×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तपाई कति श‌ंकालु हुनुहुन्छ ? शंका गर्ने पनि एक रोगको लक्षण हो

  •  
  • आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    डा. लालित कुमार मिश्र
    भनिन्छ, शंका गर्ने बिरामीको कुनै ईलाज नै छैन ।  के तपाईलाई आफ्नै परिवार, नाता कुटुम्ब या साथीभाईहरु माथि बिनाकारण नै – आफ्नो खिलाफ कुनै षडयन्त्र गरेको शंका हुन्छ  या तपाईको अनेपक्षित व्यवहारबाट तपाईका आफन्तहरु बारम्बार प्रताडित हुने गर्दछन्? अथवा शंका गर्नाले तपाईको पारिवारीक जीवनमा कलह भइरहन्छ ? यदि तपाईको जवाफ “हो” भन्नै छभने तपाईले बेलैमा सतर्क हुनु पर्छ । किनभने तपाईलाई – कुनै भूत-प्रेत लागेको होईन बल्की एक प्रकारको मानसिक रोगको शिकार भएको हुनुपर्छ वा हुनसक्ने संभावना छ ।

    जुनरोगमा ब्याक्तिको स्वभाव एवं व्यबहारमा अस्वभाविक परिवर्तनको लक्षंण उत्पन्न हुन थाल्छ । यस लाई ‘पेरानाईया’ वा ‘पर्सानालिटी डिसअर्डर’ भनिन्छ । यस्ता रोगिहरु भूत- प्रेत बाधमा होइन बल्की कल्पना मा वास्तविक जीवनको खोजि  गर्छन् । हुनत यस्ता रोगीहरु सामान्य जीवन बिताउछन् । तर, यस रोगको पहिचान गर्न कठिन हुन्छ । यसैकारण यिनीहरु स्वयंलाई या यिनीहरु सगं सम्बन्धित ब्यक्तिहरुलाई पनि धैरेपटक यिनीहरुको ब्यवहारले हैरानीको सामना गर्नुपर्ने हुन्छ । यो एक प्रकारको मानसिकरोग हो । जसमा ब्यक्तिको संबेदनशीलता बढ्न जान्छ । जसले गर्दा उसमा भावनात्मक एवं बैचारिक उन्माद (पागलपन) को स्थिति उतपन्न हुन थाल्छ । जुन सुरु-शुरुमा त प्रत्येक कुरामा  या ब्यक्तिमाथि शंका गर्ने बानीको रुपमा शुरु हुन्छ । उसको ब्यक्तित्वमा स्वभाविक वा ब्यवहारिक दोष उत्पन्न हुन थाल्छ । रोगको पूर्ण विकसित अवस्थामा ब्यक्तिआफु भित्र कुनै पारलौकिक या काल्पनिक चरित्रलाई ब्यवहारिकरुपमा जीवन्त गर्न सक्छ । यसको पहिचान गर्न कठिन हुन जान्छ । सामान्यरुपमा महिलालाई पुरुषको तुलनामा यस रोगको शिकार बढी हुने गर्दछन् ।

    पैरोनाइया रोगीको पहिचान:- 
    यस्ता ब्यक्तिहरुमा आत्मबिश्वासको एकदमै कमि हुन्छ । तर, आफ्नो योग्यतामाथी भने अतिबिश्वास हुने कारणले गर्दा – मुडि, हठी, संबेदनशील, परस्पर बिरोधिभाषी भाव बिचार व बदलिदो ब्यवहारको कारण अस्थिर मुड, अतिशंकालु,  ईर्षालु, अवसादग्रस्त तथा हिनभावनाले ग्रसित भएका हुन्छन । यिनीहरुले न त कुनै प्रकार को बिरोध सहन सक्छन् । नत आफुले गरेको गल्तीलाई नै स्वीकार गर्छन् । यहाँसम्म कि आफुले गरेको गल्तीको लागि पनि दोष अरुलाई नै दिने गर्दछन् । यस्तो अवस्थामा या त रोगीले एकदमै आक्रामक एवं अपशब्द भाषा वा अभद्र ब्यवहारको प्रदर्शन गर्दछन् या करुणा क्रन्दनको । मेडिकल साईन्समा पैरोनाईया रोगको कुनै ठोस कारण हालसम्म पत्ता लागेको छैन । तर, पनि मनोचिकित्सक, मनोविद्हरुको भनाइअनुसार ब्यक्तिको पूर्वजहरुको ईतिहासमा या वाल्यवस्थाको कुनै अप्रिय घटना, तनावपूर्ण सम्बन्ध, चिन्ता, अवशाद आदि यसका संभावित कारणहरु हुन् ।

