×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

तरकारीवाली भन्छिन्ः मोडलिङ गर्न तयार छु

  •  
  • शुक्रबार, कार्तिक १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं: सामाजिक सञ्जालमा तरकारीवालीको नामले चर्चित कुसुम श्रेष्ठले प्रस्ताव आए मोडलिङ गर्न तयार भएको बताएकी छिन् ।

    सञ्चारकर्मी सविना कार्कीसँग कुरा गर्दै कुसुमले प्रस्ताव आए मोडलिङ गर्न तयार भएको बताएकी हुन् । सामाजिक सञ्जालमा तरकारीको क्रेट बोकेको तस्बिर भाइरल भएपछि उनको चर्चा विभिन्न कोणबाट भइराखेको छ ।

    यस अघि पाकिस्तानका चियावाला युवा अरसद खान सामाजिक सञ्जालमा भाइरल भएपछि चलचित्र क्षेत्रमा लागेको विषयलाई जोड्दै कुसुमलाई धेरैले मोडलिङमा लाग्न सुझाव दिएका छन् ।

    यसै सन्दर्भमा भएको कुराकानीमा कुसुमले प्रस्ताव आए मोडलिङमा लाग्न तयार भएको बताएकी हुन् । त्यस्तो प्रस्ताव आए तपाईं तयार हुनुहुन्छ भन्ने प्रश्नमा कुसुमले भनिन्, ‘हो म मोडलिङ गर्न चाहन्छु ।’ यद्यपी कुसुमले अभिनय सम्बन्धी कुनै तालिम अझैसम्म लिएकी छैनन् ।

    चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेर हिड्दै गरेकी कुसुमको तस्बिर पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेका थिए। तस्बिर खिचेर महर्जनले फेसबुकमा राखेपछि उनको तस्बिर भाइरल भएको हो ।

    सामाजिक सञ्जालमा कुसुमको तस्बिर भाइरल भएपछि महर्जनले भने आफ्नो फेसबुकबाट तस्बिर हटाइसकेका छन् । महर्जनले अनुमतिबिना कुसुमको तस्बिर खिचेको सार्वजनिक भएको छ । तस्बिरका सन्दर्भमा सोधेको प्रश्नमा उनले भनिन्, ‘फोटो खिचेको थाहा थिएन । साथीले भनेपछि मात्र थाहा पाएँ।’

    अनुमतिबिना फोटो खिच्दा कस्तो लाग्यो भन्ने प्रश्न कुसुम भन्छिन्, ‘मलाई डर लागेको थियो । पछि सबैले राम्रो भन्नुभयो । पछि चाहिँ नराम्रो कमेन्ट गर्न सक्छन् भन्ने डर अझै छ ।’

    यसरी सकारात्मक प्रतिक्रिया दिने सबैलाई कुसुमले धन्यवाद दिएकी छिन् । लाखौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले मन पराए पनि कुसुम आफैलाई भने आफू राम्री छु जस्तो लाग्दैन । उनी अनुहार भन्दा मानिसको व्यवहार राम्रो हुनुपर्ने धारणा राख्छिन् । ‘त्यत्ति राम्री त छैन । मान्छे राम्रो हुन मन राम्रो हुनुपर्छ भन्ने लाग्छ ।’

    गोरखा वाङलिङकी कुसुम अहिले चितवनको टांडीमा क्वेष्ट मोडल कलेजमा कक्षा ११ मा पढ्दै छिन् । कुसुम चन्द्रनारायण र ज्ञानु श्रेष्ठीकी एक्ली छोरी हुन् । कुसुमले दसैं तिहारको बिदामा घर पुग्दा आफूले बुबा आमालाई सघाउन तरकारी बोक्ने र पसलमा काम गर्ने गरेको बताएकी छिन् ।

    कुसुम सरल भएको र उनले परिवारलाई सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा करोडौंले उनलाई मन पराएका छन् । धेरै भारतीयहरुले नेपाली तरकारीवाली र पाकिस्तानी चियावालाको तुलना गरेर खबर सार्वजनिक गरेका छन् ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्वीटरमा तरकारीवालीको नाममा ह्यासट्यागमा टे«न्डिङ नै चलाएका छन् । सामाजिक सञ्जालमा चर्चा पाएर सुरुमा डराएकी कुसुम पछिल्ला दिनमा भने खुशी छिन् । ‘सबैतिर चर्चा पाइरहदा खुशी लागेको छ,’ कुसुमले भनिन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.