×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

अक्सिजनबिना हिमाल चढ्ने नेपाली चेली: फुन्जो लामा

  •  
  • शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नितु घले

    अक्सिजनबिना संसारको छैटौं अग्लो हिमाल माउन्ट छोयुको सफल आरोहण गरेकी फुन्जो लामा ‘हिमालका लागि चुनौती’का रूपमा चिनिन थालेकी छन् । तिब्बतमा अवस्थित आठ हजार दुई सय दुई मिटर अग्लो यो हिमाल बिनाअक्सिजन सफल आरोहण गर्ने उनी पहिलो नेपाली नारी पनि बनेकी छन् । गोरखा सदरमुकामबाट ५२ किलोमिटर पर रहेको छेकम्पारमा जन्मेकी २८ वर्षीया फुन्जोले गत अक्टोबर २ मा माउन्ट छोयुको चुचुरोमा पाइला टेकेकी थिइन्।

    आमाको माया कस्तो हुन्छ, कहिल्यै महसुस गर्न नपाएकी फुन्जोले भाग्यवश गाउँमा एसएलसीसम्म पढ्न पाइन् । आमा बितेपछि बाबुको लालनपालनमा हुर्किएकी फुन्जो समाजमा छोरीलाई छोरासरह महŒव नदिएको गुनासो गर्छिन् । ‘छोरीलाई न स्कुल पठाउँथे न त काम गर्न सक्छन् भन्ने नै सोच्थे’, फुन्जो भन्छिन्, ‘यस्तो मानसिकताले जरा गाडेको हाम्रो समाजमा म उदाहरण बन्न चाहन्छु । छोरीहरूले अवसर पाए जस्तोसुकै काम गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छु ।’

    फुन्जोको साहसले समाजमा सकारात्मक सन्देश त पक्कै दिएको छ अझ अक्सिजनबिना हिमाल चढन सकिन्छ भन्ने उदाहरण पनि बनेको छ । उनका अनुसार बिनाअक्सिजन हिमाल चढ्नु धेरै सस्तो पर्छ । हिमाल चढ्दा कम्तीमा दुई सिलिन्डर अक्सिजन चाहिन्छ । एउटा सिलिन्डरलाई पाँच हजार अमेरिकी डलर पर्छ । आर्थिक अवस्था कमजोर भएकाका लागि यति रकम खर्च गरेर हिमाल जानु सहज छैन ।

    माउन्ट छोयु चढ्दा अक्सिजन त लगिनन् नै, उनको साथमा सहयोगी पनि थिएन । ‘एकजना सहयोगीलाई तीन लाख रुपैयाँ दिनुपर्छ, खर्च धान्न सकिन्न’, उनले भनिन्, ‘जहाँसम्म जान सक्छु, त्यहाँसम्म पुगेर फर्कछु भन्ने सोचेर गएको थिएँ तर शिखरमा पुगेँ, खुसी लागेको छ ।’

    सगरमाथाभन्दा चुनौतीपूर्ण मानिएको हिमाल ‘अमादब्लम’ चढ्ने योजनामा छिन् उनी । सोलुखुम्बुमा रहेको यो हिमाल ६ हजार मिटर अग्लो छ । रक फलिङ धेरै हुने, लुज रक हुने र हिमपहिरो धेरै आउने कारण अमादब्लमको यात्रा जोखिमपूर्ण मानिन्छ । अहिलेसम्म उनले तीनवटा हिमाल चढिसकेकी छन् । उत्तर अमेरिकाको ६ हजार मिटर अग्लो ‘डेनाली’ हिमाल गत जुनमा चढिन् । त्यसैगरी अलास्का पनि पुगिसकेकी छन् । ‘हिमाल चढ्ने बानी परिसक्यो । आउने गर्मी मौसममा सगरमाथा आरोहणको तयारी गर्दैछु । यो जाडोमा मनास्लु जाने योजना छ’, उनले भनिन् ।

    हुन त उनलाई सगरमाथा आरोहण गर्न खासै उत्साह छैन । ‘सगरमाथा जाँदा फिक्स रुट हुन्छ, अरूले बनाइदिएको बाटो जान मजा हुँदैन’, उनले कारण खोलिन, ‘चुनौतीपूर्ण काम गर्न मन पराउँछु । तर विदेशमा सबैले सगरमाथाको बारेमा सोध्छन् । त्यसैले जानैपर्ने भएको हो ।’

    साहसिक यात्रा मन पराउने फेन्जोले सन् २०१४ बाट सिम्रिक एअरमार्फत लंगलाइन (हेलिकोप्टरमा झुन्डिएर गरिने काम) सुरु गरिन् । हिमाल चढ्न गएको मान्छे बिरामी भएमा वा अन्य कुनै समस्या परेमा हेलिकोप्टरबाट डोरीमा झुन्डिएर उनीहरूको उद्धार गर्नुपर्छ । बिरामीलाई सँगै लिएर आउनुपर्छ । साहसिक र जोखिम पनि मानिने यो कार्यक्रममा पनि उनले कौशल प्रस्तुत गरिसकेकी छन । आफ्नो गाउँबाट धेरैलाई उद्धार गरिसकेको उनको भनाइ छ ।

    स्विट्जरल्यान्डबाट लंगलाइनसम्बन्धी तीन महिनाको कोर्स गरेकी उनी तालिमको सिलसिलामा स्लोभानियामा पनि यस्तै साहसिक काम गरेकी छन् । अमेरिका, जर्मनी, सिंगापुरलगायतका मुलुकमा पुगिसकेकी उनी आफ्नै खर्चमा अमेरिकाको ‘डेनाली’ हिमाल चढेकी हुन् । आठ हजार अमेरिकी डलर खर्च गर्न उनको परिवारले साथ दिएको थियो । फेन्जोको अनुभवमा माउन्टेरिङ व्यवसायमा लागेको मान्छेले सबैतिरका संस्कृति बुझ्न आवश्यक हुन्छ ।

    सानैदेखि एथलेटिक्स, भलिबल, लनटेनिस मन पराउने फुन्जोलाई अध्ययनमा भने त्यति रुचि थिएन । गोरखा जिल्लाबाट हिमाल चढ्ने पहिलो युवती बनेकोमा उनी गर्व गर्छिन् । मेहनतमा विश्वास गर्ने फुन्जो सानै उमेरमा पृथक् क्षेत्रमा आफ्नो पहिचान बनाउनुका साथै संसारका लागि उदाहरणीयसमेत बनेकी छन् । यस क्षेत्रमा लागेको दुई वर्षमै यतिको सफलता हासिल गर्नुको रहस्य खोल्दै फुन्जो भन्छिन्, ‘मनैदेखि केही गर्न चाह्यो भने पक्कै सफल हुन सकिन्छ । सफलताको कसी भन्नु नै मेहनत र लगनशीलता हो ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक २७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.