×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

इन्टरनेट ब्युटी #तरकारीवाली पछ्‌याउँदै

  •  
  • शनिबार, कार्तिक २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरहरि सापकोटा
    इन्टरनेटमा भाइरल बनेको कुसुम श्रेष्ठ (तरकारीवाली) को तस्विर।
    केही दिनदेखि एउटी युवतीको तस्विर भारतीय र नेपाली सञ्चार माध्याममा छापिएको खबर फेसबुक, ट्विटरदेखि सामाजिक सञ्जालमा छपक्कै थिए। नाम ठेगाना उल्लेख नगराई ती युवतीको फोटो जताततै भाईरल बनेपछि युवती कहाँकी को हुन् भन्नेमा सबैको चासो हुन थाल्यो। गोरखाको भुम्लिचोक र पृथ्वीराजमार्गको चरौदी बजार जोड्ने झोलुङ्गे पुलमा तरकारी बिक्री गर्न आएकी युवतीको तस्विर भाईरल बनेको र उक्त तस्विर फोटो पत्रकार रुपचन्द्र महर्जनले खिचेको थाहा लाग्यो तर तस्विरकी युवतीको नाम ठेगाना भने खुलेन।

    तरकारी बोकेर जाँदै गर्दा लिइएको तस्विर भएकाले युवती गोरखा भुम्लीचोकको हुने थाहा लागेपछि उनलाई भेट्ने रहर जाग्यो। कारण सबैको चासो बनेको आफ्नै तस्विर भाईरल बन्दा कस्तो लागेको छ? थाहा छ छैन? कतिबेला कसरी तस्विर खिचिएको रहेछ? उनी कस्ती ब्यक्ति हुन्? भन्ने जान्न उनको खोजीमा गोरखा सदरमुकामबाट निस्कने योजना बन्यो।

    नागरिक र रिपब्लिका दैनिकका सम्पादकले टेलिफोन गरेर भाईरल बनेको तस्विर गोरखाकी युवतीको भएकाले पत्तो लगाउन भनेपछि हतार हतार क्यामेरा, रेकर्डर, कलम कापी बोकेर भाईरलवाली युवतीको खोजीमा बिहीवार दिउँसो म गोरखा सदरमुकामबाट निस्किँए।

    छक्क परेकी छु, अरु बेलामा पनि फोटो खिच्थे, म जस्तै थुप्रै युवती तरकारी बोकेर पनि हिँड्थे मेरै फोटो किन यसरी छापियो’, उनले भनिन्। सुरुमा नरमाईलो लागेको बताउँदै अहिले सबैले फोन गर्दै बधाई दिन थालेपछि खुशी लागेको उनले सुनाइन्।

    कसरी ती युवतीलाई भेटिन्छ होला ? नाम ठेगाना थाहा छैन ? मात्र उनलाई खोज्ने बाटो दुईवटा तस्विर छ। झोलुङ्गे पुलमा क्रेटभरि तरकारी बोकेर हिँड्दै गरेको र तरकारी पसलमा मोवाईलमा कुरा गर्दै गरेको तस्विर फेसबुकबाट डाउनलोड गरेँ। उनको तस्विर देखाउँदै खोजी गर्ने योजना बनाएर सदरमुकाबाट निस्किँए। तिहार भर्खरै सकिएकाले होला सार्वजनीक सवारी साधन खचाखच थिए। भुम्लिचोक पृथ्वीरामार्गको बीच बाटोमा पर्छ। त्यहाँसम्म जान सवारी साधन पाउन मलाई निकै मुस्किल थियो। एकजना सहयोगी मित्र भेट भए। ती युवतीलाई खोज्न जान लागेको मैले भने। ती दाजुले आफ्नो निजी गाडीमा पुर्‍याएपछि म करिब तीन बजेर तीस मिनेटमा फिस्लिङ बजार पुगेँ। जहाँ गोरखाको तरकारी बिक्री गरिन्छ।

