×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मुखर्जीको भ्रमण : नेपाल–भारत सम्बन्धमा नवयुगकाे थालनी

  •  
  • बुधबार, कार्तिक १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शरच्चन्द्र भण्डारी

    राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका तेह्रौं राष्ट्रपति प्रणवकुमार मुखर्जीको भोलिदेखि हुने नेपालको तीनदिने राजकीय भ्रमणबाट नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री थप सुदृढ एवम् सुमधुर भई पारस्परिक सम्बन्धमा नवयुगको थालनी हुने विश्वास गरिएको छ ।

    अठार वर्षको अन्तरालमा राष्ट्राध्यक्षको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवम् कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धन र सघन सहयोगात्मक बन्नेमा आम नेपालीे मात्र होइन भारतका नागरिक पनि विश्वस्त भएका छन् ।

    बेलायती साम्राज्यविरुद्धको शान्तिपूर्ण सङ्ग्राम जितेर स्वतन्त्रता हासिल गरेको भारत र नेपालबीच कूटनीतिक सम्बन्ध १३ जुन १९४७ मा भए पनि त्यसअघि नै नेपालका नेताले ‘भारत छोडो’ आन्दोलनका अग्रणी नेता महात्मा गान्धी, पण्डित नेहरु र सुवासचन्द्र बोसलाई साथ दिएर जनस्तरको सम्बन्धलाई बलियो पारेका थिए । कृष्णप्रसाद भट्टराई, बिपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायत नेपालका नेताबाट उक्त आन्दोलनमा भएको योगदानको भारतले सराहना गर्दै आएको छ । नेपाल र भारतबीचको मैत्रीका कैयौ उदाहरण इतिहास बनिसकेका छन् भने दुवै मुलुक नयाँ शिराबाट नवीन इतिहास रचना गर्दै पारस्परिक सद्भाव, सहयोग र मैत्रीलाई अद्वितीय उचाइमा पु¥याउन उद्यत् भएका छन् ।

    सन् १९५० को शान्ति तथा मैत्री सन्धिबाट औपचारिक सुसम्बन्धको श्रीगणेश गरेका दुई मुलुक उक्त सन्धिका अव्यावहारिक पक्षलाई समेत परिवर्तन गर्न सहमत हुनुले आपसी सम्बन्ध नयाँ शिराबाट थाल्ने जमर्को भएको मान्न सकिन्छ । सरकारी र जनस्तरको नेपाल र भारतबीचको सम्बन्ध विभिन्न आरोहअवरोह पार गर्दै आपसी हित, समृद्धि र शान्तिको दिशामा अग्रसर भइरहेका छन् ।

    छ दशक लामो सक्रिय राजनीतिक जीवन बिताउनु भएका भारतको राजनीतिका शिखर पुरुष ८० वर्षे महारथी मुखर्जीलाई भारतीयहरु समस्या समाधान गर्ने अचुक व्यक्ति मान्छन् भने अर्थ, प्रतिरक्षा, विदेश मामिला मन्त्रीका रुपमा केन्द्रीय सरकारमा रहेर काम गर्नुभएका उहाँ कुशल योजनाकार पनि हुनुहुन्छ । योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएका राष्ट्रपति मुखर्जीका लागि नेपाल नयाँ मुलुक होइन । हिन्दु धर्मका हिमायति बङ्गाली ब्राम्हण परिवारका उहाँ नेपालको पुरानो मित्र हुनुहुन्छ ।

    भारतका आलङ्कारिक राष्ट्रपतिको नेपाल भ्रमणले कार्यकारी सरकार प्रमुखको तहमा नेपालको सर्वतोमुखी समुन्नतिमा सघाउन विशेष प्रभाव नपारे पनि सद्भाव विस्तार र दुई देशबीचको आत्मियता बढाउन ठोस योगदान पुग्नेमा नेपाल र हिन्दुस्तानका जनता आश्वस्त छन् । सामाजिक, सांस्कृतिक र धार्मिक समानतालाई दुवै देशलाई एकाकार गराएको छ भने बहुभाषिक, बहुसांस्कृतिक बहुजातीय संरचना दुवै मुलुकका विशेषता हुन् ।

    भौगोलिक निकटताले दुवै देशका जनतालाई अझ सन्निकट बनाएको छ भने बन्द व्यापार, वाणिज्य र आर्थिक गतिविधिको प्रमुख केन्द्र भारत नै भएको छ – नेपाल र नेपालीका लागि । नेपाल र भारतबीचको सम्बन्ध नङ र मासुको जस्तो छ तर यस्तो अन्योन्याश्रित सम्बन्धमा बेलाबखत उत्पन्न हुने अविश्वास र असमझदारीलाई सुझबुझपूर्ण कूटनीतिको सञ्चालनबाट परास्त गर्दै अघि बढिरहेका छन् । राष्ट्रपतिको यो भ्रमणलाई पनि त्यही आलोकमा दृष्टिपात गर्नुपर्छ ।

