×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बुढीगण्डकीमा मुआब्जाको मोडालिटी बन्यो, कात्तिक मसान्तदेखि वितरण थालिने

  •  
  • शुक्रबार, कार्तिक १९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    यस्तो छ ११ तहमा मुआब्जा वितरणको मोडालिटी

    उत्तम काप्री
    १९ कात्तिक, काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना अन्तरगत मुआब्जा निर्धारण समितिले प्रभावित क्षेत्रका बासिन्दाका लागि विभिन्न ११ वटा मोडालिटी तयार पारेको छ । यही मोडालिटीअनुसार आगामी कात्तिक ३० गतेदेखि मुआब्जा बाँड्न सुरु गरिने स्थानीय प्रशासनले जनाएको छ ।

    कुल १२ सय मेगावाट उत्पादन क्षमता रहेको यस जलविद्युत आयोजनाबाट प्रभावित जनताले भोगचलन गर्दै आएको जग्गाजमीनको कागजपत्रका आधारमा मुआब्जा वितरण गर्ने गरी मोडालिटी तय भएको छ ।

    यस्तो छ ११ तहको मोडालिटी

    मुआब्जा निर्धारण समितिले आयोजनाबाट प्रभावित जनतालाई मुआब्जा वितरणका लागि ११ वटा मोटालिटी तय गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अनलाइनखबरलाई जानकारी दिए ।

    भूमिसुधार ऐनमा रहेको जग्गा वर्गीकरणका आधारमा खेत र बारीलाई ८ तहमा विभाजन गरी मुआब्जा बाँडिने उनले बताए ।

    · खेत (अब्बल, दोयाम, सिम र चाहार)
    · बारी (अब्बल, दोयाम, सिम र चाहार)
    · बजार क्षेत्र, सडकसँग जोडिएको क्षेत्र र बस्तीनजिकको जग्गा

    आयोजनाभित्र पर्ने पाखो बारी अन्तरगत अब्बल, दोयम, सिम र चाहारसमेत गरी चारवटा वर्गमा पर्ने जमीनका लागि छुट्टा छुट्टै मुआब्जा रकम तोकिएको छ ।

    त्यसैगरी खेतको हकमा पनि अब्बल, दोयम, सिम र चाहारका लागि चार वटा बेग्लाबेग्लै मूल्य निर्धारणको मोडालिटी बनाइएको समितिले जनाएको छ ।

    बाँकी तीनवटा मापदण्ड अन्तरगत बजार क्षेत्र, सडकसँग जोडिएको क्षेत्र र बस्ती नजिकैको जग्गालाई छुट्याइएको छ । यी स्थानहरुको मुल्य अन्यत्रको भन्दा केही बढी हुने बताइएको छ ।

    मुआब्जा निर्धारण समितिले तय गरेको यस्तो मोडालिटीबारे पुनः एकपटक जनतामा लगेर छलफल गरी कात्तिक ३० गतेभित्रै मुआब्जा वितरण गर्ने तयारी भएको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले बताए । यो अहिले तय भएको मुआब्जा वितरणको मोडालिटीमा खहरे र आरुघाट बजार क्षेत्र भने नपर्ने सुवेदीले बताए ।

    कसले कति मूल्य पाउँछन् ?

    मुआब्जा बाँडिने जग्गाको ११ वटा मापदण्ड बनाइए पनि त्यसको मूल्य कति तोकिएको छ भन्ने चाहिँ जिल्ला प्रशासनले खुलाएको छैन ।

    तर, सबैभन्दा कम मुआब्जा बारीअन्र्तगतको चाहार जग्गाले पाउनेछ । बढी रकम पाउने जग्गाले त्यसको तीन गुणा बढी पाउने भट्टले बताए ।

    जस्तै- सस्तो जग्गाले प्रतिरोपनी २ लाख २५ हजार रुपैयाँ मुआब्जा पाएको अवस्थामा सबैभन्दा बढी मुआब्जा पाउने जग्गाले प्रतिरोपनी ६ लाख ७५ हजार रुपैयाँसम्म मुआब्जा पाउनेछन् ।

    मुआब्जा निर्धारण समितिले कात्तिक ३० गतेभित्र एकैजना व्यक्तिलाई भए पनि मुआब्जा वितरण गरे कामको थालनी गर्ने छ । मुआब्जा वितरणका ११ वटा मोडालिटीमा भए पनि रकम भने खासै धेरै फरक नपर्ने भट्टले बताए ।

    एक वर्षमा बल्ल मोडालिटी, रकम बाँड्ने कहिले ?

    बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आर्थिक वर्ष ०७२/७३ मै मुआब्जा वितरणका लागि गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वका मुआब्जा निर्धारण समिति गठन गरेको थियो ।

    ठूलो आयोजना हुनुका साथै प्रभावितहरुको संख्या र जग्गासमेत धेरै भएका कारण समितिलाई मुआब्जाको मोडालिटी तय गर्न कठिनाइ भएको समितिका सदस्यले बताएका छन् । अन्तत, मुआब्जा निर्धारण समितिले एक वर्षभन्दा बढी समय लगाएर मुआब्जाको मोडालिटी तय गरेको हो ।

    मुआब्जा निर्धारण समितिले नापी र मालपोत कार्यालयलगागत सरोकारवालाहरुसँगको सहयोगमा मुआब्जाको मोडालिटी तय गरेको गोरखाका प्रमुख जिल्ला अधिकारी भट्ट र धादिङका प्रमुख जिल्ला अधिकारीसुवेदीले बताए ।

    पहिलो चरणमा परे गोरखा र धादिङका ६ गाविस

    मुआब्जा निर्धारण समितिले पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरी र गोरखाको घ्यालचोक, भुल्मी चोक र दर्बुङबाट मुआब्वा वितरण गर्ने तयारी पूरा गरेको छ ।

    मुआब्जा निर्धारण समितिले यी ६ गाविसमा जग्गाको कित्ताकाटदेखि वर्गीकरण समेत गरिसकेको छ । अन्य गाविसका पनि एक साताभित्र नै प्राविधिक काम सम्पन्न हुने भट्टले बताए ।

    मुआब्जा र पुनस्थापनाका लागि ६० अर्ब

    आयोजनाको वातावरणीय मूल्यांङकनका लागि सरकारले नियुक्त गरेको फ्रान्सेली परामर्शदाता कम्पनी ट्रयाकबेलले जग्गा अधिकरण, मुअब्जा वितरण, पुनःस्थापना तथा पुनर्वासका लागि ६० अर्ब रुपैयाँ लाग्ने प्रतिवेदन वातावरण मन्त्रालय र विकास समितिलाई बुझाइसकेको छ । प्रतिवेदनअनुसार मुआब्जामा मात्रै ४३ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    कति विस्थापित हुन्छन् ? कति जमीन डुब्छ ?

    बुढीगण्डकी आयोजना बन्दा ४५ हजार जनसंख्या पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजनाले व्यक्तिका नाममा रहेको ५८ हजार रोपनी र बाँकी सरकारी स्वामित्वमा रहेको गरी डेढ लाख रोपनी जमीन ओगट्नेछ ।

    आयोजनाबाट गोरखाका १४ र धादिङका १३ गाविसका बासिन्दा प्रभावित हुनेछन् । भौतिकरुपमा भने आयोजनाबाट ३५ सय ६० घर परिवार र १९ हजार ५ सय ९० जनसंख्या विस्थापित हुनेछन् । आर्थिकरुपमा ४५ सय ५६ घर परिवार र २५ हजार ६३ जनसंख्या प्रभावित हुनेछन् ।

    आयोजनाबाट धादिङको ३५ हजार २ सय ७ रोपनी जमीन डुबानमा पर्नेछ भने गोरखाको ३१ हजार ९ सय रोपनी डुबानमा पर्नेछ । कुल १ लाख ३० हजार ५ सय २३ रोपनी क्षेत्रफल जमिन डुबानमा पर्नेछ । सरकारले मुआब्जा वितरण गर्नुपर्ने निजी जमीन ६७ हजार १ सय ७ रोपनी छ ।

    गोरखाका घ्यालचोक, दरबुङ, भुल्मीचोक, फुजेल, नामजुङ, बुङकोट, बोरलाङ, धावा, तान्द्राङ्ग, आरुचनौटे, आरु आर्बाङ, थुमी र धादिङका सलाङ, मैदी, खरी, चैनपुर, ज्यामरुङ, मारपाक, त्रिपुरा, अग्निचोक, सल्यानटार, मुलपानी, बुढाथुम र बसेरी गरी १३ गाविसका बासिन्दा प्रभावित हुनेछन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक १९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.