×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

माटोमा खेल्ने ‘हिरोइन’

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सामाजिक सञ्जालमा अहिले ‘तरकारीवाली’ ट्रेन्ड निकै लोकप्रिय छ । तरकारी बेचेर जीवन चलाउने गोरखाकी कुसुम श्रेष्ठको तस्बिर सामाजिक सञ्जालमा राखिएपछि उनी रातारात चर्चाको शिखरमा पुगिन् । पत्रपत्रिका, रेडियो, टेलिभिजन ‘तरकारीवाली’मय भए । गोरखामा तरकारी बेचेर जीवनका आवश्यकता पूरा गर्ने कुसुमजति चर्चा अहिले कसैको छैन । उनलाई मोडल बनाएर तस्बिरको व्यापार गर्न सारा मिडिया उद्धत छन् । सामाजिक सञ्जालमा कसैले खिचेर राखेको तस्बिरकै कारण गाउँकी सामान्य युवती नेपालको सीमा नाघेर भारतमा समेत उत्तिकै चर्चामा आइन् । बीबीसीजस्तो लोकप्रिय मिडियाको हिन्दी संस्करणमा उनीबारे लेखिएको समाचार अहिले पनि १ नम्बरमा छ । पाकिस्तानमा चिया बेच्ने अर्सद खान ‘चायवाला’का रूपमा चर्चित भइरहेकै बेला कुसुमको पनि तस्बिर भाइरल भएको हो । मिडियाले कुसुमलाई ग्ल्यामरको दुनियाँसँग जोडेर हेर्न थालेका छन् । उनको तस्बिर कुनै मिडियामा अर्थपूर्ण रूपमा प्रकाशित भएर होइन, फेसबुकमा राखेको पोस्टका आधारमा भाइरल भएको हो ।
    कुसुमको तस्बिर भाइरल हुनुको कारण खोतल्दै जाने हो भने खासै केही रहस्यमय अर्थ पाइँदैन । तरकारीको भारी बोक्दै गरेको र बजारमा बिसाएर मोबाइलमा कुरा गर्दै गरेको फोटो सामाजिक सञ्जालमा जताततै भरिएको छ । तस्बिरमा उल्लेख गर्न खोजेको कुरा या सन्देश केही पनि छैन । न त पत्रकारिताको दृष्टिले नै तस्बिर कुनै मूल्यवान छ । सामाजिक सञ्जाल र मिडियामा पनि उनको तस्बिरलाई अर्थपूर्ण रूपमा प्रस्तुत गरिएको छैन । सबैको एकै सन्देश या सार छ– धपक्क बल्ने सुन्दर युवतीले भारी बोकिन् ।
    जुन अर्थमा तस्बिरको चर्चा भएको छ, त्यो अर्थमा भन्ने हो भने सुन्दर युवतीहरू बजारमा बुख्याँचाजस्तै ‘शो–पिस’का रूपमा मात्रै रहनुपर्छ भन्ने बजारमुखी मानसिकतालाई प्रस्तुत गरेको छ । सौन्दर्यको प्रयोग सधैं ग्ल्यामरसको दुनियाँमा मात्रै प्रयोग हुनुपर्छ भन्नु आफैंमा प्रदूषित मानसिकता हो । सुन्दर मान्छेलाई माटो सुहाउँदैन भन्नुको तुक केही पनि छैन । सबै कुरालाई ग्ल्यामरसँग जोडेर हेर्ने हो भने समाजका अरु सौन्दर्यहरू मुर्झाएर जान्छन् । राम्री शिक्षिका, राम्री कर्मचारी, राम्री तरकारीवाली, राम्री दाउरावाली … ! सौन्दर्य र कर्म कहाँनेर जोडिन्छन् ?
    सुन्दर मान्छेहरूको श्रम, बौद्धिकता, विवेक केवल ग्ल्यामरमा मात्रै उपयोग गर्नुपर्छ भन्ने भावले अहिले समाचार आइरहेका छन् । मिडियाहरु पनि सामाजिक उत्तरदायित्व वहन गर्नेभन्दा पनि विषयलाई कसरी अतिरञ्जित बनाएर उठाउने र लोकप्रियता हासिल गर्ने भन्ने सवालमा अगाडि बढिरहेका छन् । मिडियाले समाजलाई डो¥याउने भन्दा समाजलाई मिडियाले डो¥याउने खालको अवस्था देखिएको छ । कसैले कुनै सुन्दर तस्बिर खिच्यो र त्यसलाई सामाजिक सञ्जाल या मिडियामा राखेर चर्चित भयो भने मिडियाले चर्चाको प्रलोभनमा परेर नानाथरी मसला जोड्नु आफैंमा गलत कर्म हो ।
