्ने दिनमा आफूसँग एक सुको थिएन । एकछिनपछि त ४०÷५० जना टाढाबाट लर्कन लाएर आए,’ उनले भनिन्, ‘अनि म भागें । दिनभरि जंगलको बीचमा गएर बसें ।’

    विभिन्न चार लघुवित्तलाई मासिक २२ हजार रुपैयाँका दरले किस्ता तिर्ने उनी बताउँछिन् । ‘दीर्घरोगी बूढा, भन्टाङभुन्टुङ केटाकेटीलाई पनि आफैंले पाल्नु पर्छ’, उनी भन्छिन्, ‘सुको आम्दानी छैन । त्यत्रो रिन कसरी तिर्ने ? साहुसँग लिएको भए बरु यसपालि सकिएन, अर्कोपल्ट बुझाउँला है भनेर सुख पाइन्थ्यो । बैंकलाई त त्यसो भनेर पनि नहुने तिर्नैपर्ने ।’

    अहिले भने दाउरा बेचेर, घर बनाउने ठाउँमा काम गरेर पैसा कमाउन थालेको उनी बताउँछिन् । किस्ता तिर्न दिनहुँ भारी बोक्ने गरेपछि भएको अलिअलि पाखोबारी पनि बाँझो बसेको उनको भनाइ छ ।

    दिनभर काम गरेर पनि दुई छाक खान धौ–धौ पर्ने गाउँमा लघुवित्तले लाखौं लगानी गरेर गरिब चेपाङ समुदायलाई बर्बाद बनाएको स्थानीय शिक्षक बिलबहादुर चेपाङको बुझाइ छ । बिना जमानत सजिलै ऋण दिएर फुर्मास गर्न सिकाएको र चक्रवृत्ति ब्याजले चेपाङ समुदायको उठिबास लगाएको उनले दाबी गरे ।

    लघुवित्त गाउँमा आएको लामो समय भइसक्दा पनि आयआर्जन बढ्नुको साटो उल्टो ‘भागाभाग’ बनाएको उनको भनाइ छ । ‘यो जेठ–असार महिनामा ५० जना गाउँलेको झ्यापीलाई लखेट्नेबाहेक कामै भएन’, उनले भने, ‘आज पनि कहाँ जान लागेको, झ्यापी लखेट्न ! भोलि पनि कहाँ हिडेको ? झ्यापी लखेट्न !’

    एउटाले अर्कोलाई तान्दातान्दै ऋणमा फसाउने र तिर्न नसकेर लखेटालखेट र भागाभाग मात्र हुने गरेको उनले बताए ।
    साँझबिहान दुःख गरेर खाने बानी परेको आफूहरूलाई ऋण गर्ने बानी बसाएको अर्की सानुमाया चेपाङले बताइन् । ‘दुःख गरेर खानेभन्दा पनि सजिलैसँग ऋण लिने, अनि फुर्मास गर्ने बानी पारेको छ’, उनले भनिन्, ‘बिनाधितो सजिलै ऋण पाएपछि सबैले लिन्छन् । दुःख नगरी पाएको पैसाको माया हुन्न । फुर्मास खर्च गर्छन् । अनि तिर्न नसकेर कसैको घरबास भयो, कसैको भागाभाग ।’

    आफूले ऋण नलिए पनि समूहबाट बाहिर निस्कन नपाएको उनको गुनासो छ । ‘कस्तो फन्दामा परियो भने, मैले ऋण तिर्नुछैन । म समूहमा बस्दिन भनेको ४०÷५० जनाले ऋण तिरिसक्छन्, अनिमात्र निस्क रे’, उनले भनिन्, ‘ऋण नतिर्नेलाई लखेट्न पनि म बस्नु पर्ने रे । यी बैंक (लघुवित्त) गाउँमा आएर चेपाङ गाउँलाई बर्बाद बनाएका छन् ।’

    उनका अनुसार लघुवित्त गाउँमा पसेर समूह बनाएर फकाई–फकाई पैसा बाँड्छन् । अनि मासिक किस्तामा चुक्ता गर्ने गरी चर्को ब्याज असुल्छन् ।

    स्थानीयका अनुसार डिप्रोक्सले २१ प्रतिशत, नेस्डोले २० प्रतिशत, रिलायबलले १९ प्रतिशत र मनकामना लघुवित्तले १८ प्रतिशतमा कर्जा लगानी गर्छन् । कसैले तिर्न नसके समूहले उठाइदिने ‘ग्यारेन्टी’ गरेका हुन्छन् ।

    नतिर्नेलाई लखेट्ने चलन रहेको स्थानीय विकास चेपाङ बताउँछन् । ‘कसैले किस्ता तिरेनन् भने समूहले उठाइदिने भनेर ग्यारेन्टी गरेको हुन्छ । समूह बस्ने दिनमा किस्ता तिर्न कोही आएनन् भने सबैजना उसलाई लखेट्न हिँड्नुपर्छ’, उनी भन्छन्, ‘त्यो दिनमा गाउँभरि कसैको केही काम हुँदैन । सबै लखेट्न हिँड्नुपर्छ ।’ लघुवित्तले गरिब गाउँमा शोषण गरेको उनको बुझाइ छ । ‘कुखुरा, बाख्रा, भैंसी पाल्न भनेर ल्याएका हुन्छौं’, उनी भन्छन्, ‘कुखुराको आम्दानी दुई महिनापछि हुन्छ, बाख्राको आम्दानी पाँच, छ महिनापछि मात्र हुन्छ । तर लिएको महिनादेखि नै किस्ता तिर्नुपर्छ । म पनि त्यही भएर डुबें ।’

    लघुवित्तले थिलोथिलो भएपछि चेपाङ समुदायमा जीविकोपार्जनका लागि सरकारको गरिबी निवारण कार्यक्रमले दिएको पैसा लिएर लघुवित्तको ऋण तिर्ने गरेको पनि भेटिएका नेपाल चेपाङ संघका उपाध्यक्षसमेत रहेका बिलबहादुर चेपाङको भनाइ छ । ‘जीविकोपार्जनका लागि कुखुरा, बाख्रा, भैंसी किन्न गरिबी निवारण कार्यक्रमले दिएको पैसाले बैंक (लघुवित्त) को रिन तिरेको पनि पाइयो’, उनले भने, ‘यी बैंक (लघुवित्त) गाउँमा पसेर गाउँलेलाई गलत ठाउँमा खर्च गर्ने बानी पारे । अहिले ऋण तिर्न नसकेर उठिबास बनाएका छन् । नेपाल चेपाङ संघको बैठक गरेर यिनीहरूलाई गाउँबाट खेद्ने पहल गर्नुपर्ने भएको छ ।’

    लघुवित्तहरू गरिब चेपाङ गाउँमा पसेर सजिलै ऋण दिएर खर्च गर्ने बानी पारेको, चर्को ब्याज असुली ढाड सेकाउने गरेको, इच्छा नहुँदानहँदै पनि समूहमा मिसाएर फसाएको, समूहमा पसेपछि निस्कन नदिने गरेको र पछिल्लो समयमा चेपाङ समुदायलाई लखेटालखेट र भागाभाग, कसैको उठिबास पार्ने गरेको उनले आरोप लगाए । ऋण लिएर पनि सदुपयोग नहुने गरेको स्थानीय स्वीकार गर्छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.