    मनकामना केबलकारबाट ओर्लिने साथै भेटिइन् ‘तरकारीवाली’। तस्विरः नरहरि

    फिस्लिङ बजार पुगेपछि युवतीको तस्विर देखाउँदै उनको बारेमा सोध्ने क्रम सुरु भयो। तस्विरमा जस्तै तकारी बोक्दै गर्दा भेटिन्छकी भन्ने अनुमान गरिरहेको थिएँ। तरकारी बेच्न आएका युवतीलाई घोरिएर ती युवती हुन् कि भन्दै पालैपालो हेरेँ। क्यामेर तयारी राखेर मेरा आँखा बारम्वार मोवाईलमा भएको युवतीको फोटो र उनको खोजीमा दौडिरहेको थियो। मलाई गाडीमा राखेर त्यहाँ सम्म पुर्‍याइ दिएका दाजु सरण श्रेष्ठको आफन्त फिस्लिङमा ब्यवशाय गरेर बस्दा रहेछन्। त्यहाँ पुगेर उनले मैले सुनाएका कुरा बताए। मैले फोटो देखाँए। ती दाजुले युवतीलाई चिनेको बताएपछि अब मेरो लक्ष्य पूरा हुने छनक देखियो।

    उनलाई साथै लिएर दुईसय मिटर पर तरकारी पसलमा पुर्‍याए। त्यहाँ पुग्दा ती युवतीकी काका पदम श्रेष्ठसँग भेट भयो। उनी छोरीको नम्बर दिने, फोनमा मेरी छोरी हो ती युवती भन्ने जवाफ दिँदै थिए। टेलिफोनको कुरा छोट्याउँदै उनले पत्रकारले काठमाडौंबाट फोन गरेका भने। उनीसँग टेलिफोन नम्बर लिएर भाईरलवाली युवती उनैले बताएका नाम ‘कुसुम श्रेष्ठ’ सँग टेलिफोनमा कुराकानी भयो।

    कुराकानी क्रममा उनी केही लजाइन्।

    त्यहाँबाट एक घण्टा अघि मात्रै उनी मनकामना दर्शनका लागि आफन्त सँग हिँडिछन्। चार बजेर १५ मिनेट गईसकेको थियो। मनकामना गएर उनलाई भेट्न सहज थिएन। कारण पाँच बजे मनकामना केवलकार बन्द हुन्छ। यतिबेला केबलकारमा यात्रुको चाप अत्यधिक छ। नभेटी नछोड्ने बाचा गर्दै करिब चार बजेर ४० मनकामनातिर लागेँ। बीचबाटोमा आउँदा चालक दाजुले मेरो समस्या बुझेरै होला गाडीको गिएर जाँदा भन्दा बढी नै दबाएका थिए। बारम्बार मैले टेलिफोनमा कुसुम सँग कुराकानी गर्दै थिएँ। उनी मिठास स्वरमा पर्खिरहेको बताउँदै थिइन्।

    केबलकारबाट झरेपछि फेरि टेलिफोन गरेँ। नजिकै बेन्चमा उनी आफन्त सँग हातमा ब्याग बोकेर पर्खिरहेकी रहिछन्। यतीकैमा क्यामेर अन गरेँ। मैले हतारमा केही फोटो खिचेँ। उनी मुसुक्क हाँसिन्। लजाए जस्तो गरिन्।

    मैले आफ्नो परिचय दिएपछि उनले कुराकानी गर्न केही सहज ठानिन्।  ‘छक्क परेकी छु, अरु बेलामा पनि फोटो खिच्थे, म जस्तै थुप्रै युवती तरकारी बोकेर पनि हिँड्थे मेरै फोटो किन यसरी छापियो’, उनले भनिन्। सुरुमा नरमाईलो लागेको बताउँदै अहिले सबैले फोन गर्दै बधाई दिन थालेपछि खुशी लागेको उनले सुनाइन्।

    बाबु आमाले पहिलो दिन आफ्नो फोटो छापिएको बताउँदा किन खिच्न दिएको भनेर गाली गरेका थिए। अहिले उनका बाबु पनि छोरीको राम्रो फोटोले राम्रो सन्देश जाओस् भन्ने चाहान्छन्। सबैले राम्री भनिदिएपछि उनी मोडलिङ गर्ने सम्मको सोचमा पुगेकी छिन्। उनलाई अहिले फोन उठाउन भ्याई नभ्याई छ। सञ्चारकर्मी देखि साथीभाई, आफन्त, चिनेजानेकाहरुले फोन गरिरहेको उनले बताइन्। कसरी र के कारणले तस्विर यतिविधि चर्चित बन्यो भन्नेमा स्वयम कुसुम, उनका आफन्त, छिमेकी आश्चर्यमा छन्। दङ्ग छन्।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, कार्तिक २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.