    प्रकार :- 
    सामान्यतया यो मानसिकरोग  निम्न प्रकारको देखिन्छ : (१) सुधारात्मक पेरोनाईया:- यसमा रोगीलाई यस्तो लाग्छ कि यो संसार नैतिक, सामाजिक, राजनैतिक,आर्थिक दृष्टीकोणले पतन भईसकेको छ या हुने वाला छ । उ एकमात्र सुधारक हो । यस्ता रोगीमा आत्मनिरिक्षणको शक्ति हुँदैन । आफुलाई महानब्याक्ति, महामानव, पुरुषोतम् आदि सम्झिन्छन् । (२) रोगात्मक पैरोनाईया :- रोगीलाई शंका हुन्छ कि उसको स्वास्थ्य दिन प्रतिदिन खराब हुँदै गईरहेको छ । उ आफुलाई कुनै असाध्यरोग (क्रोनिकडिजिज) जस्तै केन्सर, एड्स आदि रोगको शिकार भएको ठान्दछ । (३) डाही पैरोनाईया:- यसको रोगी ईषालु किसिमको हुन्छ, कसैमाथि पनि बिश्वास गर्दैन, पति होस् या पत्नी । (४) धार्मिक पैरानोईया:- यसमा रोगीले आफुलाई ईश्वर, ब्रह्मा आदिको एक मात्र पुत्र ठान्दछ । उसले जतिबेला पनि चाहेभने ईश्वरसंग भेट गर्दछ र कुराकानी गर्दछ । (५) कामवासनात्मक पैरानोईया:- रोगीमा कामवासना प्रचुर मात्रामा हुन्छ । जसको फलस्वरुप उ सोच्न थाल्छ कि अमुक ब्यक्तिले मलाई चाहन्छ। तर मानिसहरुको डरले वा लोक-लाजले गर्दा भेटन सकिरहेको छैन । (६) विवादात्मक पैरोनोईया:- यसमा रोगीको समय अधिकतर बादबिवाद र झै-झगडामा नै बित्ने गर्दछ । उसलाई यस्तो लाग्छ कि मानिसहरुले मलाई परेसान गरिरहेका छन् । फलस्वरुप झगडा बादबिवाद  हुनु सामान्य कुरो भईहाल्छ । (६) पिडात्मक पैरोनोईया:- यसमा रोगीले संसार भरिका मानिसहरुलाई आफ्नो शत्रु सम्झिन्छ। सबैले उसलाई पीडा कष्ट दिन चाहन्छन् । यस किसिमको भावना रोगीमा बराबर भईरहन्छ । जसको फलस्वरुप कहिले काही रोगी आक्रमक पनि भईहाल्छ । यहाँसम्म कि आफ्नो सबै भन्दा ठुलो शत्रुको हत्या पनि गर्नसक्छ।

    जोखिम :- प्रायगरी बारम्बार उपेक्षित, प्रताडित, प्रेम, प्रोत्साहन, प्रसंशाको अभाव वा तुलना, दवाव, भयको माहोलमा हुर्केको अथवा नशाको लत वा समाजबाट बिरक्त भएर एकांकी जीवन बिताउनेहरुको परिवारमा हुर्केका केटा-केटीहरुको दिमागमा दुनियाँ या समाजको एक काल्पनिक चित्र बन्न जान्छ । जसलाई उनीहरु एउटा आदर्शको रुपमा मान्दछन्। तर, जव उनीहरुको सामना वास्बिकतासगं हुन्छ, त्यसबेला उनीहरुको मन, मस्तिष्कले यसकुरालाई स्वीकार गर्दैनन् । यसबीचको परिस्थितिहरु यसका रोगीको मानसिक परिवर्तनको लागि उतरदायी हुनसक्छ । किनभने उसको समाजप्रति आफ्नै किसिम मापदन्ड निर्धारित हुन्छ । यसकारण यिनीहरु कुनैपनि बिषेश परिवर्तनलाई स्वीकार गर्न सक्दैनन् । यसले गर्दा कयौ पटक उनीहरुको स्वभावमा उग्रता जो कलान्तरमा गएर यिनीहरुलाई डिप्रेशन (अबशाद) को स्थितिमा ल्याई पुराई दिन्छ । जसले गर्दा हत्या, हिसां वा आत्महत्या जस्ता घटनाहरु घटित् हुनसक्छ ।