    सामाजिक सञ्जाल अहिले निकै शक्तिशाली छ । सानाभन्दा साना कुरामा पनि सामाजिक सञ्जालमा बहस र चर्चा हुन्छन् । सञ्जालमा एकथरी जमात यस्तो पनि सक्रिय छ, जसलाई जुनसुकै कुराको पनि गलत अर्थ लगाएर चर्चा कमाउनु छ । कतिपय सामान्य कुरा पनि सामाजिक सञ्जालमार्फत असामान्य बनिदिन्छन्, जसले गर्दा सामान्य कमजोरीमा पनि व्यक्ति या संस्थाले ठूलो क्षति भोग्नुपर्ने हुन्छ । कुनै पनि विषयको गहिराइमा पुगेर भन्दा पनि अरुले लेखेको हेरेर विरोध गर्ने परिपाटी बढिरहेको छ । तथापि सामाजिक सञ्जालमा उठेका विषयका कारणले मुलुक ठूला दुर्घटनाबाट बचेका उदाहरण पनि हाम्रासामु छन् । मिडियामा लेख्दा आचारसंहिता, सेन्सरसिप जस्ता विविध कुरा हुन्छन् तर त्योभन्दा पनि प्रभावकारी मानिने सामाजिक सञ्जालमा भने यस्तो कुनै पनि मानक छैन । किनकि व्यक्तिले जे सोच्छ, त्यही अभिव्यक्त गर्ने न हो ।
    कुसुमका बारेमा सामाजिक सञ्जालमा व्यापक चर्चा हुनु एउटा पक्ष तर त्यसैलाई लिएर पक्ष–विपक्षमा आवाज मुखरित गरेर उनीबारे विविध टीकाटिप्पणी हुनु शोभनीय होइन । उनको चर्चा हुनुको पछाडि उनको कुनै पनि हात छैन, केवल उनको सौन्दर्य छ । अझ भाग्यवादी दृष्टिले हेर्ने हो भने उनलाई ‘भाग्यमानी’ पनि भन्न सकिन्छ  । उनले चर्चा र लोकप्रियताका लागि मोडलहरूले जस्तै फोटोका लागि भारी बोकेकी होइनन् । यो उनको दिनचर्या हो । उनीजस्ता कयौं सुन्दरीहरू अहिले पनि गाउँपाखा र मेलापात गरिरहेका छन् । यो हाम्रा लागि कुनै नौलो विषय होइन ।
    भर्खर ११ कक्षामा पढ्ने मान्छे भनेको सामान्यतयाः त्यति परिपक्व होइन । अहिले उनका लागि प्राथमिकता भनेको अध्ययन नै हो । के गर्दा भविष्य उज्यालो हुन्छ या कुन बाटो हिँड्नुपर्छ भन्ने परिपक्व सोच अहिले पनि उनमा विकास हुन सकेको छैन । उपभोक्तामुखी बजारले अहिले उनलाई चलचित्रमा समेत अभिनय गराउने कम्मर कसिसकेको छ । चलचित्रमा अभिनय गर्न अनुहारमात्रै काफी हुने भए किन सुन्दर मान्छेहरू चलचित्र क्षेत्रमा टिक्न सकेनन् ?
    अर्को कुरा– मान्छेको चर्चा या सौन्दर्यलाई पैसा कमाउने साधनमात्रै किन देख्छौं हामी ? सुन्दर मान्छेलाई सामान्य किसानै भएर जीवन काट्न सुहाउँदैन ? उनलाई चलचित्रमा अभिनय गराउने भन्नेहरूको एउटै सोच छ– पोस्टरमा ‘सामाजिक सञ्जालमा भाइरल तरकारीवालीले खेलेको पहिलो चलचित्र’ भनेर चलचित्रको नामभन्दा ठूलो अक्षरमा लेख्ने । चलचित्रका नाममा कलाको व्यापार गर्न नजान्ने र स्क्यान्डलका आधारमा मात्र चलचित्र चलाउन खोज्नेहरूले हिजो अर्चना पनेरुलाई नांगो पारेकै हुन । भलै यी दुई पात्रलाई दाँज्न मिल्दैन । तर, सन्दर्भका दृष्टिले दुवै एकैखाले हुन् । निहित स्वार्थका लागि व्यक्तिको व्यक्तिगत जिन्दगी नै तहननहस पार्ने कुरामा हामी अभ्यस्त भएका त छैनौं ?
    नेपाल कृषिप्रधान देश हो । यहाँका अंसख्य मानिस कृषिमा निर्भर रहनुका दृष्टिले पनि कुनै युवतीले तरकारी बोकेको कुरा त्यति धेरै निधार तन्काउनुपर्ने कुरा होइन । नेपालमा कयौं सुन्दरीहरू माटोको क्रिम लगाउँछन्, हिलोले फेसवास गर्छन् अनि गोबरको पफ्र्युम दल्छन् । यसमै उनीहरू जीवन भोगिरहेका छन् । श्रमको मूल्य सौन्दर्यमा मापन गर्नु श्रमकै अवमूल्यन गर्नु हो । सौन्दर्य सधैं ‘शो–पिस’का रूपमा मात्रै रहनुपर्छ भन्ने मानसिकताले हामीलाई जबसम्म गाँजिरहन्छ, तबसम्म हामी उपभोक्तामुखी चरित्रको दास भइरहन्छौं । कुसुम आफैंमा एक परिश्रमी युवती हुन् । उनीजस्ता लाखौं युवती कृषि कर्ममा छन् । उनीहरूलाई उनीहरूकै जिन्दगीमा रम्न दिऊँ, काँचो दिमागलाई खलबल नपारौं ।

    baahrakhari

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.