×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ७ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

गोरखा २ नपा सहित ९ गाउँ पालिका बन्दै

  •  
  • मङ्गलबार, कार्तिक २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ


    कैलासबावु श्रेष्ठ/गोरखा
    कार्तिक २३ गते । स्थानिय पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिले गोरखामा २ नगरपालिका र ९ गाउँ पालिका सहित ११ स्थानिय तह निर्धारण गर्न केन्द्रमा सिफारीस गरीएको छ ।
    नेपाल सरकारले दिएको समय अनुसार अन्तिम समयमा आएर राजनैतिक दलहरु संगको समन्वयमा समितिले गोरखा जिल्लामा २ नगरपालिका र ९ गाउँ पालिका रहने गरी अवधारणा तयार गरी केन्द्रलाई सिफारीस गरेको हो ।
    २ नगरपालिका अन्रतर्गत साविकमा भएको गोरखा नगरपालिकामा ताप्ले र पाँचखुवा देउराली गाउँ विकास समितिलाई गाभ्ने र पालुङ्गटारमा मिरकोट, धुवाँकोट र खोप्लाङ्ग गाउँ बिकास समितिलाई गाभेर नगरपालिका घोषणा गर्नका लागि केन्द्रमा सिफारीस गरीएको छ ।
    त्यस्तै गरी बिशाल चिन संग जोडीएको दुर्गम उत्तरी सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबास गरी ७ गाबिसलाई चुमनुब्री गाउँ पालिका घोषणा गर्न सिफारीस गरीएको छ । यि गाउँ बिकास समितिको केन्द्र भने सिर्दीबासको फिलीम बजारमा रहने राजनैतिक सहमती भएको छ । यो गाविसलाई हिमाल पारीको गाउँ भनेर पनि चिन्न सकिन्छ ।chum-nubri-ghau-palika
    निकै विकट मानिने यो क्षेत्रमा जिल्ला सदरमुकाम पुग्न बाट ३ देखी ७ दिन सम्म लाग्ने गर्दछ । यो क्षेत्रको सिर्दीबास बाहेक ६ गाउँ विकास समिति भने बिशाल चिनको स्वशासित क्षेत्र तिब्बत संग सिमा जोडीएको छ ।
    यता उत्तरी क्षेत्र नै मानिएको काशिगाउँ, केरौजा, लापु, गुम्दाँ, उहियाँ र लाप्राकलाई धार्चे गाउँ पालिका बनाउन सिफारीस गरीएको छ । राजनैतिक सहमति भएको यो क्षेत्रमा बारपाक छुटेको भन्दै बारपाक बासीले हिजो जिल्ला सदरमुकाममा रहेको जिल्ला विकास समितिमा आएर धर्ना दिनुका साथै नाराबाजी समेत गरेका थिए ।
    बारपाक बासीले हिजै जिल्ला बिकास समितिका योजना अधिकृतलाई ज्ञापन पत्र दिदै भूल सुधार गर्न भनिएको छ । बारपाकलाई सुलिकोट गाउँ विकास समितिमा राखीएको छ । यो क्षेत्रको केन्द्र भने गुम्दामा राख्ने सहमती भएको छ ।
    सदरमुकाम देखी उत्तरी क्षेत्रमा नै पर्ने मान्बु, थुमी, आरुपोखरी, आरुचनौटे, आरुआरर्बाङ्ग गाउँ विकास समितीलाई आरुघाट गाउँ पालिका सिफारीस गरी आरुघाट बजारमा केन्द्र स्थापना गर्न राजनैतिक दल सहमत भएका छन ।
    विवादीत बारपाक गाउँ विकास समिति सहित सौरपानी, स्वाँरा, लाकुमाझ लाकुरोबोट, ताकुकोट, पन्द्रुङ्ग र पाँचखुवा देउरालीलाई गाभेर सुलिकोट गाउँ पालिका बनाउन सहमत भएका हुन । यसको केन्द्र भने ताकुकोटमा राखीने भएको छ ।
    सदरमुकाम बाट नजिकै मानिएको वगुवा, धावा, मसेल, अश्राङ्ग, तान्द्राङ्ग र बोर्लाङ्ग गाविस गाभेर भिमसेन गाउँ पालिका राखीएको छ । यसको केन्द्र भने बगुवालाई तोकिएको छ । त्यस्तै गरी बुंकोट, नामजुङ्ग, घैरुङ्ग, ताक्लुङ्ग, बक्राङ्ग र मनकामना गाविसलाई सहिद लखन थापा गाउँ पालिका राखी यसको केन्द्र घैरुङ्ग राखीने सहमती भएको छ ।
    घ्यालचोक, भुम्लीचोक, ताङ्गलीचोक, दर्बुङ्ग, फुजेल र मकैसिङ्गलाई गण्डकी गाउँ पालिका र यसको केन्द्र भुम्लीचोकमा रहने छ भने हर्मी, छोप्राँक, थालाजुङ्ग, गाँखु, केराबारी र श्रीनाकोटलाई सिरानचोक गाउँ पालिका घोषणा गरी केन्द्र छोप्राँकमा राख्ने सहमती भएको छ भने खरीबोट, जौबारी, मुच्चोक, सिम्जुङ्ग, घ्याच्चोक र हंशपुर गाउँ बिकास समितिलाई मिलाएर अजिरकोट गाउँ पालिका बनाउने र यसको केन्द्र भच्चेक बजारमा राख्न राजनैतिक दलहरु समहत भएका छन ।
    राजनैतिक सहमतीलाई हेर्ने हो भने चुनाबी क्षेत्र नम्बर १ मा गोरखा नगरपालिका र गण्डकी र सहिद लखन थापा गाउँ पालिका रहने छ ।
    क्षेत्र नम्बर २ मा पालुङटार नगरपालिका सहित सिरानचोक र अजिरकोट गाउँ पालिका पर्ने छ । त्यस्तै गरी क्षेत्र नम्बर ३ मा चुमनुब्री, धार्चे, आरुघाट, सुलिकोट र भिमसेन गाउँ पालिका रहने छ ।
    यसै बिच राजनैतिक दलहरुका प्रतिनिधीहरुले गोरखा नगरपालिकालाई कुमाल र मुश्लिम संरक्षित क्षेत्र, सुलिकोटलाई बराम, सहिद लखनथापालाई मगर, गण्डकीलाई चेपाङ्ग र अजिरकोटलाई भुजेल तथा तामाङ संरक्षित क्षेत्र घोषणा गर्न राजनैतिक सहमती भएको छ ।
    उता उत्तरी क्षेत्रमा पर्ने चुमनुब्रीलाई भोटे लामा स्वायक्त क्षेत्र र धार्चे गाउँ पालिकालाई तमुवान स्वायत्त क्षेत्र घोषणाका लागि राजनैतिक दल एकै ठाउँमा उभिएका स्थानिय पुनःसंरचना जिल्ला प्राविधिक समिति गोरखाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, कार्तिक २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
    गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.