    प्रमुख लक्षणहरु:-  यसको रोगी हाँसख्लमा रुचि राख्दैनन्, शंकालु, संबेदनशील तथा चिडचिडापन स्वभावको हुन्छ । आफ्नो हीत वा कल्याणमा लिन रहन्छन् । यति अहंकारी तथा आत्मकेन्द्रित हुन्छ कि उ आफ्नो सिमा र पराजयलाई स्वीकार गर्न चाहदैनन् । अन्तमा उ आफ्नो आन्तरिक ईच्छाको संतुष्टिको लागि आफैप्रति मोह उत्पन्न गर्दछ । कसैमाथि बिश्वास न गर्नु । शंका गर्नु,  आफ्न्तहरुबाट नै आफ्नो खिलाफ षडयन्त्रको भय सधै भइरहनु । कसैलाई पनि आफ्नोबारेमा सही या पूर्णजानकारी नदिनु । स्वयंलाई धैरै जान्ने, आदर्श गुणले सम्पन्न ठान्नु, आफुमा अतिबिश्वास हुनु । जस्तै, उ आफुलाई सर्बशक्तिमान सम्झन्छ । प्रशिद्ध छ भन्ने लाग्दछ । मानिसहरुले उसको मान-सम्मान गर्नु पर्दछ । अदृष्य शक्तिसंग बार्तालाप गर्नु, मूर्खतापुर्ण हाँस्नु । हाँस्य बिषयमा गम्भिर हुनु । अपराधबोध , आत्मभिमान आदि हुनसक्छ ।

    उपचार:– होमियोप्याथिमा कुनैपनि रोगको उपचार गर्दा चिकित्सा पूर्व रोगीको केशहिस्ट्रि लिंदा रोगिको मानसिक एवं शारीरिक लक्षणहरुको साथै उसको सम्पूर्ण ब्यक्तित्वको आंकलनलाई प्रमुखता दिईन्छ । यस्ता रोगीहरुमा उसको पारिवारिक ईतिहासको साथै पारिवारिक बाताबरण, बाल्यअवस्था, सामाजिकअवस्थाको बारेमा चिकित्सकले जान्नु अतिआवश्यक हुन्छ । सबैकुराको अध्ययन गरेपश्चात समष्टिगत लक्षणको आधारमा  औषधिको चयनगरि एकल औषधि दिईने गरिन्छ । मानसिक लक्षणहरुलाई पहिलो प्रथमिकता दिईन्छ । रोगीको मानसिकस्तरको आधारमा औषधिको निर्धारण गरिन्छ । यही कारण हो कि होमियोप्याथी मा रोग एउटै भएपनि रोगी पिच्छे औषधि अलग-अलग हुनसक्छ । मानसिक लक्षणको साथै  उसको ईच्छा- अनिच्छा, उसको प्रकृति (चिसो या गर्मी) उसको पारिवारिक ईतिहास, उसको खानपान, रहनसहन, यि सबै कुरामा बिषेशध्यान दिईन्छ । होमियोप्याथिक औषधिले रोगीको मुल क्षमता (भाईटलफोर्स) लाई प्रेरित गरि  रोगीलाई पूर्णरुपले स्वस्थ्य बानाउनमा मद्दत गर्दछ । पेरोनाइया (शंका गर्ने) रोगबाट ग्रस्त रोगीहरुको उपचारमा सफलता पूर्वक प्रयोग हुने केही औषधीहरु निम्न लिखितछन । (१) एनाकार्डियम (२) स्ट्रामोनियम (३) हायोसायमस (४) केनाबिस ईन्डिका (५) क्रोकस सेटाईवा (६) पल्साटिला (७) नेट्रम म्युर (८) सिपिया (९) टेरेन्टुलाहिस्पानिया आदिको प्रयोग गरिन्छ । उपरोक्त औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै होमियोप्याथिक चिकित्सक को सल्लाह अनुसार प्रयोग गर्नु उचित हुन्छ ।
    अस्तु ।
    [email protected]

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, कार्तिक २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.