×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

मोटरबाटो र बिजुली नहुँदा पुनःनिर्माणमा बाधा

  •  
  • बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सिम्जुङ (गोरखा), कात्तिक १८ गते । भूकम्पले घर भत्केपछि १८ महिना टहरोमा सकसपूर्ण बस्नुभएका गोरखाको सिम्जुङ– ४ का शिवजी दवाडीलाई यसपालीको चिसो नबढ्दै नयाँ घर बनाउने चाहना बिद्युत र मोटरबाटोका कारण पुरा नहुने चिन्ताले सताएको छ ।

    सिम्जुङ हुँदै घ्याच्चोक पुग्ने सडक आँगन छेउबाटै गएपनि सडकको स्तरोउन्नति नहुँदा निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट) ढुवानी गर्न कठिन हुने उहाँको गुनासो छ । यस्तै बिजुलीको अभावले गर्दा काठ चिराएर झ्याल, ढोकालगायतका काठको काम पनि रोकिएको दबाडी बताउनुहुन्छ ।

    घर बनाउने पर्खाइमा रहनुभएका सिम्जुङका ऋषिराम लामिछानेले पनि बाटोका कारण निर्माण सामग्री ढुवानी गर्न सक्नुभएको छैन । ‘भूकम्पका कारण लघुजलविद्युत् आयोजना बिग्रियो, गाउँमा केन्द्रीय विद्युत् लाइन आइपुगेको छैन’ लामिछानेले भन्नुभयो, ‘ढोडेनी, पोखटार हुँदै खनेको सडक हिलैहिलो छ । साँघुरो सडकमा ट्याक्टर पनि चलाउन मुस्किल भएको छ भने गाउँमा विद्युत् नहुँदा काठ चिराउन पनि पाइएको छैन ।’ गाउँमा भनेका बेला खेतला पाइँदैन । विद्युत् नहुँदा काठ चिर्ने मेसिन नचलेकाले स्थानीय सामुदायिक वनले पनि गाउँलेको मागअनुसार काठ उपलब्ध गराउन सकेको छैन ।
    पुरानो घरको काठपातमा केही नयाँ काठ थपेर नयाँ घर ठड्याउने तयारीमा आफूहरु रहेको दवाडीले बताउनुभयो । ‘घर ढलेपनि सरकारी अनुदान पाएनौँं’ उहाँले भन्नुभयो, ‘आफ्नै खर्चले घर बनाउने भनेको बाटो र बिजुली सुविधा नहुँदा आपतमा परेँ ।’ निर्माण सामग्री ढुवानीमा मान्छे लगाउँदा धेरै खर्च लाग्ने उहाँको भनाइ छ ।

    सिम्जुङका विभिन्न गाउँका करिब एकहजार ५०० घर भूकम्पले क्षति पु¥याएको थियो । स्थानीय देवीदत्त दवाडीका अनुसार मोटरबाटोको स्तरोन्नति र गाउँमा केन्द्रीय विद्युत् पु¥याउन सके गाउँ पुनःनिर्माणको काम सहजहुन्छ । ‘गाउँमा दक्ष कामदार छैनन्’ दवाडीले भन्नुभयो, “बिजुली र मोटरबाटोको सुविधा भए छिटो घर बन्छ ।” सिम्जुङका प्रायजसो भूकम्पपीडितले ५० हजारका दरले अनुदान रकम पाइसकेका छन् ।

    अनुदान पाए पनि घर निर्माण सुरु भएका छैनन् । अनुदान रकम पाएपछि बर्खा र चाडपर्व सुरु भएकाले अब गाउँलेले पुनःनिर्माणलाई गति तयारीमा छन् ।
    सिम्जुङ– ४ स्थायी घर भएका समाजसेवी प्रकाशचन्द दवाडीले गाउँमा केन्द्रीय विद्युत् प्रशारण लाइनको विस्तारका लागि पोल झारिसकिएको र मोटरबाटो स्तरोन्नतिका लागि जिल्लास्थित ११ किलो भालुस्वाँरा, बारपाक आयोजनाले काम गर्ने भएकाले पुनःनिर्माणले अब गतिलिने विश्वास व्यक्त गर्नुुहुन्छ ।

    नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले सिम्जुङ गाउँमा विद्युत् पु¥याउने योजना अघि बढाएपनि ट्रान्सफर्मरको अभाव छ । यस्तै जिविसले ढोडेनी, सिम्जुङ गाउँ, घ्याच्चोक सडक स्तरोन्नतिका लागि रु १० लाख बजेट विनियोजन गरिदिएको छ । ढोडेनी, पोखटार, सिम्जुङ, घ्याल्चोक, सिरानडाँडा सडक स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ ।

    क्रमागत बजेट ल्याएर सडकको स्तरोन्नति गर्दै कालोपत्रे गरिने पाण्डेको भनाइ छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, कार्तिक १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.