कैलासबावु श्रेष्ठ/गोरखा
कार्तिक २५ गते । गोरखा जिल्ला खोप्लाङ्ग गाउँ बिकास समितिमा लडेर १ जना महिलाको मृत्यु भएको छ भने थुमीमा लडेर १ जना पुरुष गंभिर घाईते भएको छ । मृक्तक महिलाको पोष्टमार्टम पछि दाह संकारका लागि आफन्तको जिम्मा लगाइएको छ । घाईतेलाई भने उपचारको लागि हेलीकप्टर मार्फत राजधानी लगिएको छ ।
मृत्यु हुने मुङ्गा कुमारी गुरुङ्ग महिला खोप्लाङ्गको ज्योति चौतारा भन्ने स्थानमा कच्ची सडक बाट २५ मिटर तल खस्दा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयो ।
७० बर्षिया गुरुङ्ग कच्ची सडकमा हिड्दै जादाँ अचनक लडदा भिरमा खसेको थियो ।
यता धादिङ्ग जिल्ला बुढाथुम गाउँ बिकास समिति ६ बस्ने अन्दाजी १७ बर्षिय कबिराज श्रेष्ठ हराएको खच्चड खोज्ने क्रममा गोरखा जिल्लाको थुमी गाबिस ९ को चिप्लेटी भन्ने भिरबाट खसेर गंभिर घाईते भएका हुन ।
श्रेष्ठलाई स्थानियले उद्वार गरी स्थानिय स्वास्थ्यचौकी उपचार गरी थप उपचारको लागि हेलिकप्टर मार्फत राजधानी लगिएको छ ।
लडेर १ महिलाको मृत्यु १ पुरुष घाइते
लडेर १ महिलाको मृत्यु १ पुरुष घाइते
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



