×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

गोरखा अस्पतालमा पाँच वर्षदेखि विशेषज्ञ चिकित्सककाे अभाव

  •  
  • मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सदरमुकामस्थित गोरखा जिल्ला अस्पतालमा विगत पाँच वर्षदेखि विशेषज्ञ चिकित्सक नहुँदा बिरामीले सेवा लिन पाएका छैनन् । दिनहुँ ३०० जना हाराहारीका बिरामी उपचारका लागि अस्पताल आए पनि विशेषज्ञ सेवा नपाउँदा काठमाडौँ र चितवनका अस्पतालमा जान बिरामी बाध्य छन् ।

    दरबन्दीअनुसारका चिकित्सक अस्पताल नआउँदा उपचार सेवा दिन असहज भएको अस्पताल प्रमुख सुधा देवकोटाले बताउनुभयो । विशेषज्ञ तहको एनेस्थेसियोलोजिस्ट, अर्थोपेडिक सर्जन, पेडियाट्रिसियन, रेडियोलोजिस्ट, सर्जन र साइक्यास्टिकलगायत विशेषज्ञको दरबन्दी भए पनि जनशक्ति अभाव हुँदा बिरामीलाई अन्यत्र पठाउनुपरेको हो ।

    अस्पतालमा उपचार हुने होइन अन्यत्र पठाउने मात्रै गर्छ भन्ने आरोप लाग्दै आएको छ । अस्पतालमा चारजना मेडिकल अधिकृत, नायब सुब्बा, फिजियोथेरापिस्ट, कम्प्युटर अपरेटरलगायतको पद पनि रिक्त भएको लामो समय भइसकेको छ । दरबन्दीअनुसारका चिकित्सक ल्याउन तथा रिक्त दरबन्दीमा नयाँ कर्मचारी राख्न नसकिएको देवकोटाको भनाइ छ । ५० शैय्या क्षमतामा विस्तार भएको अस्पतालमा गतिलो उपचार सेवा नहुँदा बिरामी मारमा परेका छन् ।

    “विशेषज्ञ चिकित्सक नआउँदा बिरामीलाई सेवा दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो – “चारजना मेडिकल अधिकृतमध्ये दुईजनामात्रै हुनुहुन्छ । उहाँहरुबाट सक्ने सेवा दिइरहेका छौँ ।” चिकित्सक ल्याउन पहल गरे पनि ठूला सहरका भन्दा सेवा, सुविधा कम हुने भएपछि विशेषज्ञ चिकित्सक ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । सरकार परिवर्तनसँगै अस्पताल विकास समितिका अध्यक्ष परिवर्तन हुँदा झन अस्पताल सञ्चालनमा समस्या भएको हो ।

    अस्पतालमा थ्रिफेज लाइन विस्तार गर्न नसक्दा एक्स–रे मेसिन प्रयोगविहीन हुँदै आएको छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याए पनि उक्त फार्मेसीमा बिरामीलाई आवश्यक पर्ने औषधि सकिइसकेका छन् । औषधि खरिद गर्नुपर्ने अवस्था भएकाले फार्मेसीमा खोजेजस्तो औषधि नपाइएको बताइएको छ । अस्पतालमा सेवा खस्कँदै जाँदा अस्पतालको वरपर खुलेका मेडिकलमा बिरामी स्वास्थ्य परीक्षण र औषधि खरिद गर्न बाध्य छन् ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.