    भूकम्पले तहसनहस भएको नेपाललाई आर्थिक एवम् भौतिक सहयोग गरेर मानवीय सहायताको मल्हम लगाएको भारतले सार्वभौम संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्ले अनुमोदन गरेको नेपालको संविधानप्रति मौन असन्तुष्टि प्रकट गर्दै नाकाबन्दीजस्तो अमानवीय व्यवहार गरेर झन्डै छ महिना नेपाल र नेपालीलाई दुःख, कष्टको भुँमरीमा धकेलेपछि प्रेममा चलेको सम्बन्ध ‘घृणा’ मा रुपान्तरण भएको जगजाहेर छ । अन्तरसम्बन्धमा अडेको वर्तमान विश्वमा कुनै एक मुलुकले अर्को मुलुकलाई लामो समयसम्म आफ्नो प्रभाव र दबाबमा राख्न सक्दैन । भारतका नेता र जनताको दबाबको परिणामस्वरुप अघोषित नाकाबन्दीको अन्त्यसँगै पारस्परिक सम्बन्ध क्रमशः विश्वास, सद्भाव र सहयोगका नयाँ आयामतर्फ उन्मुख भएको छ ।

    कालापानी र सुस्ताजस्ता सीमा व्यवस्थापनका मामिलामा भारतको उदासिनता, नेपालको अपार जलस्रोतमा अधिक लाभको आकांक्षा, नेपाललाई विकासको समान साझेदार नठान्ने र ठूल्दाजुको मनोवृत्तिबाट नेपाललाई हेर्ने भारतका शासक वर्ग र विशेषगरी कर्मचारीतन्त्रमा व्याप्त भावनामा परिवर्तन अपरिहार्य छ । उच्चस्तरका यस्ता भ्रमण त्यस्ता अव्यावहारिक र अमिल्दा पक्षलाई हटाउन उत्प्रेरक बन्न सक्छन् तर कार्यान्वयनको तहमा तिनलाई लैजानु फलामको च्युरा चपाउनुसरह हुन्छ नेपाल र भारत दुवैलाई । व्यापार, वाणिज्य र पारवहनमात्र होइन एकपक्षीय रुपमा भारतबाट निर्माण भएका बाँध र तटबन्ध पनि नेपालका लागि वर्षायाममा टाउको दुखाइका विषय बन्दै आएका छन् । भारतको सुरक्षा चासो मनासिब भए पनि उसले तयार पारेको सुरक्षा खाकालाई आँखा चिम्लेर स्वीकार गर्न सकिँदैन । भारतको ठूल्दाइ चरित्र नेपाल¬–भारत सीमा क्षेत्रमा हरेक दिन देखिने दयनीय दृश्यले नेपालीको मन कटक्क खान्छ । यद्यपि यस्ता गतिविधि नियन्त्रणको प्रतिबद्धता भारतीय पक्षबाट भए पनि कार्यान्वयनको कसीमा ती अनुदित भएका छैनन् ।

    राजनीतिक अस्थिरता, अपरिपक्व कूटनीतिक सञ्चालन, राष्ट्रिय स्वार्थलाई बेवास्ता गर्दै दलीय र व्यक्तिगत स्वार्थ पूरा गर्ने केही राजनीतिक दल र तिनका नेताको व्यवहारले नेपाल र नेपालीको गरिमामा चोट पुगेको छ भने उग्रराष्ट्रवादी गतिविधिले विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ हासिल गर्न नसकेको कटु यथार्थ हामीले बिर्सनु हुँदैन । र, झिनामसिना विषयलाई लिएर दुवै पक्षले दुई राष्ट्रबीचको अनुपम सम्बन्धमा आघात पनि पार्न हुँदैन ।

    नेपालको सामाजिक–आर्थिक विकासका व्यवधानलाई चिर्दै भारतले साढे छ दशकदेखि आर्थिक, भौतिक एवम् प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ । निरङ्कुश राणा शासन, एकदलीय पञ्चायत प्रणाली, प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन, गणतन्त्र स्थापना र संविधान निर्माणमा भारतबाट नैतिक सहयोग र समर्थन प्राप्त भएको यथार्थ पनि स्मरणीय एवम् स्तुत्य छन् ।

    शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, दूरसञ्चारलगायत नेपालको विकास प्रयासमा भारतबाट निरन्तर प्राप्त सहयोग विगतमा भएका यस्तै उच्चस्तरीय भ्रमणका परिणाम हुन् । यस्ता भ्रमणले एकअर्कालाई बुझ्न र पीरमर्का हटाउन मद्दत मात्र गर्दैनन् दुई देशका जनताका विकासका आकांक्षा पनि मुखरित गर्छन् र तिनलाई कार्यान्वयनको दिशामा अघि बढाउने अनुकूल वातावरण पनि तयार गर्छन् ।

    धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल विस्तार परियोजना, परोपकार प्रसूति अस्पताल, कोहलपुर–महाकाली लोकमार्गमा २२ वटा पुल निर्माण, रक्सौल–सिर्सिया ब्रोडगेज रेल विस्तार आयोजना, हुलाकी राजमार्ग निर्माण, बृहत्तर जनकपुर विकास आयोजना, रङ्गेली–भद्रपुर र चतरा–वीरपुर सडक परियोजना, जनकपुरमा बाहिरी चक्रपथ निर्माण, बाग्मती, लागबकैया र कमला नदीमा तटबन्ध निर्माण, कोशी, गण्डकी परियोजना, सप्तकोशी बराज, पूर्वपश्चिम रेलमार्ग, अप्टिकल फाइबर बिछ्याउनेजस्ता अनगिन्ति विकास निर्माणका अर्बौंका आयोजना सञ्चालन एवम् निर्माणले दुई देशबीचको आत्मियता र सहयोगलाई अझ फराकिलो पारेको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, कार्तिक १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.